-दलालद्वारा श्रीमतीसहित युवती बिक्री

-प्रताप विष्ट   हेटौंडा, यहाँका एक दलालले तीन   युवतीसहित आफ्नै श्रीमतीलाई भारत पुर्‍याएर बिक्री गरेका छन् । बसामाडी गाविस-२ की २४ वषर्ीया शोभा श्रेष्ठ, उनकी २० वषर्ीया बहिनी ठुलीमाया लामा, १६ वषर्ीय उमा लामा र १६ वषर्ीया सरिता लामालाई पदमपोखरी गाविसका चेतबहादुर तामाङले एक महिनाअघि भारतको बेश्यालयमा भारु ८० हजारका दरले बिक्री गरेका हुन् ।…

1 मिनेट

पढ्ने समय

-प्रताप विष्ट

 

हेटौंडा, यहाँका एक दलालले तीन   युवतीसहित आफ्नै श्रीमतीलाई भारत पुर्‍याएर बिक्री गरेका छन् । बसामाडी गाविस-२ की २४ वषर्ीया शोभा श्रेष्ठ, उनकी २० वषर्ीया बहिनी ठुलीमाया लामा, १६ वषर्ीय उमा लामा र १६ वषर्ीया सरिता लामालाई पदमपोखरी गाविसका चेतबहादुर तामाङले एक महिनाअघि भारतको बेश्यालयमा भारु ८० हजारका दरले बिक्री गरेका हुन् । चेतबहादुर नातामा शोभा, ठुलीमाया र उमाका काका र सरिताका पति हुन् । भारत घुम्न जाने भनी चारैजनालाई हेटौंडाको होटलमा राखेर तामाङले रक्सौल हँुदै भारतको आग्रास्थित बेश्यालयमा तीनजनालाई र  शोभालाई पुनाको बेश्यालयमा बिक्री गरेका थिए ।पुनाको बेश्यालयमा बिक्री गरिएकी शोभा चर्पीर्को जाली तोडेर भागेर मंगलबार हेटौंडा आएपछि बेश्यालयमा उनीहरूलाई बिक्री गरेको खुलासा भएको हो । शोभा बेश्यालयबाट भाग्न सफल भएपछि सुनौली हुँदै हेटौंडा आएकी हुन् । जाली तोड्ने क्रममा उनको हातभरि घाउ छ । काकाको विश्वासमा पर्दा झन्डै जीवन बर्बाद भएको उनले भनिन् । अरू तीन बहिनीहरू आग्राको बेश्यालयमा छन् ।उनीहरूको उद्धार गर्न उनले शुक्रबार माइती नेपाल हेटौंडालाई निवेदन दिएकी छन् । तामाङले चारैजनालाई भारतमा पाए जागिर खाउला, नपाए घुमेर आउला भनेर हेटौंडाबाट लगेको शोभाले बताइन् । बेश्यालयको पीडा सम्झँदै उनले भनिन्, \’त्यो नरककुण्डको कुरा नगरौं ।\’ महिलाहरूल्ााई बिक्री गर्ने दलाल चेतबहादुर पदमपोखरी घर भए पनि काठमाडौंमै बस्ने भएकाले कारबाही र उद्धारको प्रक्रियाअघि बढाउन माइती नेपाल हेटौंडाले पहल सुरु गरेको छ ।

 

लेखकको बारेमा

त्रिकाल ज्ञान मार्ग अवतार

लेखकको बारेमा

सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

ब्लकस्पेयर - (गुटेनबर्ग) ब्लक सम्पादकका लागि समाचार, पत्रिका र ब्लग एडअन्स

अभिलेखहरू खोज्नुहोस्

खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच