-हत्याकान्डपछि ज्ञानेन्द्रले लाखौँ रुपैयाँ बेलायत पठाए

–Administrator@nepalchautari पूर्वराजा ज्ञानेन्द्र शाहले दरबार हत्याकान्डपछि एक करोडभन्दा बढी रुपैयाँ बेलायतको बैँकमा पठाएको खुलासा भएको छ। पूर्व राजपरिवारको सम्पति छानबिन गर्न गठित नेपाल ट्रस्टको कार्यालयले यो रहस्य पत्ता लगाएको हो। ज्ञानेन्द्रले आफ्नो अन्तिम पत्रकार सम्मेलनमा आफ्नो सम्पत्ति विदेशमा राखेको भन्ने खबरलाई \’लाञ्छनायुक्त प्रचार\’ भएको आरोप लगाएका थिए। सरकारले स्वर्गीय राजा वीरेन्द्र र उनको परिवारको सम्पति…

2 मिनेट

पढ्ने समय

\"gyanendra101\"

Administrator@nepalchautari

पूर्वराजा ज्ञानेन्द्र शाहले दरबार हत्याकान्डपछि एक करोडभन्दा बढी रुपैयाँ बेलायतको बैँकमा पठाएको खुलासा भएको छ। पूर्व राजपरिवारको सम्पति छानबिन गर्न गठित नेपाल ट्रस्टको कार्यालयले यो रहस्य पत्ता लगाएको हो। ज्ञानेन्द्रले आफ्नो अन्तिम पत्रकार सम्मेलनमा आफ्नो सम्पत्ति विदेशमा राखेको भन्ने खबरलाई \’लाञ्छनायुक्त प्रचार\’ भएको आरोप लगाएका थिए। सरकारले स्वर्गीय राजा वीरेन्द्र र उनको परिवारको सम्पति राष्ट्रियकरण गर्ने घोषणा अगस्त २७, २००७ मा गरिसकेको छ।

ट्रस्टका अधिकारीहरुका अनुसार सन् २००३ को मार्च १२ तारिखका दिन उनले नेपालको एउटा बैँकमा स्वर्गीय राजा वीरेन्द्र र उनको परिवारको नाममा रहेको बैँकबाट १ लाख ८ हजार ८ सय ५४ पाउन्ड स्टर्लिङ बेलायतस्थित एउटा बैँकको नयाँ खातामा स्थानान्तरण गरिएको थियो। सो रकम नेपाली रुपैयाँमा परिवर्तन गर्दा १ करोडभन्दा बढी हुन आउँछ।पूर्व राजपरिवारको सम्पति कति थियो भन्ने स्‍पष्ट छैन। तर स्वीस बैँक लगायत विदेशी भूमिमा धेरै सम्पति रहेको अनुमान गरिन्छ। यद्यपि, संविधान सभाले नेपालमा राजतन्त्र समाप्त भएको घोषणा गरिसकेपछि नारायणहिटी दरबार छाड्ने क्रममा आयोजित अन्तिम पत्रकार सम्मेलनमा ज्ञानेन्द्रले भनेका थिए, मैले कुनै पनि मैले मेरो सम्पत्ति विदेशमा राखेको छ भन्ने जस्ता लाञ्छनायुक्त प्रचार भएको पनि सुनेको छु। मेरो सम्पूर्ण सम्पत्ति नेपालमै छ । मैले विदेशमा चल-अचल सम्पत्ति राखेको छैन.

स्वर्गीय राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र र अधिराजकुमार निराजनको नाममा स्टायन्डर्ड चार्टर्ड बैँकको खातामा रहेका सबै रकम बेलायतमा रहेको बैँकको खातामा स्थानान्तरण गरिएको थियो। बैँकको नाम भने खुलाइएको छैन। ट्रस्टका अधिकारीले दिएको जानकारी अनुसार ज्ञानेन्द्र गद्दीमा बसे लगत्तै तत्कालीन राजदरबार सचिवालयको आदेशमा स्थानान्तरण गरिएको हो।ट्रस्टका उपसचिव मीनप्रसाद ज्ञवाली भन्छन्, \’स्वर्गीय राजा वीरेन्द्र र उनको परिवारको नाममा रहेको बैँक खाताको अनुसन्धान गर्दै जाने क्रममा यो तथ्य फेला परेको हो। यति धेरै रकम के प्रयोजनका लागि बेलायत पठाइएको थियो भन्ने चाहिँ स्पष्ट भएको छैन।\’ट्रस्टका अधिकारीहरुका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बेलायती बैँकमा पठाइएको रकम ट्रयाक गर्न परराष्ट्र मन्त्रालयलाई पत्र लेखिसकेको छ। \’दरबारको खातामा रहेको कूल एक लाख ४२ हजार स्टर्लिङ पाउन्डमध्ये बाँकी रकम भने स्टायन्डर्ड चार्टर्ड बैँकको नयाँ खातामा सुरक्षित छ\’, ज्ञवालीले बताए।स्वर्गीय राजा वीरेन्द्र र उनको परिवारको विदेशमा रहेको सम्पति ट्रयाक गरिएको यो पहिलो घटना हो।ट्रस्ट कार्यालयले पूर्व राजपरिवारको सम्पति पत्ता लगाउन नेपाल राष्ट्र बैँक, परराष्ट्र मन्त्रालयअन्तर्गत विदेशमा रहेका कुटनीतिक नियोगलाई पनि अनुरोध गरेको छ।

 \"gyane\"

 \”मैले मेरो सम्पत्ति विदेशमा राखेको छ भन्ने जस्ता लाञ्छनायुक्त प्रचार भएको पनि सुनेको छु। मेरो सम्पूर्ण सम्पत्ति नेपालमै छ। मैले विदेशमा चल-अचल सम्पत्ति राखेको छैन। नेपालको कानुनअनुसार पूर्वजबाट मेरो नाममा आएका सम्पत्तिहरू पनि मैले व्यक्तिगत नाममा नराखी संस्थागत रूपमा राख्ने व्यवस्थासमेत गरी त्यसको संरक्षण गरेको छु। विगत ७ वर्षमा मैले कुनै थप सम्पत्ति जोडेको छैन। परम्परागत सम्पत्ति घटाउने काम पनि भएको छैन। राजपरिवारका कुनै पनि सदस्यको सम्पत्तिको हक छिनेको पनि छैन।\”(२०६५ जेठ २९ को पत्रकार सम्मलेनमा)

लेखकको बारेमा

त्रिकाल ज्ञान मार्ग अवतार

लेखकको बारेमा

सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

ब्लकस्पेयर - (गुटेनबर्ग) ब्लक सम्पादकका लागि समाचार, पत्रिका र ब्लग एडअन्स

अभिलेखहरू खोज्नुहोस्

खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच