धौलागिरी कालिका हाइड्रोपावरको टिम दोहामा सम्मानित

धौलागिरी कालिका हाइड्रोपावार कम्पनि लिमिटेडर्द्वारा संचालाचन गर्न लागिएको २५ मेगावाटको म्याग्दीखोला जलबिधुत आयोजनाको बारेमा कतारमा रहेका सर्बसाधारण नेपालीहरुलाई सुसुचित गर्न र सुरक्षित लगानी गरि कसरि मुनाफा कमाउनुको साथै राष्ट्रलाई समृद्ध बनाउन सहयोग पुर्याउन सकिन्छ भनि आफ्ना  अनुभव र आफुले हासिल गरेका ज्ञान र सिप शेयर गर्न दोहा आइपुग्नुभएका म्याग्दी कालिका हाइड्रोपावर लिमिटेडका अध्यक्ष श्री बिनोद…

2 मिनेट

पढ्ने समय

\"\"

धौलागिरी कालिका हाइड्रोपावार कम्पनि लिमिटेडर्द्वारा संचालाचन गर्न लागिएको २५ मेगावाटको म्याग्दीखोला जलबिधुत आयोजनाको बारेमा कतारमा रहेका सर्बसाधारण नेपालीहरुलाई सुसुचित गर्न र सुरक्षित लगानी गरि कसरि मुनाफा कमाउनुको साथै राष्ट्रलाई समृद्ध बनाउन सहयोग पुर्याउन सकिन्छ भनि आफ्ना  अनुभव र आफुले हासिल गरेका ज्ञान र सिप शेयर गर्न दोहा आइपुग्नुभएका म्याग्दी कालिका हाइड्रोपावर लिमिटेडका अध्यक्ष श्री बिनोद कुवर, प्रबन्ध निर्देशक श्री हर्कमान मगर, संचालक समिति सदस्य श्री   ज्ञान बहादुर थापा तथा मानव सेवा आश्रम नेपालका अध्यक्ष श्री रामजी अधिकारीलाई म्याग्दी प्रवासी नेपालि संघ (मोना) कतारले गत २६ जुलाई २०१९ शुक्रबारको साझ कतारको नज्मास्थित होटेल शालिमारको सभाहलमा एक भब्य कार्यक्रमको आयोजना गरि सम्मान गर्यो।

\"\"

सस्थाका अध्यक्ष श्री तिलु शर्मा पौडेलको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा मोना आइ इ सी का उपाध्यक्ष तथा मोना कतारका संरक्षक श्री प्रेम बहादुर विश्वकर्मा प्रमुख अतिथि हुनुहुन्थ्यो भने विशिष्ट अतिथिहरुमा म्याग्दी कालिका हाइड्रोपावर लिमिटेडका अध्यक्ष श्री बिनोद कुवर, प्रबन्ध निर्देशक श्री हर्कमान मगर, संचालक समिति सदस्य श्री   ज्ञान बहादुर थापा, मानव सेवा आश्रम नेपालका अध्यक्ष श्री रामजी अधिकारी, मोना आइ सी सचिव श्री बिक्रम कार्की, मोना कतारका प्रमुख सल्लाहकार श्री रमेश पौडेल तथा गण्डकी प्रदेश समन्वय परिषद कतारका अध्यक्ष श्री हंशराज ढकाल क्षेत्री लगायतका महानुभावहरु हुनुहुन्थ्यो।

\"\"

मोना कतारका बरिष्ट उपाध्यक्ष श्री मिन बहादुर कार्कीको स्वागत मन्तब्य संगै अगाडी बढेको कार्यक्रममा मोना कतारकै अर्का उपाध्यक्ष श्री नरेन्द्र फगामीले सस्थाको गतिबिधि र आगामी कार्यक्रमको बारेमा अतिथिहरुलाई जानकारी गराउदै मोना कतारले म्याग्दी जिल्लाम्मा स्थापना गर्न लागेको १० लाख रुपैयाको बहूद्धेस्यिय  अक्षय कोषमा सबै क्षेत्र र महानुभावहरुबाट स्वतस्फुर्त र स्वऐच्छिक सहयोगको लागि अपिल गर्नुभएको थियो।  बिगत लामो समयदेखि हंगकंग, चाइना लगायतका देशहरुमा ब्यबसाय गर्दै आउनुभएका म्याग्दि कालिका हाइड्रोपावर कम्पनि लिमिटेडका प्रबन्ध निर्देशक श्री हर्कमान मगर र लामो समय देखि  दक्षिण कोरियामा आफ्नो ब्यबसाय गर्दै आउनुभएका सोहि कम्पनीका अध्यक्ष श्री बिनोद कुवरले आ आफ्ना लामो अनुभव र अनुभूति शेयर गरिरहदा सभाहलमा उपस्थित सबैले एक खालको तरङ्ग र सकारात्मक तथा मोटिभेसनल उर्जा प्राप्त गरेको अनुभूति गर्न सकिन्थ्यो।

\"\"

प्रमुख अतिथि लगायतका बिशिष्ठ अतिथिहरुबाट चारै जना सम्मानित व्यक्तित्वहरुलाई मोना कतारको लोगो अंकित टिसर्ट र मायाको चिनो वितरण गरि सम्मान गरिएको कार्यक्रमको अन्त्यमा कार्यक्रमका सहजकर्ता तथा मोना कतारका महासचिव श्री थम कुमार गिरी र कार्यक्रमका सभापति तथा मोना कतारका अध्यक्ष श्री तिलु शर्मा पौडेलले संयुक्त रुपमा कार्यक्रमका सम्मानित व्यक्तित्वहरु तथा म्याग्दी कालिका हाइड्रोपावर कम्पनि लिमिटेडका अध्यक्ष, प्रबन्ध निर्देशक तथा सदस्य ज्यु हरु सामु मोना कतारलाई म्याग्दीमा सामाजिक तथा सेवामुलक काम गर्नको लागि आबास्यक पर्ने रकमको स्थाई श्रोत बनाउन स्थापना गर्न लागिएको बहुउद्धेस्यिय अक्षय कोषलाई समेत सहयोग पुग्ने गरि मोना कतारको नाममा उक्त हाइड्रोपावरको शेयरमा ५० % मोना कतारले लगानी गर्ने र ५०  % कम्पनीले सहयोग गर्ने गरि सहयोग गर्न औपचारिक अनुरोध गर्नुभएको थियो।  कम्पनीले जति कित्ता शेयर सहयोग गर्छ त्यत्ति नै कित्ता शेयर मोना कतारले सस्थागत लगानीको रुपमा लगानी गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो।  कार्यक्रम समापन गर्दै अध्यक्ष श्री तिलु शर्मा पौडेलले कतारमा दुख गरि कमाएको पैसालाई बुढेसकालको साहरा बनाउन आजैदेखि थोपा थोपा जम्मा गरेर आफ्नो गच्छे अनुसार लगानी गर्न सबै सहभागीहरुलाई अनुरोध गर्दै कार्यक्रममको समापन गर्नुभएको थियो। 

\"\"
\"\"
\"\"

लेखकको बारेमा

त्रिकाल ज्ञान मार्ग अवतार

लेखकको बारेमा

सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

ब्लकस्पेयर - (गुटेनबर्ग) ब्लक सम्पादकका लागि समाचार, पत्रिका र ब्लग एडअन्स

अभिलेखहरू खोज्नुहोस्

खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच