-कतारमा पानीजहाज दुर्घटना १२ नेपाली बेपत्ता

Admistrator@nepalchautari

दुबइबाट कतारको दोहाका लागि हिँडेको पानी जहाज समुद्रमा हराएपछी त्यसमा सवार १२ नेपालीको अवस्था अग्यात छ।कतारको अङ्रेजी दैनिक गल्फ टाइम्समा बुधवार प्रकाशित समाचार अनुसार मंगलवार सबेरै दुबैबाट कतारका लागि हिँडेको पानीजहाज समर्क विहिन भएर हराइरहेको छ। पानीजहाजमा सवार ३५ जनामध्य २४ जना कतारको यच बि के कम्पनिका काम्दार थिए भने ९ जना जहाजका स्टाफ र २ जना एक क्याटरिङ कम्पनिमा कार्यरत कामदार रहेको समाचारमा उल्लेख छ. समाचार अनुसार हराइरहेका २९ जनामध्य १२ जना नेपाली,११ जना भरयतीय,१ जना बङलादेशी रहेको कुरा कतार्को यच बि के कम्पनिका एक अधिकारीले जनाएका छन।अबेर रातिसम्म गरिएको खोजिका क्रममा पाँच जनालाई जिवित उद्धार गरिएको र एक जनाको लास भेटिएको छ भने अन्यको अवस्था अग्यात रहेको कुरा उक्त दैनिकले छपेको छ। उद्धार गरिएका सबैलाई सामान्य उपचारपछी कम्पनिको आवासमा फर्काइएको छ। उक्त घटना मंगलवार ६:३० बजे घटेको र त्यस्को जानकारी बिहान सात बजे दोहामा गराइएको कुरा कतारको आन्तरिक मामिला सम्बन्धी मन्त्रालयका एक अधिकारिले जनाएका छन। स्रोतका अनुसार कतार एअरफोर्सले हराइरहेका ब्यक्तिहरुको खोजी कार्यलाई तिब्र तुल्याएको छ। यस् बिषयमा कतारका लागि नेपाली राजदुत सुर्यनाथ मिस्रसँग बुधबार संपर्क गर्दा उक्त घटनाका बारेमा अधिकारिक सुचना प्राप्त भाईनसकेको जनाउदै बुधबार १२ बजे सम्ममा कुनै जानकारी आउनसक्ने सम्भब्यता ब्यक्त गरेको कुरा नेपाल जापान डट कम ले जनाएको छ।