काठमाडौं : सानिमा जनरल इन्सुरेन्सको आइपीओमा १ अर्ब २४ करोड ७० लाख ९० हजार रुपैयाँ बराबरको आवेदन परको छ । बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलका अनुसार बिहीबार साँझ ५ बजेसम्ममा ५ लाख ६१ हजार ७०० जनाले १ करोड २४ लाख ७० हजार ९०० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कुल २७ लाख ३० हजार कित्तालाई आधार मान्दा ४.५६ गुणा बढी आवेदन हो ।
कम्पनीले बुधबार (असोज २१ गते) बाट १ सय रुपैयाँ अंकित मूल्यमा ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आइपीओ बिक्रीमा ल्याएको हो । कुल ३० लाख कित्तामध्ये ४% अर्थात् १ लाख २० हजार कित्ता सेयर कम्पनीका कर्मचारीको लागि छुट्याएको छ । त्यस्तै, ५% अर्थात् १ लाख ५० हजार कित्ता म्युचुअल फण्डहरुका लागि सुरक्षित गरिएको छ । बाँकी २७ लाख ३० हजार कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
यस आइपीओमा असोज २५ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । यसमा बिक्री प्रबन्धकको काम एनआइसी एसिया क्यापिटलले गरेको छ । लगानीकर्ताले आस्वा सेवा प्राप्त बैंक तथा वित्तीय संस्थाहरुका साथै मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।
यो आइपीओलाई केयर रेटिङ नेपालले मध्यम अवस्था अर्थात् औसत जोखिम जनाउने केयर एनपीबीबी प्लस’ रेटिङ प्रदान गरेको छ । हाल यस कम्पनीको चुक्ता पुँजी ७० करोड रुपैयाँ रहेको छ । आइपीओपछि चुक्ता पुँजी १ अर्ब रुपैयाँ पुग्नेछ । निर्जीवन बिमा कम्पनीहरुको न्यूनतम चुक्ता पुँजी १ अर्ब रुपैयाँ हुनुपर्ने प्रावधान छ ।
सानिमा जनरल इन्सुरेन्सको आइपीओमा कति पर्यो आवेदन ? कतै तपाइँ छुट्नु त भएन नि ?
काठमाडौं : सानिमा जनरल इन्सुरेन्सको आइपीओमा १ अर्ब २४ करोड ७० लाख ९० हजार रुपैयाँ बराबरको आवेदन परको छ । बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलका अनुसार बिहीबार साँझ ५ बजेसम्ममा ५ लाख ६१ हजार ७०० जनाले १ करोड २४ लाख ७० हजार ९०० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारको लागि बिक्री खुला गरिएको…
अघिल्लो लेख
अर्को पोस्ट
ताजा खबर
लेखकको बारेमा

AF themes
सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

अभिलेखहरू खोज्नुहोस्
खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच
तपाईंले मिस गरेको हुन सक्छ












