कतारमा रोजगारीको समाप्ति तथा सेवा निवृत्ति उपदान सम्बन्धि ब्यवस्था

सम्भवत विश्वभरिका मुलुकहरुमा रोजगारदाताहरुले कर्मचारी तथा मजदुरहरुलाई दिने तलव र सेवा सुविधाका सर्तहरु अन्तराष्ट्रिय श्रम संगठनले तोके अनुसार लगभग उस्तै उस्तै हुने गर्दछन तथा हुने पर्ने हो। तर कतिपय अवस्थामा देशको कानुन र भौगोलिक अवस्थिति अनुसार तलब तथा सेवा सुविधाहरु केहि भिन्न हुन् पनि सक्दछन। मैले यो लेखमा चाहि विश्वभरिको नभई नेपाली मजदुरहरुको बाक्लो उपस्थिति…

5 मिनेट

पढ्ने समय

सम्भवत विश्वभरिका मुलुकहरुमा रोजगारदाताहरुले कर्मचारी तथा मजदुरहरुलाई दिने तलव र सेवा सुविधाका सर्तहरु अन्तराष्ट्रिय श्रम संगठनले तोके अनुसार लगभग उस्तै उस्तै हुने गर्दछन तथा हुने पर्ने हो। तर कतिपय अवस्थामा देशको कानुन र भौगोलिक अवस्थिति अनुसार तलब तथा सेवा सुविधाहरु केहि भिन्न हुन् पनि सक्दछन। मैले यो लेखमा चाहि विश्वभरिको नभई नेपाली मजदुरहरुको बाक्लो उपस्थिति रहेको मध्यपूर्वी सानो तर सम्पन्न देश कतारको मजदुर सम्बन्धि व्यबस्थाको बारेमा छोटकरीमा बताउने जमर्को गरेको छु। खास गरेर यो लेखमा रोजगारीको समापन र सेवा निवृत्तिको बेलामा पाउनुपर्ने प्रसुविधाका बारेमा चर्चा गर्ने कोशिस गर्नेछु।

कतारमा कार्यरत थुप्रै नेपालि मजदुरहरुमा आफ्नो रोजगारदाता कम्पनीबाट पाउनुपर्ने सेवासुविधा \"\"र बिशेष गरि सेवा निवृत्तिको बेलामा पाउनु पर्ने उपदान (End of Service Gratuity ) को  बारेमा एक खालको  भ्रम तथा अज्ञानता रहेको पाइन्छ। उनीहरुमा आफ्नो उपदान कसरि गणना गरिन्छ र कति समय सेवा गरेपछि कति दिनको हिसाबले भुक्तानी गरिन्छ भन्ने बारेमा असामन्जस्य रहेको पाइन्छ। त्यसैले यो लेखको उद्देश्य भनेको कतारको श्रम कानुन २००४ ( परिमार्जन सहित ) अनुसार रोजगारदातहरुले कस्तो अवस्थामा कामदारहरुलाइ  कसरि सेवानिवृत्त गर्न सक्छन र मजदुरहरुले के कस्ता प्रसुविधाहरु पाउने प्रावधान छ भन्ने बारेमा चर्चा  गरिनेछ।

रोजगारीको समाप्ति

कतारको बर्तमान श्रम कानुन अनुसार अनिश्चित काल (Indefinite term) को लागि नियुक्त गरिएका मजदुर तथा कर्मचारिहरुको निम्न दुइ तरिका वा अवस्थामा सेवा समाप्ति हुन् सक्दछ। १. पुर्व सुचना दिनुका साथै सेवा निवृत्तिको उपदान दिएर, २. पुर्व सुचना र सेवा निवृत्तिको उपदान नदिइकन।

अनिश्चितकालिन (Indefinite term) सम्झौता भनेको के हो?

कतारको श्रम कानुनको दफा ४९ मा ब्यबस्था भए अनुसार यदि कर्मचारीको नियुक्ति अनिश्चित वा असिमित कालको लागि गरिएको भए र परिक्षण काल सफलतापूर्वक पुरा गरेको अवस्थामा रोजगारदाता वा कर्मचारी मध्य  कुनै एकले कारण सहित लिखित पुर्व सुचना दिएर करार अन्त्यको घोषणा गर्न सक्नेछ।

यदि सेवा अवधि पाँच वर्ष भन्दा कम भएमा एक महिनाको म्याद सहितको र सेवा अवधि पाँच वर्ष भन्दा धेरै भए दुइ महिना म्याद सहितको लिखित सुचना दिनु पर्दछ।

सेवा निबृत्तिको बेलामा रोजगारदाताले दुइ पक्षको सम्झौता र कतारको श्रम कानुनमा उल्लेख भए अनुसारका सबै सेवा सुविधा र बाकि बक्यौताहरु भुक्तानी गर्नु पर्दछ। यसरि भुक्तानी गर्दा कर्मचारीको सेवा निवृत्ति उपदान, कर्मचारीले उपभोग गर्न बाँकी रहेको छुट्टीको तलव र यदि अन्य कुनै सेवा सुविधाहरु अनुमोदन भएर पनि भुक्तान हुन् बाँकी रहेको भए सो समेत एकमुष्ट भुक्तान गर्नु पर्दछ।

पूर्वसुचनाविना गरिने सेवा समाप्ति

कतारको श्रम कानुनको दफा ६१ मा स्पष्ट रुपमा लेखिए अनुसार यदि मजदुर वा कर्मचारीले कुनै पनि दुराचार वा दुर्ब्यबाहर जस्तो कि आफ्नो राष्ट्रियता सम्बन्धि गलत सुचना दिएको, रोजगारदातालाई आर्थिक नोक्सानी हुने गतिविधिमा संलग्न भएको, रोजगारदाताका गोपनियाताको भेद खोलिदिएको, कार्यस्थल वा कार्यावधिमा कुनै पनि मादक तथा नशालु पदार्थको सेवन गरेको आदि पाइएमा रोजगारदाताले कुनै पनि पूर्वसुचना र सेवा निवृत्ति उपदान नैदिईकन तत्कालै लागु हुने गरि सेवाबाट बर्खास्त गर्ने सक्नेछ।

निश्चित वा सिमित (Definite term) अवधिको सम्झौता भनेको के हो?

यदि कुनै मजदुर वा कर्मचारिलाई कुनै निश्चित वा सिमित अवधिको लागि नियुक्ति गरिएको रहेछ भने दुवै पक्षको आपसी समझादारिमा कुनै पनि बेला सम्झौता रद्ध गर्न सकिनेछ। तर मजदुर वा कर्मचारी कुनै दुराचार वा दुर्ब्यबाहारमा संलग्न नभएको अवस्थामा यदि रोजगारदाताले सम्झौता रद्ध गर्न चाहेमा सम्झौता बाँकि रहेको अवधिको पुरै वेतन / तलब भुक्तान गरेर मात्र मजदुर तथा कर्मचारीलाई सेवा निवृत्त गर्न सक्नेछन।

स्मरणीय कुरा के छ भने, कतारको श्रम कानुनको दफा ५१ का अनुसार यदि रोजदारदातले सम्झौतामा उल्लेख भए अनुसारको सेवा सुबिधा नदिएमा, शारीरिक तथा भौतिक रुपमा आक्रमण गरेमा वा क्षति पुर्याएमा र  रोजगारदाता जानकार हुदाहुदै पनि मजदुर वा कर्मचारीलाई गलत क्रियाकपको लागि उक्साउने, खतरनाक कामको लागि दुरुत्साहित र जबर्जस्ति गर्ने आदि गरेको अवस्थामा मजदुर तथा कर्मचारीले तत्काल लागु हुने गरि सेवाबाट अवकाश लिन सक्नेछ।  यस्तो अवस्थामा रोजगारदातले सम्झौतामा उल्लेख भए अनुसारका  सबै सेवा सुबिधा र सेवा निवृत्ति उपदान उपलब्ध गराउनु पर्ने हुन्छ।

सेवा निवृत्ति उपदान

को को योग्य हुन्छन ?

कतारको श्रम कानुनको दफा ५४ का अनुसार कम्तिमा एक वर्ष वा सो भन्दा बढी लागातर रुपमा सेवा पुर्याएका मजदुर तथा कर्मचारीहरु रोजगारदाताबाट सेवा निवृत्ति उपदान पाउन योग्य हुन्छन। यसरि उपदान भुक्तान गर्दा समानुपातिक रुपमा सेवा अवधिको सबै अंशको हिसाब गरिनु पर्दछ।  उदाहरणको लागि यदि कुनै कर्मचारिले दुइ वर्ष चार महिना सेवा गरेको भए उक्त चार महिनालाई पनि बाह्रले भाग गरि हुन आउने  कुल २.३३ वर्षको उपदान भुक्तान गर्नु पर्दछ।

सेवा निवृत्ति उपदान कसरि गणना गरिन्छ ?

रोजगारदाता र मजदुर कर्मचारी बिच भएको सम्झौता अनुसार प्रत्यक एक वर्ष सेवा अवधि पुरा गरे बापत एक्काइस दिनमा नघटाई उसको अन्तिम महिनाको आधारभूत तलबले हुन् आउने रकम सेवा निवृत्ति उपदान भुक्तान गरिनु पर्दछ। उदाहरणको लागि यदि कसैको आधारभूत तलब ९०० कतारी रियाल रहेछ र उसले ठ्याक्कै दुइ वर्ष सेवा अवधि पुरा गरेको रहेछ भने एक वर्ष सेवा पुरा गरे वापात कतारी रियाल ६३० का दरले दुइ वर्षको १२३० कतारी रियाल हुन् आउछ।

सामान्यतया उपदानको हिसाब गर्दा सेवा अवधिको वर्ष गनेर गरिने भए पनि कतिपय रोजगारदाताहरुले भने खुद कार्यदीन गनेर कार्यदिनलाइ वर्षमा रुपान्तरण गरेर अथवा उक्त दिनकै आधारमा हिसाब गरेर भुक्तान गर्ने पनि गर्दछन। यसरि उपदानको गणना गर्दा मजदुर वा कर्मचारीले बिगतमा लिएको कुनै पनि बिरामी बिदा वा बार्षिक बिदा आदिलाई कार्यदिनमा समावेश गर्ने र गयल तथा बेतालावी विधालाई कार्यदिनामा समावेश नगरिने भए पनि यस सम्बन्धि निर्णय चाहि कम्पनि नीतिले निर्धारण गर्दछ।

स्मरणीय के छ भने यसरि उपदान गणना गर्दा मजदुर तथा कर्मचारीले मासिक रुपमा खाना, यातायात, निवास वा अन्य कुनै भत्ता सहित जम्मा कति तलब बुझ्ने गरेको थियो भन्ने आधारमा नभई उसको अन्तिम महिनाको  आधारभूत तलबको आधारमा गरिन्छ।

यदि कुनै मजदुर तथा कर्मचारीको सेवा शुरुवाती कतारको श्रम कानुन लागु हुनु अगावै अर्थात ६ जनवरी २००५ अगावै रहेछ भने ६ जनवरी २००६ सम्मको सेवा निवृत्ति उपदानको गणना कतारको श्रम कानुन १९६२ को दफा ३ अनुसार हुने ब्यबस्था छ।

सेवा निवृत्ति उपदानमा कटौती

मजदुर वा कर्मचारीले कुनै पनि रुपमा वा कारणले रोजदातासंग लिएको कुनै पनि पेश्की वा बाँकी रकम कटाएर बाँकि रहेको उपदान रकम भुक्तान गर्ने अधिकार रोजगार्दातालाइ दीइएको भए पनि रकम भुक्तान पछि हुन सक्ने झगडा वा तर्कबितर्कलाई न्यूनीकरण गर्नको लागि रोजगारदाताले मजदुर तथा कर्मचारीलाई उसले रोजगारदातालाई फिर्ता गर्न बाँकी रहेको पेश्की रकमको बारेमा जनाकारी गराई सम्भव भए सम्मको समझदारी गर्नु उपयुक्त हुन्छ।

स्मरणीय कुरा के छ भने  माथि जे भनिएको भए पनि मजदुर वा कर्मचारीले दुराचार वा दुर्ब्यभार गरेको खण्डमा उ सेवा निवृत्ति उपदान पाउन बाट पूर्णत: बन्चित हुनेछ।  अत: राज्य र रोजगारदाता कम्पनीको नीति नियम र कानुन सम्भव भए जति  ज्ञान राख्नु र पूर्ण रुपमा पालना गर्नु नै मजदुर तथा कर्मचारीको हितमा हुनेछ।

 

 

लेखकको बारेमा

त्रिकाल ज्ञान मार्ग अवतार

लेखकको बारेमा

सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

ब्लकस्पेयर - (गुटेनबर्ग) ब्लक सम्पादकका लागि समाचार, पत्रिका र ब्लग एडअन्स

अभिलेखहरू खोज्नुहोस्

खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच