म्याग्दी, बेनि । नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड–माधव नेपाल) पक्षको देशैभरीका जिल्ला कमिटिहरु पुनर्गठन गर्ने कामलाई तिब्रतादिएको छ। यसै क्रममा नेकपा म्याग्दीको पुर्गठित जिल्ला कनिटीको सचिवमा नेता बालकृष्ण सुवेदी चयन हुनुभएको छ भने अध्यक्षमागोबिन्द पौडेल यथावत रहनुभएको छ। नेकपा विभाजित बनेपछि अध्यक्ष गोविन्द पौडेल प्रचण्ड–माधव नेपाल समुहमा हुनुहुन्छ । सचिवहरिकृष्ण श्रेष्ठ ओली समुहमा लागेपछि सचिव पद खाली भएको थियो । पार्टीको केन्द्रीय सचिवालयले रिक्त भएको सचिवमासुवेदीलाई चयन गरेको हो । सुवेदी यसअघि नेकपा म्याग्दीको कार्यालय सदस्य हुनुहुन्थ्यो ।
पार्टी एकता अघि तत्कालिन नेकपा एमालेको सचिब समेत भैसक्नुभएका नेता सुवेदी पार्टीको प्रचार विभाग प्रमुख समेत हुनुहुन्छ।प्रधानमन्त्रि ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले पर्तिनिधी सभा विघटनको घोषणा गरेपछि विभाजित अबस्थामा पुगेको नेपालकम्युनिष्ट पार्टीको प्रचण्ड(माधव पक्षले ६८ जिल्लाको नेतृत्व चयन गरेको छ। पार्टी विभाजन भएपछि प्रचण्ड(माधव पक्षले अध्यक्ष रसविचवको टुंगो लगाएको हो । यस समुहले पार्टी संगठनभित्र ५० प्रतिशतको अनुपातमा भागबण्डा गर्ने गरी तयार पारिएको ९ बुँदेमापदण्ड सार्वजनिक गरेको थियो ।














