आज धेरै दिनपछि एउटा सकारात्मक खबर आएको छ। महिनौँदेखि बन्द रहेको संसद आजदेखि खुलेको छ। संसद खोल्न एमाले र माओवादीबीच सहमति भएछ। त्यही अनुरुप अहिले केही समयअघि माओवादी अध्यक्ष तथा पूर्व प्रम प्रचण्ड र प्रधानमन्त्री माधवकुमार नेपालले संसदमा सम्बोधन गरे। दुवैले सहकार्य र सहमतिमा जोड दिए। त्यसो त दुवैबीच घोचपेच पनि चलेको थियो। एकजनाले अर्कालाई रिमोट कन्ट्रोल भन्ने अनि अर्कोले म रिमोट कन्ट्रोल भए तिमीचाहिँ कहाँबाट चलेको नि भनेर दोहोरी गाए। तर सकारात्मक कुरा के रह्यो भने दुवैले मिलेरै जानुपर्ने बताए। सहमति र सहकार्यको विकल्प नभएको बताए। बुद्धि फिरोस् नेताहरुको, कामना। प्रधानमन्त्रीले आफ्नो सम्बोधनमा सैनिक सर्वोच्चता कायम नगरिने बताए। माओवादीले सुरुमा पेश्की बजेट ल्याउन मात्र संसद खोल्न दिने बताएका थिए। तर एमाले र काँग्रेसले मानेको थिएन। अब भएको सहमति अनुसार सरकारले पेश्की हैन पूरै बजेट ल्याउनेछ। सरकारको नीति तथा कार्यक्रम पनि प्रस्तुत गर्न दिइनेछ। प्रचण्डले शान्ति प्रक्रिया भंग गर्ने प्रतिक्रान्तिकारीहरुको षड्यन्त्र असफल पार्न संसद खोलेको जिकिर गरे। सबै दलका शीर्ष नेताहरु कतै टाढा गएर एकै ठाउँमा बसेर नयाँ ढंगमा सहमति गर्न आह्वान गरे। प्रधानमन्त्रीले पनि देशको विशिष्ट अवस्थालाई बुझेर सहमतिमा आउन आह्वान गरे। तर यो सहमति एक महिनाका लागि मात्र हो। एक महिनाभित्र राष्ट्रपतिको कदम र नागरिक सर्वोच्चताका विषयमा सबै दललाई मिलाउने गरी सहमति हुनुपर्नेछ। प्रधानमन्त्रीले त्यसो गर्ने प्रतिवद्धता जनाएका छन्। भएन भने नि ? प्रचण्डले फेरि आन्दोलन गर्ने चेतावनी दिएका छन्। आशा गरौँ त्यसो नहोस्, अब सहमति र सहकार्यको राजनीतिमा देश अघि बढ्नेछ।
-संसद खुल्यो, दलहरुले मिलेर जाने बताए
आज धेरै दिनपछि एउटा सकारात्मक खबर आएको छ। महिनौँदेखि बन्द रहेको संसद आजदेखि खुलेको छ। संसद खोल्न एमाले र माओवादीबीच सहमति भएछ। त्यही अनुरुप अहिले केही समयअघि माओवादी अध्यक्ष तथा पूर्व प्रम प्रचण्ड र प्रधानमन्त्री माधवकुमार नेपालले संसदमा सम्बोधन गरे। दुवैले सहकार्य र सहमतिमा जोड दिए। त्यसो त दुवैबीच घोचपेच पनि चलेको थियो। एकजनाले अर्कालाई…
अघिल्लो लेख
अर्को पोस्ट
ताजा खबर
लेखकको बारेमा

AF themes
सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

अभिलेखहरू खोज्नुहोस्
खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच
तपाईंले मिस गरेको हुन सक्छ












