नेकपाको पछिल्लो राजनैतिक घटना क्रम सगै उत्पन्न परिस्थिति

  नेपाली राजनितीमा देखिने समस्या ग्रस्त अवस्था प्राय नेतृत्वमा अदुरदर्सिता,क्षणिक स्वार्थ र लाभ प्राप्ति शक्ति आर्जनमा केन्द्रित रहदै गर्दा देश बेला बखत अप्रिय घटनाको सिकार पर्ने गरेको छ । मुलुकको हित र उधेश्य प्राप्ति भन्दा फरक सत्ताको लडाइ ले आज फेरि मुलुकको राजनिती भद्रगोलको परिस्थिति सृजना भएको छ । नेपाली जनताले लामो समय देखि देशमा…

6 मिनेट

पढ्ने समय

 

\"\"

नेपाली राजनितीमा देखिने समस्या ग्रस्त अवस्था प्राय नेतृत्वमा अदुरदर्सिता,क्षणिक स्वार्थ र लाभ प्राप्ति शक्ति आर्जनमा केन्द्रित रहदै गर्दा देश बेला बखत अप्रिय घटनाको सिकार पर्ने गरेको छ । मुलुकको हित र उधेश्य प्राप्ति भन्दा फरक सत्ताको लडाइ
ले आज फेरि मुलुकको राजनिती भद्रगोलको परिस्थिति सृजना भएको छ ।

नेपाली जनताले लामो समय देखि देशमा हत्या हिंसा र बिबत्सा लाई नजिक बाट भोग्दै निरंकुश तनाशाहहरुका शासन सत्ता बाट शोषण पिडा लाई झेल्दै आइरहेको तितो यथार्थ सबैको सामु छर्लङ्ग नै छ । विभिन्न आन्दोलन अनि त्याग र बलिदानी बाट प्राप्त उपलब्धिहरु लाई सस्थागत गर्दै लोकतान्त्रिक गणतन्त्र नेपालका आयमहरु समाबेशिता,धर्म निरपेक्षता जस्ता युगान्तकारी परिवर्तनलाई आत्मसात गर्दै दिगो र उन्नत बनाउन सबै तह तप्काका बाट उल्लेखनीय भुमिका खेल्नु पर्ने आवस्यक छ ।

नयाँ संविधान निर्माण सगै सम्पुर्ण राजनैतिक दल र नेतृत्वले यसको कार्यन्वन र प्रभाकारिता लाई जबाफदायिता बनाउन लाग्नु पर्ने बेलामा मुलुकलाई नै संकट तर्फ लैजान खोज्नु आफैमा दुर्भाग्य मात्रै होइन । यस्ले पार्ने प्रभाव खेदजनक नै भन्नू पर्दछ ।

प्रधानमन्त्रीको पछिल्लो कदम संसद विघटनको घटना अब अदालतमा संबैधानिक इजलासमा प्रवेश सगै कानुनी प्रक्रियामा अगाडी बढीरहेको मुद्दा लाई आक्रसित हुने गरि दिइने अभिब्यक्ती पुर्ब प्रधान न्यायाधीश हुन वा जो कोहि सरोकारवाला निकाय बाट आउने धारणा कुनै पनि तहमा सहि मान्न सकिदैन ।

तथापि आम राजनीति दल बुद्दिजिबी नागरिक समाज जनस्तरमा चासो र चिन्ता सहित छलफल र बिचार बिमर्श हुनु भने स्वाभाविक नै मान्नु पर्दछ ।

पार्टी आन्तरिक किचलो भरिदै जादा अबिस्वासको प्रस्ताव अनि महाअभियोग रचित घेराबन्दी लाई चिर्दै संसद विघटन गर्दै अगामी बैशाखमा प्रतिनिधिसभाको चुनावी मिति तोकेका प्रधानमन्त्री देश दौडाहामा लाग्दै निर्वाचनमा होमिदै छन् कि मुलुक थप मुठभेट तर्फ जाँदै छ भन्ने आशंका थपिदै जादा फुटको संघारको डिलमा रहेको नेकपा पार्टी एक आपसमा आरोप प्रत्यारोपणमा सगै उछितो काट्ने क्रम शृङ्खला जारी नै छ ।
माओवादी आन्दोलनका कमान्डरहरु बादल, रायमाझी देखि प्रभु साह मणि थापा लाई साथमा लिएर जनयुद्ध कुहिएको फर्सीको हवला दिएका
सम्मानिय प्रधानमन्त्री के पि वलिका अभिव्यक्ति आफ्नै सहयोद्धा कमरेड माधब कुमार नेपाल प्रचण्डको मामुली कार्यकर्ता भएको देखि झस्केला बाट आएका नारायणकाजी हुँदै योगेश भट्टराई केटो को चर्चाले आम कार्यकता तहमा मात्रै होइन राष्ट्रिय मिडियाको मसला हुँदै चिया पसलमा समेत गफिस हुदैछ ।
गरिब पीडित किसान मजदुर आम नेपाली जनताको अत्यावश्यक माग देखि निर्मला पन्त लगायत कयौं बलात्कारका घटना अनि रुकुम सोतिको सामुहिक हत्या लगायतका देशमा कोरना महामारीमा जनतालाई आवश्यक राहतको बिसयमा दुई शब्द खर्चिन नसक्ने मुलुकका तीन तीन जना प्रधानमन्त्री सहितका वरिष्ठ नेताहरु माइतीघर मन्डलाको रमिता पनि रोचक प्रहसन बाहेक अरु थप एजेन्डा भएको महसुस पक्कै नेपाली जनताले गरेका छैनन् । अझै साहाकारी आन्दोलनले पुगेन भन्दै मांसहारी आन्दोलनको आव्हान गर्ने प्रचण्ड लाई बेला बखत आफ्नै बिगत झस्काइ रहदो र त थप कार्यकर्ता लाई उत्तेजित बनाउन उत्पेरित गर्दै छन ।

