नयाँ सरकारको गठन संगै सेयर बजारमा आकर्षक सुधारको संकेत, खरिदबिक्री रकममा पनि वृद्धि

नयाँ आर्थिक वर्षको पहिलो कारोबारमा सेयर बजारमा आकर्षक चमक देखिएको छ । नेप्से सूचकमा आकर्षक वृद्धि भएको छ । यस्तै, सूचकको वृद्धिलाई सेयर कारोबार रकमले पनि राम्रो साथ दिएको छ । आइतबार दिउँसो १ः३० बजेसम्म नेप्से सूचक ८०.५९ अंकले बढेर २९६३.९९ विन्दुमा पुगेको छ । समग्रमा बजार २.७९% ले बढिसकेको छ । यस्तै, ७ अर्ब…

1 मिनेट

पढ्ने समय

नयाँ आर्थिक वर्षको पहिलो कारोबारमा सेयर बजारमा आकर्षक चमक देखिएको छ । नेप्से सूचकमा आकर्षक वृद्धि भएको छ । यस्तै, सूचकको वृद्धिलाई सेयर कारोबार रकमले पनि राम्रो साथ दिएको छ । आइतबार दिउँसो १ः३० बजेसम्म नेप्से सूचक ८०.५९ अंकले बढेर २९६३.९९ विन्दुमा पुगेको छ । समग्रमा बजार २.७९% ले बढिसकेको छ । यस्तै, ७ अर्ब ३७ करोड रुपैयाँ भन्दा धेरैको सेयर खरिदबिक्री भएको छ ।
नयाँ आर्थिक वर्ष सुरु भएसँगै सूचीकृत कम्पनीको वित्तीय विवरण सार्वजनिक हुन थालेको छ । कम्पनीहरुले वर्षभरीको कमाई सार्वजनिक गर्न सुरु गरेका छन् । आइतबार मात्र कामना सेवा विकास बैंकले आकर्षक प्रगति गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ । यस्तै, अन्य सूचीकृत कम्पनीको विवरण पनि राम्रो आउने लगानीकर्ताले आशा गरेका छन् ।
यता, अब केही समयदेखि नै सूचीकृत कम्पनीहरुले लाभांश पनि घोषणा गर्न सुरु गर्नेछन् । जसका कारण सेयर बजारमा थप चहलपहल बढ्ने देखिन्छ । अहिले सेयर खरिद गर्नेले छोटो समयमै लाभांश हात पार्नसक्ने भएकाले बजार थप सुधार हुनसक्ने अनुमान गर्न सकिन्छ ।

लेखकको बारेमा

त्रिकाल ज्ञान मार्ग अवतार

लेखकको बारेमा

सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

ब्लकस्पेयर - (गुटेनबर्ग) ब्लक सम्पादकका लागि समाचार, पत्रिका र ब्लग एडअन्स

अभिलेखहरू खोज्नुहोस्

खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच