फ़ुकुओका जापान। म्याग्दी जिल्लाका कला, सस्कृति, संस्कार, र प्राकृतिक शुन्दरता आदिको प्रचार प्रसार र बिकाशमा सहयोग पुर्याउने पबित्र उद्देश्यले म्याग्दी प्रवासी नेपालि संघ (MONA) जापान अन्तरगत क्षेत्रीय समिति क्युस्सुले गत फेब्रुअरी १ देखि शुरु गरेको ‘सांस्कृतिक फेसबुक फोटो प्रतियोगिता’ सम्पन सफलता पुर्बक चलिरहेको र यहि मार्च १० गते प्रतियोगितामा सम्पन्न भै मार्च १५ मा प्रतियोगिताका बिजेताहरुलाई पुरस्कार वितरण गरिने कुरा म्याग्दी प्रवासी नेपाली संघ, (मोना) जापान क्षेत्रीय कार्यसमिति क्युस्युले जनाएको छ।
संस्थाले हालै एक प्रेश बिज्ञप्ति मार्फत उक्त जाकारी दिदै काययक्रमलाई सफल पानय सहयोग गनुयहुने सबैमा सबैमा हार्दिक धन्यवाद ज्ञापन गरेको छ। फेसबुक फोटो प्रतियोगिता सम्पन्न गर्नको लागि (MONA) जापानको क्षेत्रीय समिति क्युस्सुलाइ किता क्युसु नेपालि समूह जापान, समाजसेवी तथा ब्यबसायी ददिवल खड्का, नाङ्गलो नेपालि रेष्टुरेन्ट जापान, श्री गणेश नेपालि रेष्टुरेन्ट जापान, सिटि एक्सप्रेश मणि ट्रान्सफर फ़ुकुओका जापान, समाजसेवी तथा ब्यबसायी ज्योति केसी, लुम्बिनी नेपालि रेष्टुरेन्ट जापान, अशन बजार खुद्रा पसल जापान, मोना जापानका अध्यक्ष तथा समाजसेवी दिपक कार्की, समाजसेवीहरु सागर कार्की, बिशाल केशी, किरण बर्मा, नवराज गौतम, विवेक बुढाथोकि लगायतका संस्था तथा व्यक्तिहरुबाट आर्थिक भौतिक तथा सबै खाले सहयोग प्राप्त भएको कुरा संस्थाका अध्यक्ष उज्ज्वल बाँनियाले घोरेपानीअनलाइनलाइ बताउनुभयो।
प्रतियोगितामा प्रथम र द्वितीय हुने प्रतियोगीहरुलाई प्रमाणपत्रका साथमा नगद क्रमश: जापान येन २५,०००/- र १५,०००/- तथा तृतीय हुनेलाई सान्त्वना स्वरुप आकर्षक उपाहार र प्रमाण पत्र प्रदान गरिने र मिडिया पार्टनरको रुपमा सहयोग पुर्याउने घोरेपानी अन्लाइअन, जलजला अनलाइन, सुर्योदय न्युज र दृष्टिपथ लगायतलाई मायाको चिनो समेत वितरण गरिने कुरा अध्यक्ष बाँनियाले बताउनुभयो।
जापानको फ़ुकुओका क्षेत्रमा म्याग्दी जिल्लाबाट आइ रोजगारी तथा बिभिन्न पेशा ब्यवसय गर्दै आउनुभएका म्याग्देलीहरुको बिचमा एकता भाइचारा र सहयोग आदान प्रदान गर्ने उद्देश्यले सन् २०२० मा स्थापित भै “म्याग्देलीहरुको भावना, समृद्ध म्याग्दी हाम्रो चाहाना” भन्ने मूल नारा बोकी अत्यन्त क्रियाशील र सृजनाशील रुपमा अगाडी बढिरहेको सामाजिक संस्था हो।