गणतन्त्र नेपालका राजनिती दल र नेतृत्वमा जनता प्रती उत्तरदायी र जनभावना अनुरुप चल्न नसक्नुले मुलुक अस्तिरता तर्फ धकेलिदै छ । नेपाली जनताको मत र अभिमत लाई आत्मसात गर्न नसनु के पि वलि र प्रचण्डको ब्यक्तिगत टकरावका आजको परिस्थिति उत्पन्न गरेको छ । नेताहरुकै पदिय ब्याबस्थापन ध्यान नदिदा एकताको मर्म र भावना लाई झगडाको जड पैदा गर्यो । फलतः माधव, झलनाथ लागायत दोस्रो परियताका नेता मुलुकको समृद्धि अनि पार्टी एकता दिगो र स्थायित्व बनाउने तर्फ भन्दा असफल यात्रा साक्षी बन्न पुगेका छन । नेकपाको ऐतिहासिक अवसरको अवसान हुँदै छ, जुन नेपाली जनताले मुल्य चुकाउनु पर्नेछ ।
नेपालमा बामपंथी आन्दोलनमा फुट जुटको घटना नौलो र चाख लाग्दो नभए पनि सस्तो र अपरिपक्व गठबन्धन सहितको एकताले सहि मार्ग समाउन भने सकेन ।

फुटको असर पुर्ब माओवादी भन्दा पुर्ब एमाले लाई प्रभाव

जबजको निति, संगठनका संरचना केन्द्र देखी तलका कमिटी सम्म नै लय बद्द रुपमा प्रद्द्ती संगत ढंग बाट निकै प्रभावकारी र अन्य संगठनका तुलनामा निकै चलायमान र सकृय लोभलाग्दो नै थियो । तर जब पुर्ब माओवादी र एमाले एकता भयो सबै संगठनका संरचना ध्वस्त जस्तै भए भागबन्डाले न चलायमान भयो र संगठन समरचना नै पुनर्निर्माणले पुर्णता पायो । एकताको धरातलको जग निस्वार्थ र संगठन प्रती नैतिक राजनैतिक इमानदारीता नदेखिनु नै यो जलन्त उदाहरण हो । पुर्ब एमालेको गुट आन्तरिक रूपमा बढीरहेको इगो को प्रभावलाई प्रचण्डले एकताको भाब भन्दा पनि सत्ता र शक्ति मोह ले पुर्ब एमाले भित्र सेन्टीमेन्ट लाई खेल्न उत्साहित भए र उनी अस्ताउन लागेको माओवादी लाई एकताको कार्डको प्रयोग मात्रै गरेन्न एउटा शसक्त पार्टी लाई नै कब्जा केन्द्रित गर्दै पुनः सत्ताको जोड घटाउमा पुगेका छन् ।

अब चुनाव भए के हुन्छ ?

संसद विघटन लाई अदालतले बिउझायो भने तेस्ले पार्ने प्रभाव अङ्कगणितीय हिसाबले सरकार ढल्ने वा नयाँ बन्ने बनाउने सकसले कस्तो रुप लिने त्यो मन्चन पनि नेपाली जनता ले देख्न पाउने नै छन । यदि अदालतले विघटनलाई नै सदर गरिदियो भने यदि बैशाखमा सरकारले तोकेको समयमा निर्वाचन हुने बाताबरण कमै देखिन्छ । तथापि सबै राजनैतिक दल चुनावमा जान तयार कति होलान् ? जनता प्रती केही गर्न नसकेको अवस्थामा नेताहरु लाई ग्लानी होला त ? अब को चुनावको रौनक कस्तो होला ?
के पि वलिका चुनावी एजेन्डा देखि प्रचण्ड अनि माधब बिच नै एकताले कस्तो रुप लिने होला ?
अनि काग्रेस कसरी प्रस्तुत होला ? यदि तत्काल नै चुनाव भए पनि वा नभए पनि डेढ बर्ष पछि त हुने नै छ जनताको दैलो मा जान हिच्किचावट त पक्कै पनि हुदैन ।

नेकपा पार्टीमा यदि कुनै अर्को खेल शुरु भएन र अलग अलग नै चुनाबमा भाग लिने स्थितीमा
के काग्रेसले फेरि आफ्नो अस्तित्व र प्रभाव जमाउन सक्ला ? सरकारको अपोजिसनमा रहदा शन्यू भुमिकामा रहेको बिपक्षी दल केही स्तर उन्नति होला भन्ने अनुमान गरे पनि खासै उपलब्धिको अपेक्षा भने गर्न सकिदैन । नेपाली काग्रेसका सभापति शेर बहादुर देउवा परिस्थिति जे जता भए पनि अबको अनुकूल आफू तिर नै हुने ठम्याइका साथ प्रधानमन्त्रीको सहयात्रा सगै भागबन्डामा समाहित हुँदै डुप्लिकेट कार्ययोजना सहित सडक कार्यक्रम तय गरेको हो भन्दा फरक पर्दैन ।
तेस्रो बैकल्पिक धारको उदयको आवस्यकता महसुस हुन सक्छ तर प्रभावकारि भिजन सहित जनतामा जाने कुनै शक्तिको बिकास भइ सकेको छैन । केही साना तिना दलहरु सडक तताउन सके पनि जमानत जोगाउन मुस्किल नै छ ।

नेकपा एकताको सम्भावना र परिदृश्य

बामदेब गौतमको अडानले नेकपाको एकता लाई जोगाउन सक्छ त ? यदि कुनै आचर्यजनक परिवेश खडा नभए आरोपप्रत्यारोपकै हट र एकले अर्को लाई झुक्याउने नितिका बीचमा एकता जोगाउन कठिन त छँदैछ । कम्नियुस्ट बिचार त्याग अनि निष्ठा भन्दा सत्ता र शक्ति केन्द्रित रहेका नेता जब सम्म जनता प्रती उतरदायी भएर आउदैन तब सम्म समस्या रहिरहने छ । फुटको अनुभव लाई राम्रै सग अनुभवी भएका नेता गौतम यो पहल लाई सकारात्मक नै मान्नु पर्दछ । एकताको पक्ष लाई समर्थन गर्ने संख्यात्मक रूपमा कमि देखिए पनि अनन्त बिन्दु भने बामपंथी घटक बिच एकता र समाजवाद उन्मुख उदेश्यको मार्ग भने सबैले मनन गर्न नै पर्छ ।
ढिलो चाडो फेरि सहयात्रा तय हुनेछ । बरु स्वयं नेता गौतम भने कति सम्म यो लाइनमा अडिग रहन्छन् त ? अलग अलग धुर्बमा देखिका नेतृत्वलाई एकताको सुत्र बाध्न सक्लान त चुनौतीका बिच सम्भावना पनि उत्तिकै छ । आम कम्नियुस्ट कार्यकर्ता अझै पनि मुलुकको बिकास दिगो शान्ति स्थायित्वका लागि एकता लाई पुर्णता दिदै नयाँ सिरा बाट गम्भीरतापुर्बक समिक्षा गर्दै बहस गर्न आवश्यक महसुस गरेका छन् ।
ब्यक्तिबादी सोच र चिन्तन त्यागेर क्षणिक स्वार्थ हट अनि आबेग लाई हटाएर एक पटक फेरि तेहि दस्तावेज सुखी नेपाली समृद्धि नेपालको परिकल्पनालाई आत्मसात गर्दै एक आपसमा आत्मालोचना गर्दै जनता प्रती क्षमा माग्दै मुलुकको बिकास र निकासका लागी जुट्ने नै बेला हो ।
अग्रगामी निकास र परिवर्तन लाई आत्मसात गरि बैचारिक बिचार र निति लाई अन्तरघुलित गर्दै सचेत नेता तथा कार्यकर्ता आम सुभेच्छुक नेपाली जनता दबाब दिन जरुरत छ । नेता केन्द्रित होइन नीति र निष्ठा सहित नेतृत्वलाई सचेत गराउदै लोकतान्त्रिक गणतन्त्र नेपालको सपना साकार पार्न युवा पुस्ताको नेतृत्वमा नयाँ कोर्ष बाट बहस हुन जरुरत छ ।

लेखकको बारेमा

त्रिकाल ज्ञान मार्ग अवतार

लेखकको बारेमा

सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

ब्लकस्पेयर - (गुटेनबर्ग) ब्लक सम्पादकका लागि समाचार, पत्रिका र ब्लग एडअन्स

अभिलेखहरू खोज्नुहोस्

खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच