विकास बैंक र हाइड्रोमा बहार, नेप्से १६ सय विन्दुमा उक्लियो

काठमाडौं : सेयर बजारले नयाँ उचाई तय गरेको छ । खरिदबिक्रीमा माहोल बन्दै जाँदा सूचक मनोवैज्ञानिक रेखा १६ सय विन्दुमा पुगेको छ । बजारले सुस्त तर क्रमशः नयाँ उचाई बनाइरहेको छ । सूचकसँगै दैनिक कारोबार रकममा पनि आकर्षक माहोल पैदा भइरहेको छ । लगानीकर्ताहरु विशेष हाइड्रोपावर र विकास बैंकका सेयरतर्फ आकर्षित भइरहेका छन् । हाइड्रोपावरमा…

2 मिनेट

पढ्ने समय

काठमाडौं : सेयर बजारले नयाँ उचाई तय गरेको छ । खरिदबिक्रीमा माहोल बन्दै जाँदा सूचक मनोवैज्ञानिक रेखा १६ सय विन्दुमा पुगेको छ । बजारले सुस्त तर क्रमशः नयाँ उचाई बनाइरहेको छ । सूचकसँगै दैनिक कारोबार रकममा पनि आकर्षक माहोल पैदा भइरहेको छ । लगानीकर्ताहरु विशेष हाइड्रोपावर र विकास बैंकका सेयरतर्फ आकर्षित भइरहेका छन् । हाइड्रोपावरमा केही समययता लगातारजसो भाउ बढिरहेको छ । यता, विस्तारै विकास बैंकहरु पनि चम्किन थालेका छन् । तुलनात्मक रुपमा सस्तो भाउ भएका सेयरहरु वृद्धि भइरहेकाले यसले अब माथिल्लो भाउमा रहेका कम्पनीहरुको मूल्य पनि तान्न सहयोग गर्ने देखिन्छ ।  बजार बढ्दै जाँदा लगानीकर्ताहरुले कम्पनीहरुको वित्तीय सूचकहरुमा सुक्ष्म अध्ययन गर्न बिर्सिनु हुँदैन । लाभांश क्षमता, संस्थागत सुशासन भएका कम्पनीहरुतर्फ लगानी केन्द्रित गर्न सके जोखिम कम गर्न सहयोग पुग्नेछ । प्रतिसेयर आम्दानी, मूल्य आम्दानी अनुपात, लाभांश क्षमता, संस्थापक लगायतका पक्षमा पनि ध्यान दिंदै अघि बढ्नु उपयुक्त हुनेछ । सेयर बजार सुधार हुनुमा सस्तो बैंक ब्याजदरले सहयोग गरेको छ ।

ठूला बैंकहरुले कतिपय बचत खाताको ब्याजदर २% हाराहारीमा झारिसकेका छन् । बैंकिङ प्रणालीमा प्रचुर लगानीयोग्य रकम रहेको छ । सेयर कर्जा पनि सस्तो भएको छ । यी सकारात्मक परिदृश्यहरुले औसतमा सेयर बजारको गति सकारात्मक हुने आँकलन गरिएको छ । नेप्से सूचक १४.६८ अंकले बढेर १६००.९७ विन्दुमा आइपुगेको छ । १९५ कम्पनीको ३ अर्ब ३५ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । १ करोड २६ लाख कित्ताभन्दा बढी कारोबार भएको हो ।

उत्पादनमूलक र माइक्रोफाइनान्स बाहेक बाँकी सबै समूहका सूचक बढेका छन् । विकास बैंक र हाइड्रोपावर समूहमा चम्किएका छन् । वाणिज्य बैंक समूहको सूचक पनि सकारात्मक देखिएको छ । करिब ३ दर्जन हाइड्रोपावर कम्पनीहरुको भाउ ९% भन्दा बढीले वृद्धि भएको छ । धेरैमा सकारात्मक सर्किट देखिएको छ । खरिदबिक्री रकममा अरुण काबेली अग्रस्थानमा छ । यसको १५ करोड २९ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।  

लेखकको बारेमा

त्रिकाल ज्ञान मार्ग अवतार

लेखकको बारेमा

सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

ब्लकस्पेयर - (गुटेनबर्ग) ब्लक सम्पादकका लागि समाचार, पत्रिका र ब्लग एडअन्स

अभिलेखहरू खोज्नुहोस्

खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच