राम कुमारी झाँक्रीलाई खुला पत्र

  अनेरास्वबियुका पुर्ब अध्यक्ष तथा नेकपा नेत्री रामकुमारी झाक्रीमाथि पार्टीकै र बिशेष गरि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष के पि ओली पक्षधर कार्यकर्ताहरुले सुनियोजित र योजनाबद्ध..

2 मिनेट

पढ्ने समय

\"\"

 

अनेरास्वबियुका पुर्ब अध्यक्ष तथा नेकपा नेत्री रामकुमारी झाक्रीमाथि पार्टीकै र बिशेष गरि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष के पि ओली पक्षधर कार्यकर्ताहरुले सुनियोजित र योजनाबद्ध तरिकाले अति तल्लो स्तरको गालि गलौज र अपमानजनक शब्दहरुको प्रयोग गर्न थालेपछि नेकपाकै केहि नेता तथा कार्यकर्ताहरु प्रतिवादमा उत्रिने संकेत देखिएको छ। जतिबेला राम कुमारी झांक्रीहरु नेपालमा राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापनाको लागि आन्दोलनमा होमिएर आफुलाई रगताम्य बनाउदैथिए त्यतिबेला \”अहिले राजतन्त्रको अन्त्य हुन्छ भन्नु आकाशको फल आँखा तरी मर भन्नु जस्तै हो \” भन्दै सुख सयल र मोजमस्तीमा रमाउदै गरेकाहरु नै अहिले आफुलाई गणतन्त्रका सच्चा हिमायती सावित गराउन नेता र नेतृत्वको वरिपरि घुम्दै तिनै रामकुमारिहरुको दोहोलो काढ्न नेकपा भित्रकै अवसरवादी झुण्ड र नेकपा कार्यकर्ताको खोल ओढेका कतिपय प्रतिक्रियावादीहरु समेत पेशेवर रुपमै रामकुमारिहरु बिरुद्ध लागेको देखिन थालेपछि प्रतिवाद शुरु भएको हो। यसै क्रममा अनेरास्वबियुका पुर्ब अध्यक्ष तथा नेकपाका युवा नेता नेता राजेन्द्र राईले सामाजिक संजाल मार्फत नेत्री राम कुमारी झाँक्रीको नाममा एउटा संदेश प्रकाशित गरेका छन्। उनको संदेश जस्ताको तस्तै :

==============================================================

कमरेड, राम कुमारी झाँक्री,

अभिवादन अनि सलाम !

तपाईं माथि भई रहेको गालीको बौछार देखिरहेको छु, हेरिरहेको छु । मलाई थाहा छ, तपाईं आफैं गरिबी र संघर्षकोभुङ्ग्रोमा खारिएको स्पात हो, त्यसैले जस्तासुकै गाली, धाक, प्रलोभन केहीले पनि तपाईंलाई गलाउन, ढलाउन सक्ने छैन। तर यति मात्र स्मरण गराउन खोजेको की, म, हामी र खासमा लाखौं लाख हामी तपाईंको साथमा छौं ।

तपाईंलाई राम्रोसँग थाहा छ, खासमा, गाली गर्नेहरु नजन्मिएको भए यो विवाद, लड़ाई सुरु नै हुने थिएन, त्यसैले यो लड़ाई गाली गर्ने र नगर्ने वा गाली गर्नु हुन्न भन्नेहरु बीचको, कम्युनिस्ट संस्कृति, संस्कार भत्काउने र बचाउने बीचको पनि हो, त्यसैले आफ्नो ठाउँ नछाडी डटी रहनुस् /

तपाईंले पक्कै बिर्सिनु भएको छैन \’हामीले सडकमा गणतन्त्रको लागि नारा लगाइरहँदा, संघर्ष गरिरहदा हाम्रा पार्टीका अहिलेका ठूला ठूला मान्छेहरूले हामीलाई अराजक करार गरिरहेका थिए, पार्टीको औपचारिक बैठकमा हामीमाथि कारबाहीको माग गरिरहेका थिए, अनेरास्ववियु भित्रै पनि गणतन्त्र पास गराउन कहाँको सजिलो भाको थियो र ?\’ तर तपाईं, म, हामी डगेनौं, भागेनौं, परिणाम सबको सामु हाजिर छ ।

कुरा यति हो, फेरि पनि, देशले, पार्टीले तपाईं, हाम्रो संकल्प र अभियानको माग गर्यो, सहिद र योद्धाहरूको बलिदानबाट यहाँ सम्म आएको कम्युनिस्ट पार्टीलाई नामको मात्र होइन कम्निस्ट चरित्र र गुण सहितको कम्युनिस्ट पार्टी बनाउने, ठूलो पार्टी मात्र होइन असल कम्युनिस्ट पार्टी बनाउने, नेताको सुख आनन्दको लागि मात्र सत्तामा पुग्ने होइन सत्तालाई देश र जनताको मुहार फेर्ने, पिल्सिएका, हेपिएका जनताको खुसियाली ल्याउने, साँच्चो खालको समाजवाद ल्याउने साधनको रुपमा प्रयोग गर्ने कम्युनिस्ट पार्टी बनाउने सङ्कल्प, अभियानको अपेक्षा गर्यो, त्यसैले डेग नछाडी डटीरहनुस, म, हामी, सबै न्यायप्रेमी तपाईंको साथमा छौं, हुने छौं, सबै आउने छन्, तपाईंको रातो रगतको मूल्यमा गणतन्त्र आए जस्तै त्यो दिन आउनेछ, नयाँ दिन आउने छ, उज्यालो दिन आउनेछ ।

फेरि पनि लाल सलाम !

लेखकको बारेमा

त्रिकाल ज्ञान मार्ग अवतार

लेखकको बारेमा

सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

ब्लकस्पेयर - (गुटेनबर्ग) ब्लक सम्पादकका लागि समाचार, पत्रिका र ब्लग एडअन्स

अभिलेखहरू खोज्नुहोस्

खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच