–नवीनराज कुइँकेल
बेसीसहर, मनाङको नार घटनामा हत्या भएका सात जना गोर्खालीमध्ये पाँच जनाको शव पहिले गाडिएको स्थानबाट गायब भएका छन् ।प्रहरीको प्रारम्भिक अनुसन्धानमा पक्राउ परेका नारगाउँवासीले दिएको जानकारी अनुसार पाँच जनाको शव नारगाउँको महेन्द्रपुल नजिकै गाडिएको पक्राउ परेकामध्ये लप्केखर्कका गोठाला ठाकु गुरुङलाई उद्धृत गर्दै मनाङ प्रहरीले भन्यो ।पक्राउ परेकाको बयान र प्रहरीको प्रारम्भिक अनुसन्धानको आधारमा नारखोलाको महेन्द्रपुल नजिकै दुईवटा खाडलमा एउटामा तीन र अर्कोमा दुई जनाको शव गाडिएको रहस्य पत्ता लागेको थियो ।सोही जानकारी लिएर घटनास्थलबाट फर्किएको प्रहरी थप बन्दोबस्तीका सामानका साथ शव उत्खनन् गर्न नारखोलाको महेन्द्रपुल पुग्दा शव गायब भइसकेका थिए, प्रहरीलाई उद्धृत गर्दै मनाङका इन्सेक प्रतिनिधि कमानसिं गुरुङले बताउनुभयो ।गुरुङका अनुसार उक्त स्थानमा मृतकका दाँत, कपाल र मासुको केही टुक्रा फेला परेपछि शव अन्यत्र सारिएको हुनसक्ने आशङ्का मनाङ प्रहरीले गरेको छ ।सात जनामध्ये भीरबाट लडेका दुई जना गोबार गुरुङ र ज्ञानबहादुर गुरुङको शव महेन्द्रपुल नजिकै भेट्टएिकोछ । दुवै शवलाई सदरमुकाम चामे ल्याइसकिएको छ । प्रहरीसँगै मृतकका आफन्तसमेत नार गएका छन् । प्रहरीको पहिलो टोली फर्केपछि दोस्रो टोली नपुग्दै शव सारिएको हुनसक्ने आशङ्का प्रहरीले गरेको छ ।
मनाङको सदरमुकाम चामेबाट नारगाउँ १७ कोष टाढा पर्दछ । अहिले नार क्षेत्रमा करिब एक सय जना प्रहरी तैनाथ गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मनाङका प्रहरी नायब उपरीक्षक नलप्रसाद उपाध्यायले बताउनुभयो । उक्त टोलीले करिब एक साता नारमा बसेर अनुसन्धान गर्ने, मृतकको शव खोज्ने र घटनामा संलग्नको खोजी गर्ने प्रनाउ उपाध्यायले बताउनुभयो ।नारवासीको कुटपिटबाट मारिएका गोरखा जिल्ला केरौँजा गाविसका सात जनाको आफन्तले दोषीलाई कडा कारबाही र मृतकको परिवारलाई राहतको लागि जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका छन् । प्रजिअ सुवेदीले राहतका लागि अन्नपूर्ण क्षेत्र आयोजना -एक्याप)का प्रमुख सन्तोष शेरचनलाई छलफलको लागि बोलाएको बताउनुभयो । नार एक्यापको संरक्षित क्षेत्रमा पर्दछ । सो घटनामा सम्लग्न भएको आरोपमा ६० जनालाई पक्राउ गरी सदरमुकाम ल्याइएको बताइएको छ ।
यसरी भयो घटना…
गत जेठको अन्तिम साता लप्से लेकमा एक हुल गोर्खालीहरू पसेका छन् भन्ने खबर नार गाउँमा एकाएक फैलियो । यार्सागुम्बा चोर्न आएको भन्दै नारगाउँका युवा गोर्खालीलाई पच्छ्याउँदै लप्सेलेकतिर लागे । अनि गाउँका बुढाहरू नार खोलाको महेन्द्रपुलको नाका कुरेर बस्न थाले । यार्सागुम्बा खोज्न गएका गोरखा बारपाकका लक्ष्मण घलेका अनुसार जेठ २५ गते नारगाउँ पुगेका गोर्खालीहरुलाई नारगाउँवासीले कुटपिट गरेका थिए तर त्यसबेला अन्य ठूलो घटना भएको खबर आएको थिएन ।
मनाङ प्रहरीले पक्राउ गरेका नारगाउँका बासिन्दाका अनुसार गाउँका एक हुल युवा लेकतिर लागे भने बुढाहरू भाला, खुकुरी र घरमा भएका घरेलु हतियार बोकेर नारखोलामा झरे । सात जना गोर्खाली युवा लप्सी लेकमा पुगेर यार्सा सङ्कलन गर्दै गर्दा नारबाट गएका दर्जनौा युवाले एक्कासि आक्रमण गर्न थाले । हारगुहार र बिन्तीभाउ गर्दै भागिरहेका गोर्खालीहरूमध्ये दुई जना त हिउामा चिप्लिएर लप्से भीरबाट खसे ।उक्त भीरबाट खसेका साथीलाई छोडेर भागेका बााकी पााच जना नारखोलाको महेन्द्रपुलमा गौाडो ढुकेर बसेका बुढाहरूको सिकार बने ।घटनामा संलग्न भएकाहरूलाई हवाला दिादै मनाङ प्रहरीले भन्यो, \’पछाडिबाट लखेट्दै गरेका युवा र महेन्द्रपुलमा बसेका बुढाहरूले गोर्खालीमाथि पालैपालो धारिलो हतियारले प्रहार गरे । प्रहरीका अनुसार घटनास्थलमै उनीहरूको ज्यान गएको घटनास्थल पुगेर फर्किएको प्रहरी टोलीको प्रारम्भिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।
प्रहारबाट गोर्खा जिल्ला केरौाजा गाविसका रामबहादुर गुरुङ ३५ वर्ष, सुच्चा गुरुङ २९ वर्ष, बिरे गुरुङ १५ वर्ष, धुर्वे गुरुङ १७ वर्ष, कामी गुरुङ १५ वर्ष, सोबार गुरुङ १६ वर्ष, आइतराम गुरुङ १७ वर्षको घटनास्थलमै मृत्यु भएको थियो ।मृत्यु भएको मध्ये दुई जनाको शव महेन्द्रपुल नजिकै प्रहरीले फेला पारेको छ । ढुङ्गाले थिचेर थिलो थिलो अवस्थामा भेट्टएिको शव मृतकमध्ये कसको हो भन्ने खुल्न सकेको छैन । मनाङका प्रमुख जिल्ला अधिकारी रामराज सुवेदीले मृतकका आफन्त घटनास्थलतर्फ प्रस्थान गरेकोले उनीहरू त्यहाा पुगेपछि मात्र पहिचान हुने बताउनुभयो । आक्रोशमा ठूलो सङ्ख्यामा रहेका नारवासीले प्रहार गर्दै जाादा उनीहरूको मृत्यु भएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ । घटना प्रतिशोधसाग पनि जोडिएको छ ।
दुई वर्षअघि २०६४ जेठमा यार्सा सङ्कलन गर्न गएका गोर्खालीसागको झडपमा नार गाविसका पूर्वअध्यक्षको समेत मृत्यु भएको थियो । दुई वर्षअघि गोर्खालीसागको झडपमा आˆना पूर्वअध्यक्ष गुमाएका नारवासीले त्यसको बदलास्वरूप पनि यति निर्दयी रूपमा आक्रमण गरेको हुनसक्ने अनुमान गरिएको छ । घटनामा ठूलो सङ्ख्यामा नारवासी संलग्न भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानले देखाएको प्रजिअ सुवेदीले बताउनुभयो ।जेठको दोस्रो साता गोरखा प्रस्थान गरेका उनीहरू लमजुङ हुादै मनाङको सदरमुकामबाट उपल्लो मनाङ प्रवेश गरेका थिए । झन्डै ८० जनाको सङ्ख्यामा रहेका उनीहरू टोली बााढिएर विभिन्न लेकमा लागे पनि उक्त सात जनाको समूहले उपल्लो मनाङको खाङ्सारलगायतका विभिन्न लेकमा घुम्दा पनि यार्सा नपाएपछि जेठ २५ गते चामेमा रहको एक आफन्तको घरमा आएर बास बसेका थिए ।उपल्लो मनाङलगायतका ठाउामा भौातारिने क्रममा खर्च सकिन लागेकोले उनीहरू आफन्तकोमा गएको हुनसक्ने अनुमान गरिएको छ । एक पाथी चिउरा र चाउचाउ बोकेर उनीहरू त्यहााबाट हिाडेका थिए । मनाङको राम्रो र गुणस्तरीय यार्सा पाइने थौरै लेकमध्येमा लप्सेलेकमा उनीहरू जाने सहमति त्यहीा बनेको थियो । लप्सेलेकमा चोरबाटोमा उनीहरू गएका थिए ।बाहिरकालाई यार्सा टिप्न नार गाउाकाले तीन वर्षअघि नै प्रतिबन्ध लगाएका थिए । आˆनो गाविसको लेकमा आˆनो मात्र अधिकार लाग्ने भन्दै उनीहरूले बाहिरकालाई प्रतिबन्ध लगाएका हुन् । उनीहरू गएको १०/१२ दिनसम्म पनि कुनै जानकारी नपाएपछि यार्सा सङ्कलन गरी अन्य लेकबाट सदरमुकाम फर्किएका आफन्तले उनीहरूको खोजी गरेका थिए ।
आफन्तहरूले जिल्ला प्रहरी कार्यालय मनाङमा जाहेरी निवेदनसमेत दर्ता गरेका थिए । मनाङका डीएसपी नलप्रसाद उपाध्यायले आफन्तले उजुरी दिएपछि तत्काल अनुसन्धान थालिए पनि विकटता र सञ्चार सुविधा नभएका कारण घटनाबारे ढिलो मात्र जानकारी गराउनुभयो ।घटनापछि पहिलोपटक पुगेको प्रहरी टोलीले वन संरक्षण समितिका अध्यक्ष फुर्पा ढिले लामा, भूपू गाविस अध्यक्ष फुर्पा रितार लामा, खम्सुङ लामा, ठाकु गुरुङ -गोठालो), टसी लाक्पा लामा, रितर ओङ्गेल लामा, नानी धावा लामा, निमा रितार घले, कोह्यो लामा, साङी धावा लामा र सोनम खम्सुङ लामालगायत १३ जनालाई अनुसन्धानको क्रममा शनिबारसम्म प्रहरीले नियन्त्रणमा लिएको छ ।प्रहरी निरीक्षक भरत बिकको नेतृत्वमा गएको ३५ जनाकोे टोलीले शनिबारसम्ममा उनीहरूलाई नियन्त्रणमा लिएको हो । प्रारम्भिक अनुसन्धान गरेर टोली फर्किए पनि नारमा थप समय बसेर अनुसन्धान गर्नुपर्ने भन्दै पुनः प्रहरी निरीक्षक अमर क्षेत्रीको नेतृत्वमा ३० जनाको टोली नार गाउा गएको छ । उक्त टोलीले करिब एक साता नारमा बसेर अनुसन्धान गर्ने, मृतकको शव खोज्ने र घटनामा संलग्नको खोजी गर्ने प्रनाउ नलप्रसाद उपाध्यायले बताए ।














