-खुकुरी उद्याउने रहर जागेको छ

–थम गिरी\”आभाष\” बारीको कान्लो मिचियो केहि बोलीन सोचेँ छिमेकी हो गार्हो सार्हो पर्दा काम लागेको छ खेतको आली मिचियो केहि बोलीन पछाडी फर्किएँ गाउँले हो मर्दा पर्दा काम लागेको छ यस पाली त सिमानामा देशै मिचिएको छ ईतिहास पल्टाएँ न मर्दा काम लागेको छ न पर्दा काम लागेको छ मेरो देशको छातीमा कुल्चीने सामू अहिले…

1 मिनेट

पढ्ने समय

थम गिरी\”आभाष\”

बारीको कान्लो मिचियो
केहि बोलीन
सोचेँ
छिमेकी हो
गार्हो सार्हो पर्दा काम लागेको छ
खेतको आली मिचियो
केहि बोलीन
पछाडी फर्किएँ
गाउँले हो
मर्दा पर्दा काम लागेको छ
यस पाली त
सिमानामा देशै मिचिएको छ
ईतिहास पल्टाएँ
न मर्दा काम लागेको छ
न पर्दा काम लागेको छ
मेरो देशको छातीमा कुल्चीने सामू
अहिले त मलाई
मेरो खीया लागेको खुकुरी
उधाउने रहर जागेको छ

लेखकको बारेमा

त्रिकाल ज्ञान मार्ग अवतार

लेखकको बारेमा

सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

ब्लकस्पेयर - (गुटेनबर्ग) ब्लक सम्पादकका लागि समाचार, पत्रिका र ब्लग एडअन्स

अभिलेखहरू खोज्नुहोस्

खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच