काठमाडौं : सेन्चुरी बैंकले २ अर्ब २० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्न धितोपत्र बोर्डमा आवेदन दिएको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा २२ लाख इकाई ऋणपत्र बिक्री गर्न लागेको हो । यसमध्ये ८ लाख १६ हजार इकाई सर्वसाधारणका लागि खुला हुनेछ । बाँकी १३ लाख २० हजार इकाई संघसंस्थालाई बिक्री गरिनेछ । यस ऋणपत्रमा वार्षिक ९% ब्याजदर पाइनेछ । बैंकले १० वर्ष अवधिको सेन्चुरी बैंक डिबेन्चर २०८७’ नाममा ऋणपत्र जारी गर्न लागेको हो ।
यसमा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गर्नेछ । नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि बिक्री प्रक्रिया अघि बढ्नेछ । पछिल्लो समय बैंकहरुले अतिरिक्त पुँजी जुटाउन ऋणपत्रलाई पनि आधार बनाउन थालेका छन् । धितोपत्र बोर्डको व्यवस्था अनुसार कुल निष्कासित इकाईको ४०% ऋणपत्र अनिवार्य रुपमा सर्वसाधारणमा जारी गर्नुपर्छ ।
डिबेन्चर भनेको के हो भन्ने थाहा पाउन तलको भिडियो हेर्नुहोस ( यो भिडियो र जारि हुदै गरेको सेन्चुरी बैक डिबेन्चरबीच शैद्धान्तिक समानता बाहेक अरु सम्बन्ध छैन )














