कतार सरकारले मजदुरको न्युनतम तलव तोक्यो : रोजगारदाता फेर्न पाइने, एनओसि नचाहिने।

  कतारले श्रम कानूनमा महत्वपूर्ण परिवर्तन गर्दै न्यनूतम तलव वृद्धि र रोजगारदाता परिवर्तन गर्न पाउने व्यवस्था गरेको भन्दै अन्तराष्ट्रिय श्रम संगठन (आइएलओ) ले यसलाई ‘ऐतिहासिक परिवर्तन’ भनेको छ । आइएलओले रोजगारदाता परिवर्तन गर्न आफूले काम गरिरहेको रोजगारदाताको अनुमति चाहिने व्यवस्था खारेज तथा खाडी क्षेत्रमा नै भेदभावरहित न्यूनतम ज्याला कार्यान्वयन गरेको जनाएको छ । कतारको श्रम…

3 मिनेट

पढ्ने समय

\"\"

 

कतारले श्रम कानूनमा महत्वपूर्ण परिवर्तन गर्दै न्यनूतम तलव वृद्धि र रोजगारदाता परिवर्तन गर्न पाउने व्यवस्था गरेको भन्दै अन्तराष्ट्रिय श्रम संगठन (आइएलओ) ले यसलाई ‘ऐतिहासिक परिवर्तन’ भनेको छ । आइएलओले रोजगारदाता परिवर्तन गर्न आफूले काम गरिरहेको रोजगारदाताको अनुमति चाहिने व्यवस्था खारेज तथा खाडी क्षेत्रमा नै भेदभावरहित न्यूनतम ज्याला कार्यान्वयन गरेको जनाएको छ ।

कतारको श्रम मन्त्रालयले आइतवार श्रम क्षेत्र सुधार सम्वन्धि कानुन लागु गर्दै भेदभावरहित न्यूनतम ज्याला तथा रोजगारदाता परिवर्तन गर्न ‘नो अव्जेक्सन सर्टिफिकेट’ आवश्यक नपर्ने व्यवस्था गरेको स्थानीय सञ्चार माध्यमहरुले पनि समाचार लेखेका छन् । कतारका श्रम मन्त्री युसुफ मोहम्मद अल ओथमन फक्रहुले भनेका छन्, “कतार आधानिक र समुन्नत श्रम बजार निर्माणका लागि प्रतिवद्ध छ । कतार भिजन २०३० लाई मध्यनजर गर्दा यो निर्णय महत्वपूर्ण हुने छ जहाँ श्रमिक, रोजगारदाता तथा कतारले लाभ प्राप्त गर्नेछ ।” नयाँ कानुन ६ महिनाभित्रमा लागु हुने जनाइएको छ ।

कतारले कानून नं १८, २०२० कार्यान्वयन गर्दै आप्रवासी कामदारले रोजगारदाताको अनुमति बेगर पनि अव रोजगारी परिवर्तन गर्न पाउने व्यवस्थाको निर्णय गरेको छ । कतारले यसअगाडी नै कफाला हटाउने घोषणा गरिसकेको थियो । यसले कतारी श्रम बजारमा नयाँ युग सुरु हुने आइएलओको भनाई छ ।

यसैगरी कानून नं १७, २०२० लागु गर्दै कतारले न्यनूतम तलव तोकेको छ । सो कानून अनुसार अव कतारमा न्यूनतम तलव १ हजार रियाल हुनेछ ।  यो निर्णय सवै श्रमिकलाई लागु हुनेछ । यसैगरी कतारमा हरेक श्रमिकलाई आवासका लागि प्रतिमहिना ५ सय रियाल तथा खानाका लागि ३ सय रियाल थप दिनुपर्नेछ । यसले कतारमा खाना तथा आवास सहित न्यूनतम तलव १ हजार ८ सय रियाल हुनेछ ।

“यो महत्वपूर्ण परिवर्तनको सुरुवात गरेर कतारले आफ्नो प्रतिवद्धतालाई प्रस्तुत गरेको छ,जसले श्रमिकलाई बढी स्वतन्त्रता, सुरक्षा तथा रोजगारदातालाई छनौटको बढी अवसर दिएको छ” आइएलओका महानिर्देशक गाई राईडरले भनेका छन्, “यसले सरकार, श्रमिक र रोजगारदाता मिलेर काम गर्दा के प्राप्त गर्न सकिन्छ भन्ने कुराको हामी साक्षि भएका छौं ।”

कतार सरकारको निर्णयलाई अन्तराष्ट्रिय ट्रेड यूनियन महासंघ (आईटीयूसी) ले पनि महत्वपूर्ण निर्णय भन्दै स्वागत गरेको छ । नयाँ कानूनले रोजगारदाताको श्रमिक माथिको नियन्त्रणको अन्त्य हुने आईटीयूसीको धारणा छ । यसैगरी खाडी क्षेत्रमै न्यूनतम ज्याला निर्धारण गरेर कतारले ऐतिहासिक काम गरेको सो संस्थाको भनाई छ । आइटीयूसीका महासचिव शरन बरोले भनेकी छन्, “कतारमा कार्यरत आप्रवासी श्रमिकहरुका लागि यो अत्यन्तै खुशीको समाचार हो, कतारको नेतृत्वले कफाला प्रणालीलाई हटाउन गरेको कार्य तथा नयाँ न्यूनतम ज्याला लागु गर्ने कानुन लामो समयदेखि प्रतिक्षा गरिएको विषय हो ।”

आइटीयूसीले कतार सरकारलाई ऐतिहासिक निर्णयका बारेमा सम्पूर्ण श्रमिकलाई जानकार बनाउन तथा नयाँ कानुनबाट लाभ लिने अवसर सिर्जना गर्न आवश्यक सहयोग गर्न तत्पर रहेको जनाएको छ । उसले खाडी क्षेत्रका अन्य मुलुकहरुले कतारको सिको गर्दै यस्तै परिवर्तन गर्न आवश्यक रहेको बताएको छ । आइटीयूसीले पछिल्लो कानुनले कतारमा कार्यरत ४ लाख भन्दा बढी आप्रवासी श्रमिकको न्यूनतम ज्यालामा ३३ प्रतिशत वृद्धि भएको जनाएको छ । कतारले घोषणा गरेको कुल १ हजार ८ सय रियाल मध्ये १ हजार न्यूनतम तलव हो भनें ५ सय आवासका लागि खर्च तथा ३ सय खाना खर्च हो । यो निर्णय घरेलु श्रमिकलाई पनि लागु हुनेछ ।

कतारले गरेको नीजि क्षेत्रमा कार्यरत श्रमिकलाई विभेदरहित तलवको व्यवस्थाले कतारमा कार्यरत लाखौं आप्रवासी श्रमिक लाभान्वित हुने र उनीहरुले परिवारलाई बढी रकम पठाउन सक्ने अपेक्षा गरिएको छ । कतारमा कृषि श्रमिक, सफाई श्रमिक (क्लीनर), घरेलु श्रमिक तथा निर्माण क्षेत्रमा काम गर्ने श्रमिक सवैभन्दा कम ज्याला पाउने श्रमिकमा पर्दछन् । नयाँ कानुनले उनीहरुको न्यूनतम ज्यालामा महत्वपूर्ण वृद्धि हुने अपेक्षा गरिएको छ ।

रोजगारदाता परिवर्तन गर्न चाहने श्रमिकले केहि प्रकृया भनें पुरा गर्नुपर्नेछ । कुनै रोजगारदातासँग दुई बर्ष वा सो भन्दा कम समयावधिको करारमा कार्यरत कुनै श्रमिकले जागिर परिवर्तन गर्न चाहेमा त्यस्ता श्रमिकले रोजगारी छोड्नु एक महिना अगाडी नै पूर्व जानकारी दिनुपर्नेछ । यसैगरी दुई बर्ष भन्दा लामो समयावधिको करारमा कार्यरत रहेको भएमा दुई महिना अगाडी त्यस्तो पूर्वजानकारी रोजगारदातालाई दिनुपर्नेछ ।

लेखकको बारेमा

त्रिकाल ज्ञान मार्ग अवतार

लेखकको बारेमा

सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

ब्लकस्पेयर - (गुटेनबर्ग) ब्लक सम्पादकका लागि समाचार, पत्रिका र ब्लग एडअन्स

अभिलेखहरू खोज्नुहोस्

खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच