नागरिकबाट ‘मजदुर’ बनेका अनागरिकहरु

ठुला ठुला भाषण हुन्छ लाखौ मान्छे जम्मा हुन्छन तर ती ठुला भाषणमा बिदेशमा मरेका कुनै नागरिकको सम्बोधन हुदैन। आफ्नो हात मुख जोर्न बिदेश पसेका नागरिक लाई आज भोलि नागरिक भनिदैन। नागरिकता राज्यले दिए पनि नागरिकको दर्जामा राख्दैन।   उस्ले स्वदेश छोडि बिदेश छिरी सक्यो अब उ कुनै पार्टिको सभामा भेला हुन सक्दैन। सत्तापक्ष र प्रतिपक्ष…

1 मिनेट

पढ्ने समय

\"\"

ठुला ठुला भाषण हुन्छ

लाखौ मान्छे जम्मा हुन्छन

तर ती ठुला भाषणमा

बिदेशमा मरेका कुनै

नागरिकको सम्बोधन हुदैन।

आफ्नो हात मुख जोर्न

बिदेश पसेका नागरिक लाई

आज भोलि नागरिक भनिदैन।

नागरिकता राज्यले दिए पनि

नागरिकको दर्जामा राख्दैन।

 

उस्ले स्वदेश छोडि बिदेश छिरी सक्यो

अब कुनै पार्टिको सभामा भेला हुन सक्दैन।

सत्तापक्ष प्रतिपक्ष भएर सडकमा उत्रिएर

ढुङ्गा मुढा गर्न अब आउन सक्दैन।

सक्दैन अब उस्ले भौतिक संरचना भत्काउन।

सायद त्यसैले होला,

आज भोलि बिदेशमा पसिना बगाउनेहरुलाई

अघोषित रुपमा नागरिकको दर्जाबाट

निलम्वित गरिएको छ।

उनिहरुलाइ नागरिक भन्न सत्ता हिचकिचाउछ,

अनि सुकिला मुकिला नेताहरु लजाउछन।

 

सत्ता बिदेशमा मजदुरी गर्ने नगारिकहरुको

समस्या सम्बोधन गर्न हिचकिचाउछ।

नेता पार्टि ति मजदुरको सुरक्षालाई

प्राथमिकता दिनु पर्छ भन्ने जान्दैनन।

उनिहरुका लागि तिनिहरु

केवल रेमिटेन्स पठाउने मेसिन मात्र हुन।

 

हे ! बिदेशमा मजदुरी गर्ने सथिहरु

तपाईंहरु हवाईजहाज चढिसकेपछी

अघोषित रुपमा नेपाली नागरिकताबाट

निलम्बित भैसक्नुभएको छ।

तपाई अब नेता सत्ताका नजरमा

नागरिक होइन

रेमिटेन्स पठाउने मेसिन मात्र हो।

त्यसैले,

तपाईहरुले नेपाली नागरिक हु

भन्ने घमण्ड नगर्नुहोला।

गर्वले छाति नफुलाउनुहोला।

 

यदि कारणवश,

बिदेशमै तपाईको चोला गुमेमा

राज्यले आफ्नो नागरिकको मृत्यु भएको भन्ने छैन।

किनकी,

तपाई राज्यको लागि केवल

बिदेशमा मजदुरी गर्ने अनागरिक हो।

त्यसैले राज्यले भन्नेछ,

एउटा बैदेशिक रोजगारी गर्ने

मजदुरको लास आयो।

 

राज्यले उस्को परिवारको दु: बुझ्नेछ,

उस्ले राष्ट्रलाई पुर्याएको

येगदान नै देख्नेछ।

राज्यलाई बस, वार्षिक प्रतिवेदनमा

यस वर्ष यति प्रतिशतले रेमिटेन्स घट्यो

वा बढ्यो भन्ने मात्र ज्ञात हुनेछ।

तर कारण खोज्ने फुर्सद हुनेछैन।

लेखकको बारेमा

त्रिकाल ज्ञान मार्ग अवतार

लेखकको बारेमा

सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

ब्लकस्पेयर - (गुटेनबर्ग) ब्लक सम्पादकका लागि समाचार, पत्रिका र ब्लग एडअन्स

अभिलेखहरू खोज्नुहोस्

खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच