आज सरको क्लास लिन्छ विद्यार्थी (कविता)

– विनोदविक्रम केसी बेन्चमै बसिराख्नुस् उभिनुपर्दैन खोल्नुपर्दैन किताब बुझाउनुपर्दैन होमवर्क बनाउँदिनँ तपाईंलाई मुर्गा म गराउँदिनँ उठ्बस बस्, आज म तपाईंको क्लास लिन्छु सर सोध्दिनँ म वाहियात प्रश्नहरू कसले गर्यो आधुनिक नेपालको एकीकरण ? पहिलोचोटि कसले फत्ते गर्यो सगरमाथा ? कसरी भयो श्री ३ जङ्गबहादुरको उदय ? पाइथागोरसको साध्यले के भन्छ ? जलस्रोतमा कतिऔं धनी मुलुक…

1 मिनेट

पढ्ने समय

– विनोदविक्रम केसी

बेन्चमै बसिराख्नुस्

उभिनुपर्दैन

खोल्नुपर्दैन किताब

बुझाउनुपर्दैन होमवर्क

बनाउँदिनँ तपाईंलाई मुर्गा

गराउँदिनँ उठ्बस

बस्, आज तपाईंको क्लास लिन्छु सर

सोध्दिनँ वाहियात प्रश्नहरू

कसले गर्यो आधुनिक नेपालको एकीकरण ?

पहिलोचोटि कसले फत्ते गर्यो सगरमाथा ?

कसरी भयो श्री जङ्गबहादुरको उदय ?

पाइथागोरसको साध्यले के भन्छ ?

जलस्रोतमा कतिऔं धनी मुलुक हो नेपाल ?

हाइड्रोजन अक्सिजन मिलेर के बन्छ ?

बुद्धलाई किन भनिन्छ एसियाको प्रकाश ?

ह्वाट डु यू वान्ट टू बी इन फ्युचर ?

गर्दिन यस्ता अर्थ बर्थका सवालहरू

तर बताउनेछु तपाईंलाई मेरा आफ्ना

नितान्त आफ्ना केही कुरा

ध्यान दिएर सुन्नुहोला सर

(यो स्कुलको इतिहासमा आज केही अनौठो भइरहेको )

भारी बोक्दाबोक्दै रगत छादेर बितेका थिए मेरा बा

, तपाईं मलाई घोकाइरहनुभएको

कालिजको हाड अड्किएर

श्री के जातिको मृत्यु भयो

आङ खसेकी मेरी आमा

हरेक दिन भीरबेसी गरिरहेकी छिन्

, तपाईं मलाई रटाइरहनुभएको

महारानी के जाति राजपाठमा

खोइ कुन्नि के नमिलेर काशी गइन्

मेरा साना भाइबहिनी बुढीऔला चुसिरहेछन्

मरुभूमि पल्टिएका तिनका आँखामा

दुःखका ऊँटहरू लस्करै हिँडिरहेको देख्छु

, तपाईं मलाई कण्ठ गराइरहनुभएको

इन्द्रेनी पर्दा नाच्ने मुजुरका गीतहरू

बहिष्कार गर्छु तपाईंका कक्षाहरू

जबसम्म यो कक्षाकोठामा प्रवेश गर्नेछैनन्

बाढीले खाने खेत पहिरोले लाने बारीको ज्यामिती

झुपडीको अर्थशास्त्र

दुःखको समाजशास्त्र

पीडाको वास्तुशास्त्र

आँशुको रसायनशास्त्र

तबसम्म बहिष्कार गर्छु तपाईंका कक्षाहरू

चूक घोप्टिएजस्तो अँध्यारो जिन्दगीमा

तपाईंको शिक्षा

जुनकिरीले पिँधमा बोक्ने

लुसिफेरिन जति पनि उज्यालो नभएपछि

मलाई

अपठित या अशिक्षित या औंठाछाप नै रहनुमा

आपत्ति छैन

दुःख छैन

पछुतो झन् छँदै छैन

अब घर जानुस सर

क्लास सकियो

सदाका निम्ति

लेखकको बारेमा

त्रिकाल ज्ञान मार्ग अवतार

लेखकको बारेमा

सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

ब्लकस्पेयर - (गुटेनबर्ग) ब्लक सम्पादकका लागि समाचार, पत्रिका र ब्लग एडअन्स

अभिलेखहरू खोज्नुहोस्

खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच