प्रचण्ड-नेपाल पक्षमा प्रष्ट खुले १११ सांसद (नामावलि सहित)

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल \’प्रचण्ड\’ र माधवकुमार नेपाल पक्षको संसदीय दलले हिजो शुक्रबार प्रचण्डलाई संसदीय दलको नेता चयन गर्‍यो। प्रतिनिधि सभा विघटनपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेकपाको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेपछि दाहाललाई दलको नेता चयन गरिएको हो। प्रचण्ड-नेपाल पक्षले बोलाएको संसदीय दलको बैठकमा राष्ट्रिय सभा र प्रतिनिधि सभा गरी १०५ सांसद उपस्थित…

1 मिनेट

पढ्ने समय

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल \’प्रचण्ड\’ र माधवकुमार नेपाल पक्षको संसदीय दलले हिजो शुक्रबार प्रचण्डलाई संसदीय दलको नेता चयन गर्‍यो। प्रतिनिधि सभा विघटनपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेकपाको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेपछि दाहाललाई दलको नेता चयन गरिएको हो।

प्रचण्ड-नेपाल पक्षले बोलाएको संसदीय दलको बैठकमा राष्ट्रिय सभा र प्रतिनिधि सभा गरी १०५ सांसद उपस्थित थिए। उक्त समूहमा खुलेका तर, उपस्थित हुन नसकेका ६ गरी १११ सांसदको समर्थन प्रचण्डलाई छ। 

नेपालले प्रचण्डलाई संसदीय दलको नेतामा प्रस्ताव गरेका थिए भने पम्फा भूसालले समर्थन गरेकी थिइन्। प्रतिनिधि सभामा नेकपाका एक सय ७४ जना सांसद छन्। तीमध्ये सानु शिवाको केही समयअघि मृत्यु भइसकेको छ भने अग्नि सापकोटा सभामुख छन्।

मतदान गर्न मिल्ने एक सय ७२ सांसदमा लालबाबु पण्डित र तुलसा थापा कतै खुलेका छैनन्। जम्मा १७० मध्ये ८७ प्रतिनिधि सभा सदस्य प्रचण्ड-नेपाल पक्षमा छन्।

राष्ट्रिय सभामा नेकपाका ५० जना सांसद छन्। राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सेनाले मतदान गर्न पाउँदैनन्। बाँकी ४९ जनामध्ये प्रचण्ड-नेपाल पक्षमा २४ सांसद छन् भने ओली समूहमा पनि २४ नै देखिएका छन्। वामदेव गौतम कतै खुलेका छैनन्।

प्रचणड-नेपाल समुहमा खुलेका दुबै सदनका सांसदहरु:

\"\"

लेखकको बारेमा

त्रिकाल ज्ञान मार्ग अवतार

लेखकको बारेमा

सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

ब्लकस्पेयर - (गुटेनबर्ग) ब्लक सम्पादकका लागि समाचार, पत्रिका र ब्लग एडअन्स

अभिलेखहरू खोज्नुहोस्

खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच