सुनका गहना किनबेच गर्दा “जर्ति” काट्ने भनेको के हो?
अबको डेढ दुई महिनापछि नेपालमा २०८२ सालको पहिलो बिबाहको महिना शुरु हुन्छ। महंगा महंगा गरगहना, जुहारत र लत्ता कपडाको किनबेच ह्वात्तै बढ्छ।ब्यापारीहरु मालामाल हुन्छन भने अधिकांश ग्राहकहरु कंगाल हुन्छन वा ऋणमा डुब्छन।
ब्यापारीहरुको काम आफुले खरिद गरेकको सामानलाई किनेको मुल्य भन्दा जति सक्यो धेरैमा बेचेर नाफा कमाउने हो। तर नाफा कमाउदा पनि निश्चित आचारसंहिता, नैतिकता र राज्यको कानुनले निर्दिष्ट गरेका सिमाहरु नाघ्न नपाईने ब्यबस्था गरिएको हुन्छ। नेपालको सन्दर्भमा भने खासै त्यस्ता कुराहरुले प्रभाव र नियन्त्रण गरेको देखिदैन।
आज मैले नेपालमा हुने सुनका गरगहनाको कारोबारमा प्रष्ट संग देखिएको ठगि धन्दाको बारेमा कुनै ब्याख्याबिना सबैले बुझ्ने गरेर बताउने कोशिस गर्दैछु।
यदि तपाईले नेपालमा सुनका तयारी गहना किन्नुभएको छ र पछि आवास्यक पर्दा ति गहनाहरु सोहि वा अरु कुनै सुन पशलमा बिल सहित बिक्रि गर्न जानुभयो भने तपाईको गहनाको अहिलेको तौलमा ५% जर्ति काटेर ठहर्न आउने तौलको मात्र पैसा पाउनुहुनेछ।
यो ५% जर्ति भनेको के हो त? सिधा भाषामा जर्ति भनेको “तपाईले किनेको सुनको गहनामा ५% गैरसुन धातु मिसाएर गहना तयार पारिएको छ” भनिएको हो। यसरी गैरसुन धातु मिसाएर बनाईको सुनको गहनालाई पनि २४ क्यारेटको गहना नै भनेर बेच्ने चलन छ नेपालमा, जुन सरासर गलत र ठगि हो। यस्तो अवस्थामा या त सुनको मुल्य २४ क्यारेटको नभएर मिसावटको मात्रा अनुसार २२,२१ वा १८ क्यारेटको निर्धारण गरिनु पर्दछ। या त पुरा तौलमा मिसावट गरिएको धातुको तौल घटाएर बॅाकि रहन आउने खुद सुनको तौलको मात्र २४ क्यारेटकै दरले मुल्य निर्धारण गरिनु पर्दछ।
तर नेपालका सुन ब्ययसायिहरुले ग्राहकहरुलाई ठगि पनि एकोहोरो होईन दोहोरो गरिरहेका छन। जुन कुरा कतिपय ग्राहकहरुलाई त जानकारी नै हुदैन भने कतिपयले जानेर पनि राज्यको नादानि र नपुंशकताका कारण मुखमा पिंडालु हालेर बस्नु परेको छ।
पहिलो कुरा तपाईले गहना किन्दा ५% जर्तिलाई पनि २४ क्यारेट सुनकै मुल्यमा किन्नुहुन्छ, जुन सरासर ठगि भैहाल्यो।दोश्रो कुरा यदि तपाईले त्यहि गहना त्यहि वा अर्को कुनै गहना पशलमा बेच्नुपर्यो भने फेरी ५% जर्ति घटाएर मात्र किन्छन। उदहरणको लागि तपाईले १०० ग्रामको गहना किन्दा तपाईलाई ९५ ग्राम सुन र ५ ग्राम तामा मिलाएर १०० ग्राम सुनको मुल्य लिईन्छ। ५ ग्राम गैरसुनलाई तपाईले सुनकै भाउमा किन्दा आजको बजार मुल्य अनुसार लगभग ७१,५००/- नोक्सान हुन्छ। अब फेरी त्यहि गहना सोहि पशलमा बेच्न जानुभयो भने फेरी ५% जर्ति काटेर बेच्दा लगभग त्यति नै रकम नोक्सान हुन्छ। मानौ दुई महिनाभित्र तपाईले ८ तोला सुनका गहना किनबेच गर्नुभयो भने तपाईलाई ७१ हजार ५०० भन्दा बढि नोक्सान हुन्छ। तपाईले गहना प्रयोग गर्दा घोटिएर खिईएर कम हुने तौल त तपाईकै जिम्मेवारी हुने भएकोले यहॅा समावेस गर्न आवास्यक भएन।
उपभोक्ताहरु यसरी दिनदाहाडै ठगिएको र प्रष्ट देखिएको कुरामा ब्यापारी, ग्राहक र सरकार कसैको पनि ॲाखा नपुगेकै होला त?