प्रधानमन्त्री ओलीलाई प्राज्ञिक मर्यादा उलंघन नगर्न पुर्व उपकुलपतिहरुको आग्रह

प्रधानमन्त्री केपी ओलीलाई प्राज्ञिक मर्यादाको पालना गर्न पूर्वउपकुलपतिहरूले आग्रह गरेका छन् । पूर्वउपकुलपतिहरू महेशकुमार उपाध्याय, केदारभक्त माथेमा, सुरेशराज शर्मा, कमलकृष्ण जोशी, नविनजंग शाह, तोरणबहादुर कार्की, कैलाशनाथ प्याकुरेल, खगेन्द्र भट्टराई, हिराबहादुर महर्जन र नरेशमान बज्राचार्यले संयुक्त रूपमा विज्ञप्ति जारी गरी चिकित्साशिक्षा क्षेत्रमा अनावश्यक सरकारी हस्तक्षेप र प्रधानमन्त्री ओलीको अभिव्यक्तिप्रति असहमति जनाएका हुन् । झापामा हिजो व्यवसायी दुर्गा…

1 मिनेट

पढ्ने समय

प्रधानमन्त्री केपी ओलीलाई प्राज्ञिक मर्यादाको पालना गर्न पूर्वउपकुलपतिहरूले आग्रह गरेका छन् । पूर्वउपकुलपतिहरू महेशकुमार उपाध्याय, केदारभक्त माथेमा, सुरेशराज शर्मा, कमलकृष्ण जोशी, नविनजंग शाह, तोरणबहादुर कार्की, कैलाशनाथ प्याकुरेल, खगेन्द्र भट्टराई, हिराबहादुर महर्जन र नरेशमान बज्राचार्यले संयुक्त रूपमा विज्ञप्ति जारी गरी चिकित्साशिक्षा क्षेत्रमा अनावश्यक सरकारी हस्तक्षेप र प्रधानमन्त्री ओलीको अभिव्यक्तिप्रति असहमति जनाएका हुन् ।

झापामा हिजो व्यवसायी दुर्गा प्रसाईंले स्थापना गरेको क्यान्सर अस्पतालको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले बी एण्ड सी अस्पतालले छिट्टै मेडिकल कलेजको मान्यता पाउने बताएका थिए । त्रिविका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले भनेका थिए, ‘बी एण्ड सी मेडिकल कलेजले अहिलेसम्म मान्यता पाएको छैन, यो माग छिट्टै पूरा हुन्छ ।’

‘अहिलेको ऐन र कानुनको मर्यादाभित्र रही अथवा त्यसमा आवश्यक सुधार गरी चिकित्साशिक्षाको विस्तार गर्नुको साटो राज्यद्वारा अराजकताको व्यवहार हुनु भनेको अति नै ठूलो बिडम्बना हो’, पूर्वउपकुलपतिहरूकाे विज्ञप्तिमा भनिएको छ, ‘विश्वविद्यालयको स्वायत्तता र प्राज्ञिक स्वतन्त्रताका लागि समर्पित हुनुपर्ने प्राज्ञहरूले पनि कतैबाट आएको दबाबका कारण वा स्वेच्छाले प्राज्ञिक मर्यादाविपरीत कुनै निर्णय गर्नु ठूलो दुर्भाग्यको कुरा हो ।’

चिकित्सा क्षेत्रमा सरकारले नै चुनौती थोपर्दै लगेको भन्दै उनीहरूले चिन्तासमेत जनाएका छन् । चिकित्सा शिक्षासम्बन्धी उच्चस्तरीय कार्यदल २०७२ ले सरकारलाई दिएको सुझावअनुसार बनेको ऐनमा कुनै पनि विश्वविद्यालयले पाँच वटाभन्दा बढी कलेजलाई एमबीबीएसको सम्बन्धन दिन नपाउने व्यवस्था छ । ‘परन्तु, उक्त ऐनको उपेक्षा गर्दै काठमाडौं विश्वविद्यालयले अरु थप कलेजलाई सम्बन्धन दिने निर्णय गरेर नितान्त गैरकानुनी एवं गैरजिम्मेवार कार्य गरेको छ’, विज्ञप्तिमा भनिएकाे छ ।

उनीहरूले समय छँदै गल्ती सुधारी प्राज्ञिक मर्यादाको पालना गर्न आग्रहसमेत गरेका छन् ।

लेखकको बारेमा

त्रिकाल ज्ञान मार्ग अवतार

लेखकको बारेमा

सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

ब्लकस्पेयर - (गुटेनबर्ग) ब्लक सम्पादकका लागि समाचार, पत्रिका र ब्लग एडअन्स

अभिलेखहरू खोज्नुहोस्

खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच