एक वर्षदेखि थाती रहेको उपराष्ट्रपतिको हिन्दी भाषाको शपथसम्बन्धी मुद्दामा आज फैसला दिँदै सर्वोच्च अदालतले उनको त्यो शपथ संविधान अनुकूल नभएको भन्दै बदर गरिदिएको छ। संघीय गणतन्त्र नेपालमा भाषासम्बन्धी व्यवस्थाबारे चर्काचर्की बहस चलिरहेको बेला आज सर्वोच्चले गरेको फैसलामा नेपाली भाषालाई संविधानले राष्ट्र भाषाको रुपमा तोकेको र सपथको ढाँचा समेत दिएको अवस्थामा हिन्दी भाषामा लिएको उपराष्ट्रपतिको सपथ गैरसंवैधानिक ठहर्ने उल्लेख छ। यसले हिन्दी भाषालाई मान्यता दिनुपर्छ भन्दै वकालत गर्दै आएका मधेसवादी दलहरुलाई गम्भीर आघात पुगेको छ। उनीहरुले सार्वजनिक रुपमा यसको प्रतिकार गर्ने संभावना बलियो छ। किनभने, केही मन्त्रीहरुले खुला रुपमा नै सार्वजनिक कार्यक्रममा हिन्दीमा बोल्दै आएका थिए। केही मन्त्री र सभासदहरुले हिन्दी भाषामा नै शपथ लिएका थिए। अहिले अलिकति पनि संयम नराख्ने हो देशलाई विग्रहको बाटोतर्फ उन्मुख गराउने षड्यन्त्र हुनसक्छ। ‘हिन्दीप्रेमी’ सभासदहरुले संविधान सभाको अवधारणा पेश गर्ने क्रममा नै बबाल गरिसकेका थिए। सत्ताबाट बाहिरिएको मधेसी जनअधिकार फोरमलाई यो मुद्दा जनतामा पहुँच बढाउन एउटा हतियार हुनसक्छ। त्यसो त उपराष्ट्रपति परमानन्द झा दुई टुक्रामा फुटेको फोरमको कुन पक्षलाई समर्थन गर्छन्, त्यो प्रष्ट भइसकेको छैन। तर कामै नपाएको भन्दै गुनासो गरिरहेका उपराष्ट्रपतिलाई राजीनामा गर्ने यो राम्रो मुद्दा बन्न सक्ने संभावना छ। उनी आफ्नो ‘हिन्दी अडान’ लाई कायम राख्दै हिन्दीका वकालतकर्ताहरुमाझ हिरो बन्ने प्रयास गर्न सक्छन्। सर्वोच्चले शपथ बदर गरे पनि फेरि शपथ लिन आदेश दिएको छैन। तर शपथ बदर गर्नुको अर्थ उनको अहिलेसम्मका कुनै पनि कामकारबाही र भविष्यमा हुने कामकारबाही पनि बदरभागी हुने भनेकै हो भन्ने अर्थ लगाउन मिल्छ। उनले अब कि नेपाली भाषामा शपथ लिनुपर्छ कि राजीनामा दिनुपर्छ। जिम्मेवारी नै छैन भन्दै गुनासो गरिरहेका र प्लस टुको विज्ञापनमा समेत देखापरेका उपराष्ट्रपतिले त्यसो गर्ने संभावना मैले चाहिँ कम देखेको छु। यदि उनले नेपालीमा पुनः शपथ लिए देशका लागि राम्रो हुने थियो। हेरौँ, उनले के गर्नेछन्
-उपराष्ट्रपतिको हिन्दी शपथ सर्वोच्चद्वारा बदर
एक वर्षदेखि थाती रहेको उपराष्ट्रपतिको हिन्दी भाषाको शपथसम्बन्धी मुद्दामा आज फैसला दिँदै सर्वोच्च अदालतले उनको त्यो शपथ संविधान अनुकूल नभएको भन्दै बदर गरिदिएको छ। संघीय गणतन्त्र नेपालमा भाषासम्बन्धी व्यवस्थाबारे चर्काचर्की बहस चलिरहेको बेला आज सर्वोच्चले गरेको फैसलामा नेपाली भाषालाई संविधानले राष्ट्र भाषाको रुपमा तोकेको र सपथको ढाँचा समेत दिएको अवस्थामा हिन्दी भाषामा लिएको उपराष्ट्रपतिको सपथ…
अघिल्लो लेख
अर्को पोस्ट
ताजा खबर
लेखकको बारेमा

AF themes
सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

अभिलेखहरू खोज्नुहोस्
खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच
तपाईंले मिस गरेको हुन सक्छ












