बाग्लुङ्गका दुइ सहकारीले दशैमा लाखौका खसीबोका बेच्दै

  गलकोट : दसैं–तिहार नजिकिएसँगै च्याङ्ग्रा, खसीबोका जोहो गर्न थालिएको छ । बाग्लुङको एक गाउँमा दसैं र तिहारका लागि बिक्री गर्न एक हजार खसी बोका तयार गरिएका छन् । नजिकिँदै गरेको दसैँ तिहारलाई लक्षित गरी काठेखोला गाउँपालिका–४ तंग्रामका महिलाहरुले एक हजार खसी बोका बिक्रीका लागि तयार गरेका हुन् । तंग्रामका दुई सहकारीमा आवद्ध महिलाले खसीबोका…

1 मिनेट

पढ्ने समय

 

गलकोट : दसैं–तिहार नजिकिएसँगै च्याङ्ग्रा, खसीबोका जोहो गर्न थालिएको छ । बाग्लुङको एक गाउँमा दसैं र तिहारका लागि बिक्री गर्न एक हजार खसी बोका तयार गरिएका छन् । नजिकिँदै गरेको दसैँ तिहारलाई लक्षित गरी काठेखोला गाउँपालिका–४ तंग्रामका महिलाहरुले एक हजार खसी बोका बिक्रीका लागि तयार गरेका हुन् । तंग्रामका दुई सहकारीमा आवद्ध महिलाले खसीबोका बिक्रीबाट वार्षिक दुई करोड रुपैयाँ भित्र्याउँदै आएका छन् । जसमध्ये दसैं–तिहारमा मात्रै करिब एक करोड रुपैयाँका खसीबोकाको कारोबार गर्दै आएका छन् ।
तंग्राममा सञ्चालित सप्तरंगी सामाजिक उद्यमी महिला सहकारी संस्था र वसन्त सामाजिक उद्यमी महिला सहकारी संस्थामा आवद्ध महिलाले सहकारीमार्फत विगत ६ वर्षदेखि बाख्रापालन व्यवसाय गर्दै आएका छन् । दसैं तिहारका लागि सप्तरंगी सहकारीले ३९५ र बसन्त सहकारीले ६०० खसीबोका गरी जम्मा ९९५ खसीबोका बिक्रीका लागि तयार भएका जनाएका छन् । दसैं तिहार नजिकिएसँगै अहिले बागलुङ बजारमा धमाधम खसीबोका बिक्रीका लागि पठाउन थालिएको बसन्त सहकारी संस्थाका प्रबन्धक हेमा विकले जानकारी दिए ।

वर्षभरिमा हाम्रो खसीबोकाको बढी व्यापार दसैं तिहारमा हुन्छ’, विकले भने,  ‘गाउँमा उत्पादन भएका खसीबोका सहकारीमार्फत बजारीकरण गरिन्छ, कुल कारोवारमध्ये आधा कारोबार दसैं तिहार लक्षित हुने गरेको छ ।’ दुई सहकारीमा आबद्ध महिला सेयर सदस्यले उत्पादन गरेका खसीबोका सहकारीमार्फत बागलुङ बजारमा बिक्री गरिँदै आएको सप्तरंगी सामाजिक उद्यमी महिला सहकारीका प्रबन्धक मनकुमारी पुनले जानकारी दिइन् ।

दुवै सहकारीले आफ्ना सदस्यहरुको खसीबोका प्रतिकेजी ४५० रुपैयाँमा संकलन गर्ने र ४५५ रुपैयाँमा बिक्री गर्ने गरेका छन् । प्रतिकिलो जम्मा पाँच बढी लिएर सदस्यहरुका उत्पादन संकलन गरी बजारमा लगेर बिक्री वितरणको व्यवस्था गरिएका कारण उत्पादन गर्ने महिलालाई सहज भएको छ । सहकारीका सेयर सदस्यमध्ये एक वर्षमा ५ देखि ३० सम्म खसीबोका उत्पादन गर्दै आएका सप्तरंगी सामाजिक उद्यमी महिला सहकारीका प्रबन्धक पुनले बताइन् ।

रासस

लेखकको बारेमा

त्रिकाल ज्ञान मार्ग अवतार

लेखकको बारेमा

सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

ब्लकस्पेयर - (गुटेनबर्ग) ब्लक सम्पादकका लागि समाचार, पत्रिका र ब्लग एडअन्स

अभिलेखहरू खोज्नुहोस्

खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच