नबिल बैकको डिबेन्चर साउन १० मा आउदै, के छन त बिशेषता ?

नबिल बैकले साउन १० गतेदेखि ३ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा कुल ३० लाख इकाई ऋणपत्र निष्कासन गर्न लागेको हो । यसमध्ये १२ लाख इकाईमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । बाँकी १८ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ । यस ऋणपत्रमा वार्षिक…

1 मिनेट

पढ्ने समय

नबिल बैकले साउन १० गतेदेखि ३ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा कुल ३० लाख इकाई ऋणपत्र निष्कासन गर्न लागेको हो । यसमध्ये १२ लाख इकाईमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । बाँकी १८ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ ।
यस ऋणपत्रमा वार्षिक ८% ब्याजदर पाइनेछ । बैंकले ७ वर्ष अवधिको  ‘८% नबिल बैंक डिबेन्चर २०८५’ ऋणपत्र जारी गर्न लागेको हो । यसमा बिक्री प्रबन्धक हिमालयन क्यापिटल रहेको छ । यो ऋणपत्रमा साउन १३ गतेसम्म आवेदन दिन सकिन्छ । उक्त समयमा सबै ऋणपत्र बिक्री नभएमा साउन २४ गतेसम्म खुला रहनेछ । न्यूनतम २५ कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिन्छ ।
लगानीकर्ताले आस्वा सदस्य सबै बैंक तथा वित्तीय संस्थाबाट ऋणपत्रमा आवेदन गर्न सक्नेछन् । यस्तै, मेरो सेयरमार्फत अनलाइन आवेदन पनि दिन सकिन्छ । नबिल बैंकलाई इक्रा नेपालले ‘इस्युअर रेटिङ डबल ए माइनस’ प्रदान गरेको छ । जसले समयमा नै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा नबिल उच्च मात्रामा सुरक्षित रहेको जनाउँछ ।

लेखकको बारेमा

त्रिकाल ज्ञान मार्ग अवतार

लेखकको बारेमा

सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

ब्लकस्पेयर - (गुटेनबर्ग) ब्लक सम्पादकका लागि समाचार, पत्रिका र ब्लग एडअन्स

अभिलेखहरू खोज्नुहोस्

खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच