नेकपा सचिवालय बैठकमा सहमति भएको कुरा हल्ला मात्रै – प्रचण्ड सचिवालयको स्पष्टोक्ति

  नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष प्रचण्ड पक्षबिच आजको सचिवालय बैठकमा कुनै सहमति नभएको र त्यस्तो हल्लाको पछि नलाग्न अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ। बैठकमा महाधिवेशनको बारेमा कुरा उठेको र सामान्य छलफल क्रममा आगामी मंसिरमा पार्टीको महाधिवेशन गर्ने कि भन्ने कुरा उठेको भए ता पनि कुनै निर्णय नभएको कुरा जनाउदै पप्रचण्डको सचिवालयले उक्त…

1 मिनेट

पढ्ने समय

\"\"

 

नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष प्रचण्ड पक्षबिच आजको सचिवालय बैठकमा कुनै सहमति नभएको र त्यस्तो हल्लाको पछि नलाग्न अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ।

बैठकमा महाधिवेशनको बारेमा कुरा उठेको र सामान्य छलफल क्रममा आगामी मंसिरमा पार्टीको महाधिवेशन गर्ने कि भन्ने कुरा उठेको भए ता पनि कुनै निर्णय नभएको कुरा जनाउदै पप्रचण्डको सचिवालयले उक्त कुराको खण्डन गरेको छ।

प्रचण्डका स्वकीय सचिव गंगा दाहालले शनिवार राति सामाजिक संजाल फेसबुकमा एक स्टाटस लेख्दै, \”आज अध्यक्ष्यद्वयबिच भएको छलफलपछि बसेको पार्टी सचिवालयको बैठकमा सहमति खोज्ने क्रममा विभिन्न विषयहरु ( महाधिवेशन लगायतका ) मा छलफल भएता पनि कुनै विषयमा सहमति भएको छैन र सम्पूर्ण विषयहरु छलफलकै क्रममा रहेकाले कोहि पनि भ्रममा नपरौँ \” , भनेकी छन्।

\"\"

लेखकको बारेमा

त्रिकाल ज्ञान मार्ग अवतार

लेखकको बारेमा

सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

ब्लकस्पेयर - (गुटेनबर्ग) ब्लक सम्पादकका लागि समाचार, पत्रिका र ब्लग एडअन्स

अभिलेखहरू खोज्नुहोस्

खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच