मोना जापान अन्तर्गत क्युस्सु क्षेत्रीय समितिले फेब्रुअरी १ देखि मार्च १५ सम्म \’सांस्कृतिक फेसबुक फोटो प्रतियोगिता\’आयोजना गर्ने

फ़ुकुओका जापान। विश्वमै बिज्ञान तथा प्रबिधि र बिकासको हबको रुपमा चिनिने एसियाकै सम्भवत सबैभन्दा बिकशित देश जापानको फ़ुकुओका क्षेत्रमा म्याग्दी जिल्लाबाट आइ रोजगारी तथा बिभिन्न पेशा ब्यवसय गर्दै आउनुभएका म्याग्देलीहरुको बिचमा एकता भाइचारा र सहयोग आदान प्रदान गर्ने उद्देश्यले सन् २०२० मा स्थापित भै \”म्याग्देलीहरुको भावना, समृद्ध म्याग्दी हाम्रो चाहाना\” भन्ने मूल नारा बोकी अत्यन्त…

1 मिनेट

पढ्ने समय

फ़ुकुओका जापान।

विश्वमै बिज्ञान तथा प्रबिधि र बिकासको हबको रुपमा चिनिने एसियाकै सम्भवत सबैभन्दा बिकशित देश जापानको फ़ुकुओका क्षेत्रमा म्याग्दी जिल्लाबाट आइ रोजगारी तथा बिभिन्न पेशा ब्यवसय गर्दै आउनुभएका म्याग्देलीहरुको बिचमा एकता भाइचारा र सहयोग आदान प्रदान गर्ने उद्देश्यले सन् २०२० मा स्थापित भै \”म्याग्देलीहरुको भावना, समृद्ध म्याग्दी हाम्रो चाहाना\” भन्ने मूल नारा बोकी अत्यन्त क्रियाशील र सृजनाशील रुपमा अगाडी बढिरहेको म्याग्दी प्रवासी नेपालि संघ (MONA) जापान अन्तरगत क्षेत्रीय समिति क्युस्सुले म्याग्दी जिल्लाको भेषभुषा, कला, संस्कार, सस्कृति र प्राकृतिक शुन्दरताको प्रचार प्रसार र बिकाशमा सहयोग पुर्याउने पबित्र उद्देश्यले आगामी फेब्रुअरी १ देखि मार्च १५ सम्म \’सांस्कृतिक फेसबुक फोटो प्रतियोगिता\’ सम्पन् गर्ने भएको छ।

फोटो प्रतियोगितामा सहभागी हुन चाहाने सम्पूर्ण उम्मेद्वारहरुले प्रतियोगितामा सहभागी गराउन चाहेको आफ्नो फोटो, पुरा नाम, थर, नेपालको तथा हाल कार्यरत ठाउको ठेगाना र सम्पर्क नम्बर आगामी ३१ जनवरी देखि १५ मार्च २०२१ सम्म आयोजक समिति अर्थात मोना जापानको क्युस्सु क्षेत्रीय समितिको फेसबुक पेजमा पठाउन सकिने कुरा आयोजक समितिले जनाएको छ।

प्रतियोगितामा प्रथम र द्वितीय हुने प्रतियोगीहरुलाई प्रमाणपत्रका साथमा नगद क्रमश: जापान येन २५,०००/- र १५,०००/- तथा तृतीय हुनेलाई सान्त्वना स्वरुप आकर्षक उपाहार र प्रमाण पत्र प्रदान गरिने कुरा संस्थाका अध्यक्ष उज्ज्वल बाँनियाले बताउनुभयो।

\"\"

लेखकको बारेमा

त्रिकाल ज्ञान मार्ग अवतार

लेखकको बारेमा

सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

ब्लकस्पेयर - (गुटेनबर्ग) ब्लक सम्पादकका लागि समाचार, पत्रिका र ब्लग एडअन्स

अभिलेखहरू खोज्नुहोस्

खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच