नासा भन्छ- सन् २०२४ अहिले सम्मकै तातो बर्ष

लस एन्जलस : नासाका वैज्ञानिकहरुको नेतृत्वमा गरिएको विश्लेषणले सन् २०२४ मा पृथ्वीको सतहको औसत तापक्रम रेकर्ड अहिलेसम्मकै उच्च (तातो) रहेको पुष्टि गरेको छ । सन् २०२४ मा विश्वव्यापी तापमान २० औं शताब्दीको आधारभूत रेखा (सन् १९५१–१९८०) भन्दा १.२८ डिग्री सेल्सियस बढी रहेको थियो । नासाका प्रशासक बिल नेल्सनले भने,“फेरि पनि तापक्रमको रेकर्ड तोडिएको छ । सन्…

1 मिनेट

पढ्ने समय

लस एन्जलस : नासाका वैज्ञानिकहरुको नेतृत्वमा गरिएको विश्लेषणले सन् २०२४ मा पृथ्वीको सतहको औसत तापक्रम रेकर्ड अहिलेसम्मकै उच्च (तातो) रहेको पुष्टि गरेको छ । सन् २०२४ मा विश्वव्यापी तापमान २० औं शताब्दीको आधारभूत रेखा (सन् १९५१–१९८०) भन्दा १.२८ डिग्री सेल्सियस बढी रहेको थियो ।
नासाका प्रशासक बिल नेल्सनले भने,“फेरि पनि तापक्रमको रेकर्ड तोडिएको छ । सन् १८८० मा रेकर्ड राख्ने काम सुरु भएदेखि सन् २०२४ सबैभन्दा तातो वर्ष रहेको देखिएको छ ।”वैज्ञानिकहरुले हालैका दशकहरुमा तापक्रम वृद्धिको लागि कार्बन डाइअक्साइड, मिथेन र अन्य हरितगृह ग्यासहरुलाई दोष दिन्छन् ।
हालैको अन्तर्राष्ट्रिय विश्लेषणका अनुसार सन् २०२२ र सन् २०२३ मा पृथ्वीले जीवाश्म इन्धनबाट कार्बन डाइअक्साइड उत्सर्जनमा कीर्तिमानी वृद्धि गरेको देख्न सकिन्छ ।वायुमण्डलमा कार्बन डाइअक्साइडको एकाग्रता बढेर अहिले लगभग ४२० भाग प्रतिमिलियनमा पुगेको छ ।
सिन्वहा

लेखकको बारेमा

त्रिकाल ज्ञान मार्ग अवतार

लेखकको बारेमा

सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

ब्लकस्पेयर - (गुटेनबर्ग) ब्लक सम्पादकका लागि समाचार, पत्रिका र ब्लग एडअन्स

अभिलेखहरू खोज्नुहोस्

खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच