काठमाडौं : घलेम्दी हाइड्रोपावर कम्पनीले गत आर्थिक वर्षको चौंथो त्रैमाससम्म आइपुग्दा १ करोड ७२ लाख रुपैयाँ नोक्सानमा रहेको वित्तीय बिवरण सार्वजनिक गरेको छ । अघिल्लो वर्ष पनि कम्पनी ३ करोड १ लाख ६० हजार रुपैयाँ नोक्सानमा रहेको थियो । यता, कम्पनीको बिजुली बिक्रीबाट हुने आम्दानी भने २४७.७९% ले बढेर २ करोड ६४ लाख रुपैयाँ पुगेको छ ।
अघिल्लो वर्ष कम्पनीले ७५ लाख ९३ हजार रुपैयाँ बिजुली बिक्रीबाट आम्दानी गरेको थियो । हाल यसको चुक्ता पुँजी ५५ करोड रुपैयाँ रहेको छ भने रिजर्भ कोष ४ करोड ५२ लाख रुपैयाँ ऋणात्मक रहेको छ । घलेम्दीको प्रतिसेयर आम्दानी ३ रुपैयाँ १४ पैसा नोक्सानमा छ । प्रतिसेयर नेटवर्थ पनि ९१ रुपैयाँ ७७ पैसा (नेगेटिभ) छ ।
कम्पनीले २०७६ फागुन ५ गतेदेखि घलेम्दी खोला जलविद्युत आयोजनाबाट व्यापारिक उत्पादन थालेको थियो । तर, दाना सव–स्टेशनको निर्माण कार्यमा भएको ढिलाईका कारण कुल क्षमताको करिब २०% क्षमतामा आयोजना सञ्चालन गर्नुपरेको थियो ।
त्यसपछि २०७७ माघ १७ मा कालीगण्डकी कोरिडोर प्रसारणलाइन आयोजना अन्तर्गतको दाना सब–स्टेशनको निर्माण कार्य सम्पन्न भई यस आयोजनाले उत्पादन गरेको सम्पूर्ण विद्युत राष्ट्रिय प्रसारण लाइनमा प्रवाह गरेको छ ।














