प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले नेकपा एमाले र नेकपा माओवादी केन्द्र अरुले नै दर्ता गराइसकेकाले कानुन अनुसारअब खारेज नहुनेसमेत उनले बताएका छन्। साविक एमाले र माओवादी केन्द्रको एकतापछि नेकपा बनेको र त्यसपछि पूराना नाम अरुलेनै दर्ता गरिसकेकाले अब खारेज गर्न नमिल्ने बताएका छन्।
उनले अब केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ दलका लागि निवेदन दिनुपर्ने बताए। यद्यपि, दलको नामका विषयमासबै ओली–प्रचण्ड र एमाले दर्ता गराएकी सन्ध्या तिवारी तथा माओवादी केन्द्र दर्ता गराएका गोपाल किरातीसँग छलफल गर्न सकिनेबताए।
‘हामीले यो बिचमा नेकपा एमाले र माओवादी केन्द्रको नाम अरुलाई दिएर दल दर्ता नै गरिसकेका छौं। यसरी दर्ता भएका दललाई चुनावचिन्हसमेत दिइसकेका छौं। संविधान र कानुनले दर्ता भइसकेको दललाई खारेज गर्न मिल्दैन,’ उनले भने। आइतबार सर्वोच्च अदालतलेऋषिराम कट्टेलको रिटमा फैसला सुनाउँदै नेकपा उनकै नामको हुने बताएको छ। न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासलेतत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर गठन भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले वैधानिकता नपाउनेफैसला सुनाएको थियो।
नेकपाको नाम विवादबारे फैसला सुनाउँदै सर्वोच्चले यसअघि निर्वाचन आयोगमा दर्ता भइसकेको एमाले र नेकपा माओवादी केन्द्रबीचको एकीकरणबाट गठन भएको नेकपाको अस्तित्व नरहने निर्णय सुनाएको हो। आइतबार भएको फैसलामा ती दुवै पार्टी अलगअलगराजनीतिक दलकै रुपमा रहने उल्लेख छ। यस्तो अवस्थामा अब दल खोज्दै आउनेलाई नयाँ नाम र चिन्ह लिन सुझाव दिइने समेत प्रमुखआयुक्त थपलियाले बताएका छन्। ‘कि त उहाँहरु (ओली–प्रचण्ड) ले नयाँ नाम लिएर दल दर्ता गर्नुपर्यो। कि त ऋषिराम कट्टेलले नेकपानाम लिएर कुनै एक्टिभिटी गर्नुभएको छैन त्यसैले तपाईसँग मिल्छौं भन्न सक्नुपर्यो। यसरी मिले उहाँहरुले नेकपा नाम पाउनु हुन्छ’, थपलियाले भने।
नेकपा एकीरण भएपछि खाली रहेको नेकपा (एमाले) झापाकी पूर्वएमाले कार्यकर्ता सध्या तिवारीले दर्ता गराएकी थिइन्। निर्वाचनआयोगले भदौ ३ गते नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेलिनवादी) दर्ता गरेको थियो। त्यस्तै, माओवादी केन्द्र पार्टीको रुपमापूर्वमाओवादी गोपाल किरातीले दल दर्ता गराएका छन्। किराँती तत्कालीन माओवादीका अध्यक्ष पुष्पकमल दाहालसँग असन्तुष्ट भएरअलग भएका थिए।
यता, नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दलको नाम अरु नै दर्ता गरेको छ भन्नु नै गलत भएकाे प्रतिक्रिया दिएका छन्।‘नेकपाबाट एमाले र माओवादी केन्द्र कसैले दर्ता गरेको छैन। अरुले गरेको भए त्यो अलग्गै विषय हो। आजको फैसलासँग त्यो विषयजोडिदैन,’ उनले भने।
नेकपा अर्का अध्यक्ष एवं प्रधानमन्त्री ओलीले नेकपा नाम विवादबारे सर्वोच्च अदालतले सुनाएको फैसलाको सम्मान गर्ने बताएका छन्।उनले अदालतको फैसला कार्यान्वयन गर्ने प्रतिवद्धतासमेत जनाएका छन्। प्रतिनिधि सभाको आइतबारदेखि सुरु भएको हिउँदेअधिवेशनका लागि संघीय संसद भवन नयाँ बानेश्वर पुगेका प्रधानमन्त्री ओलीले पत्रकारहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै भने, ‘हामीअदालतको फैसलाको सम्मान गर्छौं। अब यसलाई कार्यान्वयन गर्दै अघि बढ्छौं।’














