प्रधानमन्त्री ओलीले पटक पटक आफूइतरका नेताले भन्दै नभनेको र फेक न्युज भनेर पुष्टि भइसकेको झूटको सहारा लिएर लाञ्छनालगाइरहेका छन्।
विभाजित नेकपाको ओली समूह निकट पत्रकारहरुको संगठन प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलामा प्रधानमन्त्री केपी शर्मा ओलीलेआफूइतर समूहकालाई कटाक्ष गर्न फेक न्यूजको सहारा लिए ।
उनले दाहाल–नेपाल समूहका नेता भिम रावलतिर संकेत गर्दै उनले महिलाको किड्नी राखेका कारण दिमाग खुस्कियो भनेर भनेको आरोपलगाउँदै भने, ‘महिलामाथि कत्रो अपमान । लेख्या छन डा. !’
प्रधानमन्त्रीले आफूइतरका नेताले भन्दै नभनेको र फेक न्युज भनेर पुष्टि भइसकेको यही झूटको सहारा लिएर लाञ्छना लगाउने काम १९पुसमा कार्की ब्याङ्क्वेटमा आयोजित अनेरास्ववियुको कार्यक्रममा पनि गरेका थिए । ओलीकै शैली पछ्याउँदै २३ पुसमा राष्ट्रिय सभाकोबैठकमा विमला पौडेलले पनि फेक न्युजलाई पत्याउँदै भाषण ठोकेकी थिइन् । उक्त दिन उनले महिलाको अंग परेको कारणप्रधानमन्त्रीको दिमाग खुस्किएको छ भनेर एकजना माननीयले भनेको भन्दै भाषण सुरु गरिन् । उनले यस्तो कसले भन्यो भनेर नाम ततोकिनन् तर उनले अन्तिममा भनिन, ‘मेरो अनुरोध छ नेताज्यूहरुलाई बोल्दा खेरी राजनीतिक संस्कार सम्झेर बोल्नुस् । होइन भनेराजनीति छोडदिनुस् ।’
पौडेलले संकेत गर्न खोजेका माननीय थिए, नेकपाका दाहाल–नेपाल समूहका भिम रावल । १३ पुसमा नै रावलले धनगढीमा आयोजितएक कार्यक्रममा बोलेको अभिव्यक्तिलाई तोडमोड गरी एक अनलाइनले समाचार राखेपछि त्यो भाइरल भएको थियो । ओलीकोशरीरमा स्त्रीको अंग मिसिएको हुँदा दिमागले काम गरेन भनेर रावलले बोलेको भन्दै केही अनलाइनले समाचार सार्वजनिक गरेका थिए ।तिनै समाचारमा विश्वास मान्दै रावलप्रति सामाजिक सञ्जालमार्फत थुप्रै मानिस खनिएका थिए । १४ पुसमा सेन्टर फर मिडिया रिसर्च रमाइसंसारले भाइरल भएको उक्त अभिव्यक्तिको तथ्य जाँच गरी नेता रावलले उक्त भाषणमा त्यस्तो नबोलेको र हचुवाको भरमा केहीभिजिटर बढाउनका लागि भन्दै नभनेको कुरा थपेर भाइरल बनाएको तथ्य उधिनेको थियो । लगत्तै रावलले पनि सामाजिकसञ्जालमार्फत नै आफूले बोल्दै नबोलेको कुरामा अफवाह फैलाइएको भन्दै स्पष्टीकरण पनि दिए ।
राष्ट्रिय सभामा पौडेलले झूटो खबरमाथि विश्वास गरेर बोल्नुका अघि नै १९ पुसमा प्रधानमन्त्री ओलीले यही झूटमाथि टेकेर लाञ्छनालगाएका थिए । जबकी प्रधानमन्त्रीले त्यस्तो आरोप लगाउनुअघि नै फेक न्युज फैलिएको तथ्यसहित पुष्टि भइसकेको थियो । तरओलीले त्यसलाई नजरअन्दाज गर्दै सोही विषयलाई सत्य झै मानेर भाषण दिए । विरोधीप्रति निर्मम रुपमा प्रस्तुत हुन रुचाउने ओलीलेकार्यक्रममा नेता रावलको नाम त लिएनन् तर फेक न्युजमाथि नै टेकेर भने, ‘एउटा नेताले चर्को भाषण गरेछ । केपी ओलीमा महिलाकोकिड्नी लगाएर दिमाग नै बिग्रियो भनेर ।’ फेक न्युजलाई विश्वास गरेका ओली यतिमै अडिएनन् । उनले थपे, ‘महिलामाथि कत्रो अपमानहो । महिलाको त किड्नीमात्र लगायो भने पनि मान्छे पागल हुन्छ अरे ।’
गलत तथ्यमाथि विश्वास गर्दै ओलीले भाषण गरेको यो पहिलो पटक भने थिएन । आफूले बोल्ने तथ्य तथ्यांकको स्रोत रआधिकारिकतामाथि उतिसारो सचेत नहुने तर आफ्नो तर्क बलियो पार्न अनेकन गलत तथ्यांकको पछि सहारा लिने प्रधानमन्त्री ओलीकोपुरानै बानी हो । असार ४ मा राष्ट्रिय सभामा बोल्दै प्रधानमन्त्री ओलीले सामाजिक सन्जालमा भाइरल भइरहेको एउटा गलत तथ्यमाथिटेकेर बोलेका थिए ।
इटालीमा कोरोना संक्रमितको ग्राफ ह्वात्तै बढिरहेका बेला सामाजिक सञ्जालमा केही वाक्य लेखिएको एउटा तस्बिर भाइरल भइरहेकोथियो । इटालीका प्रधानमन्त्री गिउसेप्पे कोन्ट रोइरहेको भन्दै भाइरल बनाइएको उक्त तस्बिरमा हाम्रो नियन्त्रण गुम्यो, संक्रामक रोगलेहामीलाई मारिरहेको छ, सम्भवतः सबै प्रयासहरु सकिए, अब आकाशतिर हेर्नुको विकल्प छैन लेखिएको थियो । जबकी अन्तर्राष्ट्रियतथ्य जाँचकीहरुले उक्त फोटो इटालीका प्रधानमन्त्रीको पनि नभएको र उनले त्यस्तो कहिल्यै नभनेको भनेर उक्त खबर फेक भइसकेकोलेखिसकेका थिए । तर प्रधानमन्त्री ओलीले भने सोही फेक खबरमाथि विश्वास गर्दै राष्ट्रिय सभामा भनेका थिए, ‘अब भगवानको भरोसाछ, हामीबाट केही पनि हुन सक्दैन भनेर विभिन्न देशका कार्यकारी प्रमुखले भनेको र लाचारी प्रकट गरेको हामीले देखेका छौं ।’ उनलेकार्की ब्याङक्वेटमा जस्तै उक्त भाषणमा पनि इटालीको नाम त लिएनन्, तर प्रधानमन्त्रीको भाषणाको सारमा सामाजिक सञ्जालमार्फतफैलिएको फेक सूचनाको प्रभाव प्रष्ट देखिन्थ्यो ।
सार्वजनिक पद धारण गरेका व्यक्तिका भनाइ र दाबी कति सही छन् भनेर तथ्य जाँच गर्ने अनलाइन पोर्टल साउथ एसिया चेककासम्पादक दीपक अधिकारी प्रधानमन्त्रीकै तहबाट झूटो स्थापित भइसकेको तथ्यमाथि टेकेर बोल्ने अभ्यासलाई आफ्नो एजेन्डा स्थापितगर्न फेक न्युजलाई हतियार बनाउने शैलीका रुपमा टिप्पणी गर्छन् । उनले भने, ‘सत्य असत्यको ख्याल नगरी आफ्नो अघि जम्मा भएकामान्छेले जे मन पराउँछन् त्यही बोल्ने र वाहवाही बटुल्ने शैली प्रधानमन्त्रीले अँगालेको देखिन्छ । त्यही शैलीबाट उनका नेताहरु पनिधेरथोर प्रभावित छन् ।’ उनले भीडले जे मन पराउँछन् त्यही बोल्ने शैलीले सधैं टिकिराख्न नसकिने बताउँदै भने, ‘झूटा कुराहरुको जाँचपडताल हुन समय लाग्न सक्छ । तर त्यही सत्य त एकदिन स्थापित हुन्छ नै । केही मान्छेलाई केही समय ढाँट्न सके पनि सबैलाई सधैंढाँट्न सकिँदैन ।’
(यो समाचार आजको कान्तिपुरमा प्रकाशित गरिएको छ।)














