निषेधाज्ञाको अवधिमा बैंक तथा वित्तीय संस्था सञ्चालन गर्न केन्द्रिय बैंकको यस्तो छ निर्देशन ( राष्ट्र बैंकको पत्र सहित )

काठमाडौं : नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निषेधाज्ञा अवधिभर सीमित कर्मचारीबाट आलोपालो प्रणालीमा सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ । निषेधाज्ञा अवधिभर न्यूनतम बैंकिङ सेवा दिन बैंक तथा वित्तीय संस्थालाई केन्द्रीय बैंकले भनेको हो । राष्ट्र बैंकले सूचना जारी गर्दै यस अवधिमा तोकिएका स्वास्थ्य मापदण्ड पूरा गरेर मात्र काम गर्न भनेको…

1 मिनेट

पढ्ने समय

\"\"

काठमाडौं : नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निषेधाज्ञा अवधिभर सीमित कर्मचारीबाट आलोपालो प्रणालीमा सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ । निषेधाज्ञा अवधिभर न्यूनतम बैंकिङ सेवा दिन बैंक तथा वित्तीय संस्थालाई केन्द्रीय बैंकले भनेको हो । राष्ट्र बैंकले सूचना जारी गर्दै यस अवधिमा तोकिएका स्वास्थ्य मापदण्ड पूरा गरेर मात्र काम गर्न भनेको छ ।

कोरोना संक्रमित बढ्दै गएको भन्दै विद्युतीय माध्यमबाट हुने कारोबारलाई प्रोत्साहन गर्न पनि केन्द्रीय बैंकले भनेको छ । यस्तै एटीएम मेसिनमा पर्याप्त नगद राख्ने र त्यसको निगरानी गर्न पनि भनिएको छ । कोरोना संक्रमण बढदै गएकाले अत्यावश्यक वस्तुको आपूर्ति सुनिश्चित गर्नका लागि ड्राफ्ट, टिटी, प्रतीतपत्र, ग्यारेन्टी जस्ता कारोबार सञ्चालन हुने व्यवस्था मिलाउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिइएको छ ।

वित्तीय संस्थाले सम्बन्धित स्थानीय प्रशासनसँग समन्वय गरी सम्भव भएसम्म निश्चित समयका लागि आलोपालो मिलाई न्यूनतम कर्मचारीबाट न्यूनतम संख्यामा शाखा खोली आधारभूत बैंकिङ कारोबार सुचारु गर्ने व्यवस्था मिलाउनुपर्नेछ । सम्बद्ध बैंक तथा वित्तीय संस्थाका खुल्ने शाखाहरुको विवरण तथा सम्पर्क व्यक्तिको फोन नम्बर आफ्नो वेवसाइटमा अद्यावधिक गर्नुपर्नेछ । बन्द रहने शाखाको मूल ढोकामा सर्वसाधारणले देख्ने गरी खुल्ने वैकल्पिक शाखाको विवरण टाँस्नुपर्नेछ ।

लेखकको बारेमा

त्रिकाल ज्ञान मार्ग अवतार

लेखकको बारेमा

सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

ब्लकस्पेयर - (गुटेनबर्ग) ब्लक सम्पादकका लागि समाचार, पत्रिका र ब्लग एडअन्स

अभिलेखहरू खोज्नुहोस्

खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच