थम गिरी -कतार
सरकारले ल्याएको नयाँ बजेटमा रहेका बहु चर्चित दुई वटा बिषय विधुवा विबाह र दलित विवाह लाई हेर्दा यो सरकारको बारेमा मेरी आमाले म सानो छँदा भन्ने गरेको एउटा उखान याद आयो \”केटाकेटी आए गुलेली खेलाए गए\”।साँच्चै के यो सरकारमा भएका मान्छेहरु सँग देश चलाऊने कुनै भिजन नै छैन त,के यो सरकार साँच्चै केटाकेटिहरुले गुलेली खेलाए जस्तई दुइचार महिना सरकार चलाएर रमाइलो गर्न मात्र आएको हो त?यदी होइन भने विवाह जस्तो पवित्र सम्बन्ध लाई पैसा सँग दाँजेर सस्तो मात्रा होइन,कवाडी बेछेको जस्तो मोल्मोलाई किन गरिरहेको छ त?दुइ आत्माको पवित्र सम्बन्ध जो भरजनम को लागि गाँसिन्छ र एक अर्काको सुख दु:खमा साथ दिने बाचा क साथ एक होइन्छ त्यस्तो सम्बन्धलाई रुपैयाँ पैसा सँग दाँजेर नारी भनेका साँच्चै नै पैसामा बिकाउ चिज हुन भनेर सरकारी तवर बाट नै किन घोषणा गर्नु पर्यो?प्रत्यक्ष रुपमा लाटा सिधा तपाईं हामीलाई सरकारले राम्रै काम गरेको जस्तो पनि लाग्न सक्छ तर घुमाउरो पाराले र दिर्घकालिन रुपमा हेर्ने हो भने सरकारको यो निर्णय कती आत्मघाती छ र सरकारमा भएका मान्छेहरुको सोच दलित र बिधुव प्रती कती निच र तल्लो स्तरको रहेछ भनेर एउटा औशत मान्छेले पनि सजिलै अनुमान गर्न सक्छ।के बिधुवा व दलित भनेको साँच्चै नै कवाडिबाट उठाइका बिक्री नै हुन नसक्ने चिज जस्ताइ हुन त?के सरकार सँग जनताको चेतना स्तर उठाउने खाल्का अरु कुनै उपाए नै नभएर दलित र बिधुवा हरुलाई लीलामिमा राख्नु परेको हो त?के दलित र बिधुवा भनेका पैसा नतिरे सम्म आजन्म विवाह गर्न नै अयोग्य भएकाइ हुन त?सरकारको यो निर्णयले मलाई त यती धेरै पिडा बोध भयो भने ति दलित र बिधुवा हरुलाई कती हिन्ताबोध बह्यो होला म अनुमान मात्र गर्न सक्छु।माकुने सरकारको यो निर्णयले औपचारिक रुपमा दलित र गैर दलितको बिचमा विवाह हुनुहुदैन र बिधुवाले पनि दोश्रो विवाह गर्नु हुँदैन भन्ने शन्देस दिएको छ।अब समाजमा यदाकदा हुने गरेका अन्तर्जातिय विवाह र बिधुवा विवाह पनि हराउदै गए भने नौलो नमाने हुन्छ किनकी माकुने सरकारले मन्द बिषको प्रयोग द्वारा यस्ता खाले विवाह उपर आजैका मितिदेखी प्रतिबन्ध लगैदिएको छ। हुन त म पनि एक अन्तरजातिय विवाह गरेको ब्यक्ती हुँ र मैले यस्लाई गर्बको रुप्मा पनि लिएको छु तर अब मलाई पनि यो एउटा लोकलाजको बिषय पनि हुने हो कि भन्ने मह्शुस हुन थालिसकेको छ। जतिबेला मैले अन्तरजातिय विवाह गरेको थिए तेतिबेला मैले पनि समाज रुपान्तरणको काममा एउटै बहे पनि इट्टा थप्न पाएँ भनेर गर्बानुभुती भएको थियो तर अब चाँही साथीभाइ र समाजले पनि जाबो अलिकती पैसाको लोभमा अर्कै जातको वा बिधुवा आईमाई सँग बिहे गर्यो भनेर औलो ठड्याउने र हिन भावनाले हेर्ने भयो भनेर डराउनु पर्ने भयो।हामी दाईजो प्रथाको बिरोध गरेको नाटक त गर्छौ तर दाईजो नपाईने घरकी केटी सँग मरी गए पनि बिहे गर्दैनौ र यता सरकार पनि स्वयं दाईजो दिने कुरा गरिरहेको छ।के नेपालमा अरु कुनै समस्या नै छैन?के नेपालमा दलित भनिने दिदी बहिनी हरुको बिहे नै हुन सकेको छैन र?बिहे भएर जाय जन्म भएका बाल बच्चाहरुलाई पढाउन सक्ने औकातको बिकास गराउनु पर्ने ठाँउमा सरकार किन विवाह जस्तो नितान्त प्राकृतिक र पवित्र सम्बन्धको बिशयलाई राजनीतिक रुपमा रुपान्तरण गरेर लोकप्रियता कमाउन चाहन्छ हँ?के पैसा नै नभएका कारण अन्तर्जातिय वा बिधुवा विवाह नभएको हो त अहिले सम्म?समाजमा भएको नकारात्मक सोचमा पारीवर्तन नभए सम्म जती नै पैसा दिए पनि यो कुरा असम्भब छ र यदी विवाह नै भाईहाले पनि पैसाको लागि भएको विवाहले उनिहरुको दाम्पत्य जीवन कँहा सम्म पुरयाउला सहजै अनुमान गर्न सकिन्छ। के यती सोच पनि सरकार र देश चलाऊछौ भनेर गड्डी हाँक्ने नेतारुपी छुचुन्द्रा हरुलाई हामी जस्ता सर्बसाधारणले सिकाउनु पर्ने लाजमर्दो स्थिती आएकै हो त अब?धिक्कार छ माकुने तिमीलाई अनी धिक्कर छ तिम्रो अपाङ्ग दिमाखलाई। काठमान्डौका र रौतहट्का जनताले तिमीलाई तेसै धुलो चटाएका रहेनछन। म कोटी कोटी सलाम गर्छु ति जनता जस्ले तिम्रो औकात र बुद्धी देखेर संबिधान सभा जस्तो गरिमामय सदनको साधारण सदस्य सम्मा बन्न बाट बन्चित गरिदिएका थिए,एकदम सही निर्णय गरेका रहेछन जनताले त तर गल्ती प्रचन्ड तिमीले पो गरेका रहेछौ त साँपलाई दुध खुवाएर पल्न खोजेर। अब यहाँ कुरा आउँला कि बजेट त माकुने ले बनाएको होइन, जुन भन्ने प्रधानमन्त्रिको को त औकात यो छ भने उनले नै टिका लगाएका मन्त्री हरुबाट हामीले के आशा गर्ने?














