-एमालेद्वारा माओवादी प्रस्ताव अस्वीकार

Administrator@nepalchautari कोइरालाद्वारा माओवादीले बार्गेनिङ गरेको भनाइ अवरुद्ध व्यवस्थापिका संसद सञ्चालन गर्ने सम्बन्धमा एकिकृत नेकपा माओवादी र सत्तारुढ नेकपा एमालेका शीर्ष नेताहरुबीच शनिबार भएको छलफल पनि बिना निश्कर्ष टुंगिएको छ। पेश्की बजेट ल्याउन मात्र संसद सुचारु गर्ने माओवादीको प्रस्तावलाई एमाले नेतृत्वले अस्वीकार गर्‍यो। एमाले नेताहरुले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न नदिइए पेश्की बजेट मात्र ल्याउनुको…

1 मिनेट

पढ्ने समय

Administrator@nepalchautari

कोइरालाद्वारा माओवादीले बार्गेनिङ गरेको भनाइ
अवरुद्ध व्यवस्थापिका संसद सञ्चालन गर्ने सम्बन्धमा एकिकृत नेकपा माओवादी र सत्तारुढ नेकपा एमालेका शीर्ष नेताहरुबीच शनिबार भएको छलफल पनि बिना निश्कर्ष टुंगिएको छ। पेश्की बजेट ल्याउन मात्र संसद सुचारु गर्ने माओवादीको प्रस्तावलाई एमाले नेतृत्वले अस्वीकार गर्‍यो। एमाले नेताहरुले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न नदिइए पेश्की बजेट मात्र ल्याउनुको अर्थ नहुने बताएका थिए। एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा भएको छलफलमा माओवादीले संविधान संशोधन गरी राष्ट्रपति र प्रधानमन्त्रीको कार्यक्षेत्र यकिन गर्न सके संसद सुचारु गर्न दिने बताएको थियो।
छलफलपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै माओवादी अध्यक्ष पुष्पकमल दाहालले आइतबार बिहानसम्म सहमति जुट्न नसके आफैं संसदमा बोलेरमात्र संसद सुचारु हुन दिने बताए।

एमाले नेता रघुजी पन्तले छलफल सहमतिको नजिक पुगेको बताउँदै माओवादीले राखेको माग संविधान संशोधन गर्ने र राष्ट्रपतिको कदमलाई भने उल्ट्याउन नसकिने बताए।

छलफलमा प्रधानमन्त्री माधवकुमार नेपाल, पूर्व प्रधानमन्त्री तथा माओवादी अध्यक्ष दाहाल, नेता नारायणकाजी श्रेष्ठ, गृहमन्त्री भीम रावल र एमाले मुख्य सचेतक भीमप्रसाद आचार्य तथा प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार रघुजी पन्त थिए।

यसैबीच कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले माओवादीले अहिले विभिन्न बहाना निकालेर बार्गेनिङ गरिरहेको बताएका छन्। पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा आयोजित चियापान कार्यक्रममा कोइरालाले सरकारले नीति तथा कार्यक्रमसहितको बजेट ल्याउने दाबी पनि गरे। माओवादीले नीति तथा कार्यक्रम ल्याउन नदिने तर पेश्की बजेट भने ल्याउन दिने बताउँदै आएको छ।

 

लेखकको बारेमा

त्रिकाल ज्ञान मार्ग अवतार

लेखकको बारेमा

सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

ब्लकस्पेयर - (गुटेनबर्ग) ब्लक सम्पादकका लागि समाचार, पत्रिका र ब्लग एडअन्स

अभिलेखहरू खोज्नुहोस्

खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच