म्याग्दी सदरमुकाम बेनिमा आगलागि: लाखौको धनमाल जलेर नष्ट भयो

बेनि म्याग्दी । म्याग्दी जिल्लाको सदरमुकाम बेनी बजारमा रहेको एक दूध डेरी पसलमा गएराति आगलागी भएको छ । बेनी नगरपालिका न्यूरोडमा अवस्थित रघुगंगा दूध डेरी र नतिजा किराना पसलमा हिजो राती २ः३० बजेतिर आगलागी भएको हो । सो आगलागीबाट मानवीय क्षति नभए पनि लाखौंको धनमाल जलेर नष्ट भएको अनुमान लगाइएको छ । आगलागीबाट ठुलो परिणामा…

1 मिनेट

पढ्ने समय

बेनि म्याग्दी । म्याग्दी जिल्लाको सदरमुकाम बेनी बजारमा रहेको एक दूध डेरी पसलमा गएराति आगलागी भएको छ ।

बेनी नगरपालिका न्यूरोडमा अवस्थित रघुगंगा दूध डेरी र नतिजा किराना पसलमा हिजो राती २ः३० बजेतिर आगलागी भएको हो ।

सो आगलागीबाट मानवीय क्षति नभए पनि लाखौंको धनमाल जलेर नष्ट भएको अनुमान लगाइएको छ । आगलागीबाट ठुलो परिणामा क्षति भएको छ। बिधुतलाईन सट भएर आग लागि भएको हुन सक्ने अनुमान गरिएको छ। आगो निभाउन स्थानिय प्रसासन प्रहरी दम्कल र गलेश्वोर बाट सशस्त्र को टोलि आएर आगो बिहान ५ बजे मात्र नियन्त्रणमा लिइएको
थियो । प्राप्त सूचना अनुसार आगलागी भएपछि ग्यास सिलिन्डर पड्किएकाले आगो निभाउन कठिन भएको र झन्डै ३० वटा भन्दा बढी ग्यास सिलिन्डर रहेको जानकारिमा आएएको छ। थप विवरण आउन बाकि छ ।

आगलागी भएको घर सुनचाँदी व्यवसायी जीवनबहादुर विश्वकर्माको हो । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले दमकल प्रयोग गरी आज बिहान पाँच बजेतिर आगो नियन्त्रणमा लिएको छ ।

रघुगंगा डेरीबाट सुरु भएको आगो नयन स्टोर्समा पनि सल्किएको थियो । आगलागीको क्रममा ग्यास सिलिण्डर पड्किएर ठूलो आवाज आएको थियो । पसलभित्रको बिजुलीको तार सट भएर आगो लागेको हुन सक्ने अनुमान गरिएको छ ।

लेखकको बारेमा

त्रिकाल ज्ञान मार्ग अवतार

लेखकको बारेमा

सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

ब्लकस्पेयर - (गुटेनबर्ग) ब्लक सम्पादकका लागि समाचार, पत्रिका र ब्लग एडअन्स

अभिलेखहरू खोज्नुहोस्

खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच