-चौथो किस्तामा छ मन्त्री, बाँकी क्रमशः

Administrator@nepalchautari प्रधानमन्त्री बनेको एक महिना बितिसकेपछि प्रधानमन्त्री माधवकुमार नेपालले चौथो किस्तामा मन्त्रिमण्डल विस्तार गरेका छन्। तर पनि मन्त्रिमण्डल पूर्ण भने भइसकेको छैन र बाँकी क्रमशः भन्दै खाली स्थान कायम राखेका छन्। किस्ताबन्दीमा भइरहेको विस्तार अनुसार चौथो किस्तामा छ जना मन्त्री थपिएपछि अब मन्त्रीको संख्या पुगेको छ ३०। आज शपथ लिने मन्त्रीहरुमा फोरमका दुई मन्त्री शरद…

2 मिनेट

पढ्ने समय

Administrator@nepalchautari

प्रधानमन्त्री बनेको एक महिना बितिसकेपछि प्रधानमन्त्री माधवकुमार नेपालले चौथो किस्तामा मन्त्रिमण्डल विस्तार गरेका छन्। तर पनि मन्त्रिमण्डल पूर्ण भने भइसकेको छैन र बाँकी क्रमशः भन्दै खाली स्थान कायम राखेका छन्। किस्ताबन्दीमा भइरहेको विस्तार अनुसार चौथो किस्तामा छ जना मन्त्री थपिएपछि अब मन्त्रीको संख्या पुगेको छ ३०। आज शपथ लिने मन्त्रीहरुमा फोरमका दुई मन्त्री शरद सिंह भण्डारी र मृगेन्द्र सिंह छन्। त्यसैगरी तमलोपाका गणेश नेपाली र रामचन्द्र कुसवाह पनि छन्। त्यसैगरी संविधान सभामा प्रत्यक्षमा एउटा पनि सिट जित्‍न नसकेको राप्रपाले पनि भागवण्डामा एउटा मन्त्री पाउन सफल भए अनुसार दीपक बोहराले आजै शपथ खाए। मालेले एउटा बोनस राज्यमन्त्री पायो, मानबहादुर शाहीले आजै शपथ खाए। तमलोपाका दुई मन्त्री महेन्द्र राय यादव र राज्यमन्त्री दानबहादुर चौधरी भने शपथ खान आएनन्। किन रे भनेर सोध्दा साइत जुरेन रे। कत्ति न नखरा गर्नुपर्ने यी मन्त्रीहरुलाई। जतिसुकै साइत जुराए पनि जतिसुकै कालो बोका काटे पनि अहिलेसम्म नेपालमा कुन चाहिँ सरकार पूरा अवधि टिकेको इतिहास छ र ? तैपनि साइत जुराउनु पर्ने रे। उनीहरुले भोलि शपथ खाने रे। सदभावना पार्टी भने ठुस्किएर मन्त्री खान आउन मानेको छैन। कमिसन आउने आकर्षक आयल निगमलाई काँग्रेसको भागमा रहेको ऊर्जा मन्त्रालय अन्तर्गत सार्ने भएपछि त्यो भुत्ते आपूर्ति मन्त्रालयमा के खान जाने भनेर सदभावना रिसाएको हो।
\"\"

चौथो किस्ताको विस्तार पछि बनेको मन्त्रिमण्डल….

क्रम सं. नाम, थर पद कार्यविभाजन
१. माधवकुमार नेपाल प्रधानमन्त्री कानुन तथा न्याय, वातावरण, वाणिज्य तथा आपूर्ति, विज्ञान तथा प्रविधि

२. विजयकुमार गच्छदार उपप्रधानमन्त्री भौतिक योजना तथा निर्माण र महिला बालबालिका तथा समाजकल्याण

३. विद्यादेवी भण्डारी मन्त्री रक्षा

४. श्रीमती सुजाता कोइराला मन्त्री परराष्ट्र

५. शरतसिंह भण्डारी मन्त्री पर्यटन तथा नागरिक उड्डयन

६. भीमबहादुर रावल मन्त्री गृह

७. सुरेन्द्र पाण्डे मन्त्री अर्थ

८. डा.प्रकाशशरण महत मन्त्री ऊर्जा

९ बालकृष्ण खाँण मन्त्री सिँचाई

१०. शङ्कर पोखरेल मन्त्री सूचना तथा सञ्चार

११. डा.मिनेन्द्रप्रसाद रिजाल मन्त्री सङ्घीय मामिला, संविधान सभा, संसदीय व्यवस्था तथा संस्कृति

१२. रकम चेम्जोङ मन्त्री शान्ति तथा पुनःनिर्माण

१३. पूर्णकुमार सेर्मा लिम्बु मन्त्री स्थानीय विकास

१४. उमाकान्त चौधरी मन्त्री स्वास्थ्य तथा जनसङ्ख्या

१५. आफ्ताव आलम मन्त्री श्रम तथा यातायात व्यवस्था

१६. प्रभाकर प्रधानाङ्ग (रविन्द्र श्रेष्ठ) मन्त्री सामान्य प्रशासन

१७. डम्बर श्रेष्ठ मन्त्री भूमिसुधार तथा व्यवस्था

१८. रामचन्द्र कुशवाहा मन्त्री शिक्षा

१९. दीपक बोहरा मन्त्री वन तथा भू-संरक्षण

२०. महेन्द्रप्रसाद यादव मन्त्री उद्योग

२१. मृगेन्द्रकुमार सिंह यादव मन्त्री कृषि तथा सहकारी

२२. गणेश तिवारी नेपाली मन्त्री युवा तथा खेलकुद

२३. गणेशबहादुर खड्का राज्यमन्त्री स्थानीय विकास

२४. डिल्लीबहादुर महत राज्यमन्त्री शान्ति तथा पुनःनिर्माण

२५. जीतबहादुर दर्जी गौतम राज्यमन्त्री सामान्य प्रशासन

२६. चन्द्रसिंह भट्टराई राज्यमन्त्री ऊर्जा

२७. मुहमद रिजवान राज्यमन्त्री गृह

२८. खड्गबहादुर बस्याल सार्की राज्यमन्त्री स्वास्थ्य तथा जनसङ्ख्या

२९. दानबहादुर कुर्मी चौधरी राज्यमन्त्री उद्योग

३०. मानबहादुर शाही राज्यमन्त्री भूमिसुधार तथा व्यवस्था

लेखकको बारेमा

त्रिकाल ज्ञान मार्ग अवतार

लेखकको बारेमा

सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

ब्लकस्पेयर - (गुटेनबर्ग) ब्लक सम्पादकका लागि समाचार, पत्रिका र ब्लग एडअन्स

अभिलेखहरू खोज्नुहोस्

खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच