कस्तो छ त बागमती प्रदेशको यस वर्षको बजेट?

वाग्मती प्रदेश सरकारले ५१ अर्ब ४२ करोड रुपैयाँको नयाँ बजेट सार्वजनिक गरेको छ । सोमबार प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले प्रदेससभामा आगामी आर्थिक वर्ष २०७७–०७८ का लागि ५१ अर्ब ४२ करोड ७४ लाख ९४ हजार रुपैयाँको बजेट प्रस्तुत गरेका हुन् । कुल विनियोजित बजेटमध्ये चालुतर्फ २६ अर्ब २८ करोड ७३ लाख…

1 मिनेट

पढ्ने समय

\"\"
वाग्मती प्रदेश सरकारले ५१ अर्ब ४२ करोड रुपैयाँको नयाँ बजेट सार्वजनिक गरेको छ । सोमबार प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले प्रदेससभामा आगामी आर्थिक वर्ष २०७७–०७८ का लागि ५१ अर्ब ४२ करोड ७४ लाख ९४ हजार रुपैयाँको बजेट प्रस्तुत गरेका हुन् । कुल विनियोजित बजेटमध्ये चालुतर्फ २६ अर्ब २८ करोड ७३ लाख ३५ हजार पुँजीगततर्फ २५ अर्ब १४ करोड १ लाख ५९ हजार रहेको उनले बताए । कुल विनियोजित बजेटमध्ये चालुतर्फको बजेट ५१.१२ प्रतिशत र पुँजीगत तर्फको बजेट ४८.८८ प्रतिशत हुन आउँछ ।
आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये कर राजस्वतर्फ २० अर्ब ८३ करोड ७९ लाख, अन्तरसरकारी अनुदानतर्फ १७ अर्ब ८६ करोड ९८ लाख, अन्य राजस्वतर्फ ५ अर्ब १२ करोड ९७ लाख र राजस्व बचततर्फ ७ अर्ब ५० करोड प्राप्त हुने अनुमान गरिएको छ । रोजगारी सिर्जना, स्वास्थ्य, शिक्षा, कृषि लगायतमा बजेट केन्द्रित गरिएको छ ।

लेखकको बारेमा

त्रिकाल ज्ञान मार्ग अवतार

लेखकको बारेमा

सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

ब्लकस्पेयर - (गुटेनबर्ग) ब्लक सम्पादकका लागि समाचार, पत्रिका र ब्लग एडअन्स

अभिलेखहरू खोज्नुहोस्

खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच