अर्बौं डलर पुँजी जुटाउँन विश्व बजारमा धमाधम आइपीओ जारि गर्दै चीन

काठमाडौं : चिनियाँ कम्पनीहरुलाई कोरोना भाइरस महामारी र तनावपूर्ण विश्व राजनीतिक अवस्थामा पनि आइपीओ मार्फत अर्बौं डलर पुँजी जम्मा गर्ने अवसर जुटेको छ । पछिल्लो ९ महिनामा चिनियाँ कम्पनीहरुको आइपीओले विश्व बजारको प्रमुख हिस्सा ओगटेको छ । चीनभित्र मात्र नभई अमेरिकी सेयर बजारमा समेत चिनियाँ कम्पनीहरु थपिनेक्रम तीब्ररुपमा बढ्दै गएको एक तथ्यांकले देखाएको छ ।…

3 मिनेट

पढ्ने समय

काठमाडौं : चिनियाँ कम्पनीहरुलाई कोरोना भाइरस महामारी र तनावपूर्ण विश्व राजनीतिक अवस्थामा पनि आइपीओ मार्फत अर्बौं डलर पुँजी जम्मा गर्ने अवसर जुटेको छ । पछिल्लो ९ महिनामा चिनियाँ कम्पनीहरुको आइपीओले विश्व बजारको प्रमुख हिस्सा ओगटेको छ । चीनभित्र मात्र नभई अमेरिकी सेयर बजारमा समेत चिनियाँ कम्पनीहरु थपिनेक्रम तीब्ररुपमा बढ्दै गएको एक तथ्यांकले देखाएको छ ।
अलिबाबासँग जोडिएको ज्याक मा को ‘एन्ट ग्रुप’ लाई नै हेरौं, यसले आगामी साता बहुप्रतिक्षित आइपीओ जारी गर्न लागेको छ । एन्ट गु्रपले विश्वकै ठूलो आइपीओ जारी गर्न लागेको हो । हङकङ स्टक एक्सचेन्ज र साङ्घाई स्टक एक्सचेन्ज दुवैमा यो आइपीओ सूचीकृत हुनेछ । एन्ट ग्रुपको आइपीओले एक वर्ष अघि साउदी अरेबियाको तेल कम्पनी अरामकोले जारी गरेको २९ अर्ब ४० करोड डलरको आइपीओलाई पनि पछि पार्ने भएको छ ।
अर्नस्ट एन्ड योङ्गको एक रिपोर्ट अनुसार सन् २०२० को पहिलो ९ महिनामा विश्वको झण्डै २०% अर्थात १८० वटा आइपीओहरु साङ्घाई स्टक एक्सचेन्जमा सूचीकृत भएका छन् । ११९ वटा आइपीओ सूचीकृत भएको नास्डाकलाई पछि पार्दै साङ्घाई आइपीओको मुख्य बजार बनेको छ । सेनचेनमा सूचीकृत ११५ र हङकङमा सूचीकृत ९९ वटा आइपीओलाई पनि जोड्ने हो भने यस वर्षको पहिलो ९ महिनामा चीनले विश्वको ४५% आइपीओ हिस्सा ओगटेको देखिन्छ ।

ट्रम्प प्रशासनको चीनसँग को व्यापार सम्बन्ध खासै राम्रो नभएपनि चिनियाँ कम्पनीहरु भने अझै पनि अमेरिकी बजारलाई नै केन्द्र बनाइरहेका छन् । धितो तथा सम्पति व्यवस्थापन सम्बन्धी चिनियाँ कम्पनी लुफाक्सले न्यू योर्क स्टक एक्सचेन्जमा सूचीकृत हुने योजना बनाएको छ । गत हप्ता सार्वजनिक भएको मूल्यका आधारमा उक्त कम्पनीले २ अर्ब ३६ करोड डलर बराबरको आइपीओ जारी गर्नेछ । तर यो वर्ष अमेरिकामा पब्लिकमा जाने लुफाक्स पहिलो चिनियाँ कम्पनी भने होइन ।

सन् २०२० को पहिलो ९ महिनामा लुफाक्स भन्दा अघि २३ वटा चिनियाँ कम्पनीले अमेरिकामा आइपीओ जारी गरिसकेका छन् । चाइना इन्भेष्टमेन्ट कर्पोरेसनमा पूर्वव्यवस्थापन निर्देशक तथा लेखक विन्स्टन माले विगत केही महिनादेखि देखिएको आइपीओ रस लाई अनिश्चितताको उडानका रुपमा हेरेका छन् । माले कोभिड–१९ पछिको सम्भावितः आर्थिक पुनर्जागरण तथा राजनीतिक जोखिमलाई इंगित गरेका छन् ।

विश्व व्यापारले आगामी हप्ताको अमेरिकी चुनावलाई पनि नजिकबाट नियालिरहेको छ । जसको प्रत्यक्ष असर अन्तर्राष्ट्रिय मामिलामा पर्दछ । यता, चीनको नयाँ नियमले कम्पनी सूचीकरणका लागि सहज बनाइदिएको छ । यसअघि नियमनकारी निकायबाट अनुमति लिनुपर्ने व्यवस्था रहेकामा अहिले बेइजिङ सरकारले दर्ताका आधारमा कम्पनीहरु स्टक एक्सचेन्जमा सूचीकृत गर्नसक्ने व्यवस्था गरिदिएको छ ।
साङ्घाई र सेनचेन स्टक एक्सचेन्जमा यस वर्ष २९० भन्दा बढी कम्पनीहरु सूचीकृत भइसकेका छन् । गत वर्ष यो संख्या २०० थियो । कोभिड–१९ महामारीका कारण समस्यामा परेको अर्थतन्त्र र पुँजी बजार सुधारका लागि नयाँ व्यवस्था गरिएको हो । साथै, हाल चीन सरकारले त्यहाँका कम्पनीहरुलाई विदेशमा नभई चीनभित्रै अथवा हङ्कङमा सूचीकृत हुन प्रोत्साहन गर्दै आएको छ ।
अर्कोतर्फ विदेशी लगानीकर्ताहरुको रुचि पनि चिनियाँ बजारमा बढ्दै गएको छ । अन्तर्राष्ट्रिय मुद्रा कोषको हालैको रिपोर्टले पनि विश्वको मुख्य अर्थतन्त्रमध्ये चीनले मात्र यस वर्ष आर्थिक वृद्धि हासिल गर्ने देखाएको छ । बजार पुँजीकरणका आधारमा पनि चिनियाँ सेयर मार्केट विश्वको दोस्रो ठूलोमा पर्दछ । तर पहिलो नम्बरमा रहेको अमेरिकी सेयर बजार भन्दा चिनियाँ सेयर बजार अझै पनि दशकौं पछि जस्तो देखिने गरेको छ ।
एभलिन चेङले सीएनबीसीका लागि लेखेको लेखका आधारमा

लेखकको बारेमा

त्रिकाल ज्ञान मार्ग अवतार

लेखकको बारेमा

सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

ब्लकस्पेयर - (गुटेनबर्ग) ब्लक सम्पादकका लागि समाचार, पत्रिका र ब्लग एडअन्स

अभिलेखहरू खोज्नुहोस्

खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच