कस्तो छ त प्रस्तावित नेकपा (एकिकृत समाजवादी) को विधान र घोषणा पत्र

पार्टीको रणनीतिक लक्ष्य वैज्ञानिक समाजवाद ! प्रस्तावित नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफ्ना केन्द्रीय सदस्य र सांसदहरुलाई पार्टीको घोषणा पत्र र अन्तरिम विधान वितरण गरेका छन्। सोमबार राति चन्द्रागिरि रिसोर्टमा आयोजित प्रस्तावित पार्टीका केन्द्रीय सदस्य र सांसदहरुको बैठकका क्रममा अध्ययनका लागि भन्दै त्यहाँ उपस्थित ४६ जना केन्द्रीय सदस्यहरुलाई पार्टीको अन्तरिम विधान…

1 मिनेट

पढ्ने समय

पार्टीको रणनीतिक लक्ष्य वैज्ञानिक समाजवाद !

प्रस्तावित नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफ्ना केन्द्रीय सदस्य र सांसदहरुलाई पार्टीको घोषणा पत्र र अन्तरिम विधान वितरण गरेका छन्।
सोमबार राति चन्द्रागिरि रिसोर्टमा आयोजित प्रस्तावित पार्टीका केन्द्रीय सदस्य र सांसदहरुको बैठकका क्रममा अध्ययनका लागि भन्दै त्यहाँ उपस्थित ४६ जना केन्द्रीय सदस्यहरुलाई पार्टीको अन्तरिम विधान र घोषणापत्र वितरण गरिएको हो।

नेता नेपालले वितरण गरेको घोषणा पत्रमा नेकपा (एकीकृत समाजवादी) लाई नेपाली सर्वहारा श्रमजीवी वर्गका जनताको हित प्रतिनिधित्व गर्ने राजनीतिक संस्थाका रुपमा परिचय गराएका छन्।

उनले घोषणा पत्रमा नेपाली समाजको वर्तमान अवस्थाबारे पनि टिप्पणी गरेका छन्।
‘नेपाली समाज आधारभूत रूपमा पुँजीवादी चरित्रको बन्न पुगेको छ’, घोषणापत्रमा भनिएको छ, ‘यतिबेलाको नेपाली समाजमा विद्यमान शोषणको मूल रूप पुँजीवादी हो र त्यो दलाल नोकरशाही चरित्रको छ।’
प्रस्तावित पार्टीका अध्यक्ष नेपालले आफूहरुको उद्धेश्य वैज्ञानिक समाजवाद रहेको पनि बताएका छन्। ‘सामाजिक-आर्थिक-सांस्कृतिक रुपान्तरणमार्फत नेपालको संविधानमा उल्लिखित समाजवाद उन्मुख व्यवस्था प्राप्तिको दिशामा अग्रसर हुनेछ’, घोषणापत्रमा भनिएको छ,, ‘नेपाल कम्युनिस्ट पार्टीले सुरुदेखि नै अगाडि सार्दै आएको वैज्ञानिक समाजवाद स्थापना गर्ने महान् लक्ष्य हासिल गर्न दृढतापूर्वक अघि बढ्नेछ।’
नेपालले नयाँ पार्टीको मार्गनिर्देशक सिद्धान्त पनि तय गरेका छन्। ‘यस पार्टीको मार्गदर्शक सिद्धान्त मार्क्सवाद-लेनिनवाद हो। मार्क्सवाद–लेनिनवाद, क्रान्तिकारी चरित्रको वैज्ञानिक विश्व दृष्टिकोण र श्रमजीवी वर्गको मुक्ति एवम् समाज परिवर्तनको मार्गदर्शक सिद्धान्त हो’, घोषणापत्रमा भनिएको छ।
नेपालले बैठकमा ६ पेज लामो  घोषणा पत्रसँगै  ४३ पेज लामो अन्तरिम विधान पनि बैठकमा छलफलका लागि पेश गरेका छन्।
विधानमा पनि नेपालले पार्टीको रणनीतिक लक्ष्य वैज्ञानिक समाजवाद भनेका छन्। ‘यस पार्टीको रणनीतिक लक्ष्य वैज्ञानिक समाजवाद हो’, विधानको प्रस्तावनामा भनिएको छ, ‘यो पार्टी समाजमा रहेका सबैखाले शोषण उत्पीडन र विभेदहरूको अन्त्य गर्दै समानतासहितको स्वतन्त्रतामा पुग्न सकिन्छ भन्ने विश्वास गर्दछ।’

\"\"
\"\"
\"\"
\"\"
\"\"
\"\"

लेखकको बारेमा

त्रिकाल ज्ञान मार्ग अवतार

लेखकको बारेमा

सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

ब्लकस्पेयर - (गुटेनबर्ग) ब्लक सम्पादकका लागि समाचार, पत्रिका र ब्लग एडअन्स

अभिलेखहरू खोज्नुहोस्

खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच