एन.आर.एन.ए. कतारको महासचिवमा गिरीको उम्मेद्बारी

गैर अवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको चुनावमा तनहुँका पदम गिरीले  महासचिव  पदमा  उम्मेद्बारी घोषणा गरेका छन। तनहुँ जिल्लाका ऋषिङ गाउपालिका वडा न ५ का  स्थायी बासिन्दा गिरी एनआरएन कतारको सदस्य तथा तनहुँ सेवा समाज कतारको महासचिव , दसनामी समाज कतार शाखाको बरिष्ठ उपाध्यक्ष, दशनामी बचत समुह कतारका संयोजक  तथा  तनहुँ नव बचत सहकारीको…

3 मिनेट

पढ्ने समय

गैर अवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको चुनावमा तनहुँका पदम गिरीले  महासचिव  पदमा  उम्मेद्बारी घोषणा गरेका छन।

\"\"

तनहुँ जिल्लाका ऋषिङ गाउपालिका वडा न ५ का  स्थायी बासिन्दा गिरी एनआरएन कतारको सदस्य तथा तनहुँ सेवा समाज कतारको महासचिव , दसनामी समाज कतार शाखाको बरिष्ठ उपाध्यक्ष, दशनामी बचत समुह कतारका संयोजक  तथा  तनहुँ नव बचत सहकारीको लेखा संयोजक छन।
माध्यमिक शिक्षापछी उच्च शिक्षाको  लागी काठमाडौ गएका गिरीले बीचमै पढाइ छाडेर कतार गएका थिए  ।

करिब एक दशक खाडी मुलुक कतारमा बिताएका गिरीले बिभिन्न संघ सस्थामा आवद्ध भै काम गर्दै आएका छन ।

प्रबासमा  बिभिन्न संघ सस्थाको नामबाट दुखी, गरिबी र बेसाहराहरुलाइ सहयोग गर्दै आएको उनले बताए ।

साधरण र सक्षम ब्यक्ति गिरीले आफ्नो उम्मेद्बारी पदको लागी नभइ काम को लागी रहेको बताएका छन।

२०१९ – २१ कार्यकालको लागि यहि अगष्ट २३ तारिक हुन गैरहेको चुनाबको लागि सामाजिक संजाल फेसबुक मार्फत आफ्नो उम्मेद्वारी घोषणा गरेका गिरीले मतदाताहरु समक्ष यस्तो अपिल र प्रतिबद्धता व्यक्त गरेका छन।

\"\"

( उनको अपिल फेसबुकबाट साभार गरिएको हो – निलगिरी अनलाइन )

महासचिवमा उम्मेदवारी तथा नम्रतापुर्वक सहयोगको अपिल!

गैह्र आवसिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको आगमि महाधिवेशन मार्फत महासचिव पदमा मेरो उम्मेदवारी तथा अपिल:

आदरणिय कतारमा स्थापित विभिन्न उद्धेश्यका संघ संस्थाका प्रमुख तथा प्रतिनिधी ज्यूहरु,
आगामि कार्यकालका लागि पजीकृत सदस्य ज्यूहरु,
कतारमा कार्यरत नेपाली दाजुभाई तथा दिदिवहिनीहरु,
पत्रकार साथीहरु,
सवैमा म पदम गिरीको तर्फवाट नमस्कार तथा न्यानो अभिवादन !
म पदम गिरी नेपालको तनहु जिल्ला स्थायी घर भै वैदेशिक रोजगारीको शिलशिलमा कतारमा विगत लामो समयदेखि कतारमा आफ्नो रोजगारीको अतिरिक्त कतारमा स्थापित नेपाली समाजको तर्फवाट मैले समाजिक कार्यहरुमा रचनात्मक सहभागि र समाजप्रति मेरो वर्कतले भ्याएसम्म समपर्ण रहेदै आइरहेको तथ्यको साक्षी तपाईहरुनै हुनुहुन्छ भन्नेमा म पुर्ण रुपमा विश्वस्त रहेको छु । यहाँहरुको न्यायको नजरवाट त्यसको मुल्यांकन हुनेछ भन्नेमा म पुर्ण आशा एवंम विश्वास समेत लिएको छु ।
तेश्रो मुलुकमा गठिन चाहे गैह्र आवसिय नेपाली संघ हो या तत् मुलुकमा गठित तिनै गैह्र आवसिय नेपालीहरुद्धारा संचालिल विभिन्न उद्धेश्यका निम्ति गठन भएका अन्य समाज किन नहोस सवैको कार्यक्षेत्र र दायराको विविध पक्षको अनुभवका कारण मैले आफुलाई आगमि कार्यकालका अर्थात २०१९-२०२१ का लागि महासचिव पदमा जाने सोच र त्यसैका आधारमा महासचिव पदमा रहेर संघको उद्धेश्य प्राप्तिका लागि अनरवत लाग्ने र संस्थाप्रति रहनुपर्ने ईमान सहितको संकल्पका साथ आगामि कार्यकालका लागि महासचिव पदमा जाने सोचका साथ सम्पुर्ण तयारीमा लागेको जनाकारी सम्वन्धित सवैमा जानकारी गराउन पाउदा गौरव महसुस गरेको छु साथ साथै उम्मेदवारी घोषणाको विशिष्ठ समयमा मैले आगामि कार्यकालको कयौ अवसर र चुनौतिहरुको समेत स्मरण गरिरहेको छु । तर सवै प्रकारका अवसर र चुनौतिका समाना र अवसरको व्यवस्थापनको जिम्माको कर्तव्य म प्रति रहेतापनि अन्तत हामि सवैको साझा कार्यभार हो भन्नेमा म पुर्ण रुपमा विश्वस्त रहेको छु । विगतको संस्थागत रुपमा हासिल गरेको अनुभववाट आगामि दिनहरुमा संघको उद्धेश्य प्राप्तिका लागि पुन आफुलाई योग्य र भाग्यमानी ठानी आगामि कार्यकालका लागि महासचिव पदमा उम्मेदवारीको घोषणा गर्दै सम्पुर्ण पन्जिकृत सदस्यहरुमा सहयोगको लागि अपिल गर्दछु । मैले यो प्रारिभ्भक घोषणा पत्रमा धैरै विषयहरुको उठान गरिरहन तत्कालका लागि उपयुक्त ठान्दिन किनकि अधिवेशन पश्चात निर्वाचित समितिले आफ्नो भावि कार्यक्रमहरु वनाउने र त्यसको सफलताको अभियानमा मैले आफनो नयां कार्यहरु समावेश गर्दे विशेष गरी कतारमा कार्यरत विभिन्न प्रकारले समस्या भोगिरहेका नेपाली श्रमिक दाजुभाई तथा दिदिवहिनीहरुको अधिकतम हितका लागि नेपाली नियोगसंग परामर्स गर्दे उनीहरुको सुख दुखको साझेदारी भएर काम गर्नेछु । मलाई विश्वास छ यहांहरुको सहयोग मेरो लागि सफलताको वरदान सावित हुनेमा म पुर्ण आशा एवं विश्वास लिएको छु । अन्तमा म पुर्ण रुपमा विश्वास र यहांहरुको भरोषा सहित मलाई निर्वाचित गराई संघ मार्फत तपाई हामि सवैको सेवामा लाग्ने अवसर प्रदान गरिदिन हुनका लागि सवैमा सहयोगका लागि अपिल गर्दछु ।

हार्दिक धन्यवाद सहित ।

पदम गिरी
गैह्र आवसिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको
आसन्न महाधिवेशन मार्फत
महासचिव पदका लागि प्रत्यासी उम्मेदवार
पजीकृत सदस्यता नम्बर:QA0000054

\"\"

लेखकको बारेमा

त्रिकाल ज्ञान मार्ग अवतार

लेखकको बारेमा

सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

ब्लकस्पेयर - (गुटेनबर्ग) ब्लक सम्पादकका लागि समाचार, पत्रिका र ब्लग एडअन्स

अभिलेखहरू खोज्नुहोस्

खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच