ज्योति लाईफ ईन्सुरेन्सको आईपिओ बॅाडफॅाड, नतिजा हेर्न भित्र आउनुहोस

ज्योति लाइफ इन्सुरेन्सको आइपीओ बाँडफाँट भएको छ । आइपीओ ज्योति लाइफको आफ्नै कार्यालय शान्ता प्लाजा ज्ञानेश्वर काठमाडौंमा शुक्रबार बाँडफाँट भएको हो । यसमा ५ लाख ९४ हजार जना आवेदकले गोलाप्रथामार्फत १० कित्ताका दरले सेयर पाएका  छन् । आइपीओमा कुल १८ लाख ४२ हजार ४८० जनाले आवेदन दिएकामा ४४ हजार ६४५ जनाको आवेदन रद्द भएको छ…

1 मिनेट

पढ्ने समय

ज्योति लाइफ इन्सुरेन्सको आइपीओ बाँडफाँट भएको छ । आइपीओ ज्योति लाइफको आफ्नै कार्यालय शान्ता प्लाजा ज्ञानेश्वर काठमाडौंमा शुक्रबार बाँडफाँट भएको हो । यसमा ५ लाख ९४ हजार जना आवेदकले गोलाप्रथामार्फत १० कित्ताका दरले सेयर पाएका  छन् । आइपीओमा कुल १८ लाख ४२ हजार ४८० जनाले आवेदन दिएकामा ४४ हजार ६४५ जनाको आवेदन रद्द भएको छ ।
यसमा कुल १७ लाख ९७ हजार ८३५ जना योग्य आवेदकलाई मात्र गोलाप्रथामा सहभागी गराइएको हो । बिक्री प्रबन्धक एनएमबि क्यापिटलको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सकिनेछ । साथै, सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट पनि रिजल्ट हेर्न सकिन्छ ।
ज्योतिले फागुन २१ गते बाट २६ गतेसम्म १०० रुपैयाँ दरको कुल ६६ लाख कित्ता आइपीओ निष्कासन गरेको थियो । यसमध्ये ३ लाख ३० हजार कित्ता कर्मचारी र ३ लाख ३० हजार कित्तानै म्युचुअल फन्डहरुलाई छुट्याइएको थियो । बाँकी ५९ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने व्यवस्था थियो । हाल ज्योतिको चुक्ता पुँजी १ अर्ब ५४ करोड रुपैयाँ छ । आइपीओ बिक्री गरिसकेपछि पुँजी २ अर्ब २० करोड रुपैयाँ पुग्नेछ ।

लेखकको बारेमा

त्रिकाल ज्ञान मार्ग अवतार

लेखकको बारेमा

सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

ब्लकस्पेयर - (गुटेनबर्ग) ब्लक सम्पादकका लागि समाचार, पत्रिका र ब्लग एडअन्स

अभिलेखहरू खोज्नुहोस्

खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच