पोखरा। उपप्रधानमन्त्री ईश्वर पोखरेलले पार्टी शीर्ष नेताहरूमा बढेको महत्वाकांक्षाका कारण नेकपा फुटेको बताएका छन्। ओली समूहनिकट प्रेस संगठन नेपालको गण्डकी प्रदेश स्तरीय भेलामा पोखरेलले प्रचण्ड–नेपाल समूहले राजनीतिक अस्थिरता ल्याउन लागेकोआरोप समेत लगाए।
‘सरकारमा बस्नेले चिन्ता लिने, बाहिर बस्नेले कसरी फाल्ने भन्ने सोचेर देशको समय बर्बाद भएपछि हामीले एकता गरेका थियौं,’ उनलेभने, ‘हामी सोझा भनौं कि लाटा, प्रचण्डज्यूहरूको हिसाब बुझ्न सकिएन, सोचेझैँ जिन्दगी नहुने रहेछ। मानवताविरोधी क्रियाकलाप गरेरराजनीतिक जीवन अन्त्य हुन लागेका प्रचण्डले ओलीसँग मिलेर `हस्तिनापुर’ कब्जा गर्न लागे। माधवजीले प्रचण्डसँग मिलेर ओलीलाईठोक्न नै एकता मान्नु भो, मलाई भन्न नै दुख लाग्छ। ओलीको हाइहाइले उहाँलाई पोलेको थियो।’
ओलीले स्थिरताका लागि पार्टी एकता गरे पनि अरु नेताले ओलीलाई नै हटाएर ‘सेरोफेरो सबै मेरो’ गर्ने भावले पार्टी एकता भंग गरेकोबताए। ‘प्रचण्डजी ३ दशक पार्टी अध्यक्ष बन्नुभो, माधव जी पनि धेरै समय बस्नुभो,’ उनले भने, ‘ओलीले अब युवालाई दिन लाग्यो भनेरपार्टीमा तलमाथि गर्न लागे, धरोधर्म भएको यहि हो।’
प्रचण्ड–नेपाललगायतका नेताहरूले मन्त्रिपरिषद पुनर्गठनदेखि संवैधानिक निकायमा नियुक्तिका प्रक्रिया रोके पछि सरकारले काम गर्ननपाएको उनको भनाई थियो। नेताहरूले राजनीतिका उज्याला देख्न छोड्न नहुने उनको तर्क थियो। राजनीतिको धर्मको डोरो चुँडाउननहुने र संकटका बेला आफ्ना विचार प्रष्ट राख्न सक्नुपर्ने सुझाए।
‘केही साथीहरूले अब यो पार्टीको भविष्य देख्दिनँ भनेको सुनेको छु, त्यसो भन्दा मेरो छाती चिरिन्छ। राजनीतिक धर्मको डोरी चुँडाउनुहुँदैन,’ पोखरेलले भने। उनले भेला केबल औपचारिकतामा मात्र सीमित हुन नहुने र अहिले नेकपाका चुनौती र आगामी उपायका बारेमापनि छलफल हुनुपर्ने बताए।














