भद्रपुर झापा,- मगन्तेको रकम लुट्ने दस जना प्रहरी विभागीय कारबाहीमा परेका छन्। झापाका मगन्ते चन्द्रबहादुर खड्काले रात-दिन गरी मागेर जोहो गरेको एक लाख २७ हजार रुपैयाँ १० जना प्रहरीहरुले सामुहिक रुपमा लुटेका थिए। जिल्ला प्रहरी कार्यालयमा समयमै उजुरी गरेपछि उनको लुटिएको रकम फिर्ता गरिएको राष्ट्रिय समाचार समितिले जनाएको छ। लुट्ने प्रहरीहरुमाथि प्रहरी कार्यालयले विभागीय कारबाही थालेको छ। रकम लुटेको अभियोगमा एक प्रहरी सहायक निरीक्षक, दुई हवल्दार र सात प्रहरी जवानसमेत दस जनामाथि विभागीय कारबाही सुरु गरिएको हो। रकम लुट्नेहरुमा इलाका प्रहरी कार्यालय शिवगन्जका प्रहरी सहायक निरीक्षक ब्रह्मिसंह राजवंशी, हवल्दारद्वय जगदीशचन्द्र राजवंशी र गोर्वधन खत्री तथा प्रहरी जवानहरु वसन्त खतिवडा, हरि अधिकारी, राजकुमार चौधरी, मोहन प्रधान, शिवनारायण यादव र श्रीकुमार मण्डल रहेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। केही दिनअघि शिवगन्जमा राति गस्तीमा खटिएको बेला उनीहरुले बेवारिसे अवस्थामा सुतिरहेका स्थानीय मगन्ते खड्कालाई पक्राउ गरी उनको साथमा रहेको एक लाख २७ हजार रुपैयाँ लिएर छोडेका थिए। यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालयमा खबर प्राप्त भएपछि खड्काको खोसिएको सम्पूर्ण रकम दिलाई उनीहरुमाथि जिल्ला प्रहरी कार्यालयमा कारबाही थालिएको प्रहरी नायब उपरीक्षक सौरभ राणाले बताएको राससले जनाएको छ।
-प्रहरीहरुले मगन्तेलाई लुटे
भद्रपुर झापा,- मगन्तेको रकम लुट्ने दस जना प्रहरी विभागीय कारबाहीमा परेका छन्। झापाका मगन्ते चन्द्रबहादुर खड्काले रात-दिन गरी मागेर जोहो गरेको एक लाख २७ हजार..
अघिल्लो लेख
अर्को पोस्ट
ताजा खबर
लेखकको बारेमा

AF themes
सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

अभिलेखहरू खोज्नुहोस्
खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच
तपाईंले मिस गरेको हुन सक्छ












