-एउटा मानिस खोजिरहेछु

-नोवल निरौला / फ्रान्स “नानी तिम्रो छोराले फोन गर्‍यो?”- हर्केकी आमाले कवितासँग पानी लिन जाने क्रममा सोधिन्। “अस्ति शुक्रबारको दिन गरेको थियो” – कविताले छोटो जवाफ दिइन्। “गएको शुक्रबार हर्केले फोन नै गरेन त्यै भएर सोधेको नि। के छ रे खबर?” “सन्चै छ रे । एकदम गर्मी बढेको छ रे । ४०-५० डिग्री छ आमा…

3 मिनेट

पढ्ने समय

-नोवल निरौला / फ्रान्स

“नानी तिम्रो छोराले फोन गर्‍यो?”- हर्केकी आमाले कवितासँग पानी लिन जाने क्रममा सोधिन्।

“अस्ति शुक्रबारको दिन गरेको थियो” – कविताले छोटो जवाफ दिइन्।

“गएको शुक्रबार हर्केले फोन नै गरेन त्यै भएर सोधेको नि। के छ रे खबर?”

“सन्चै छ रे । एकदम गर्मी बढेको छ रे । ४०-५० डिग्री छ आमा भन्दै थियो काले”

“कसरी काम गर्दा हुन् है कविता। हामी त त्यस्तो गर्मी त खप्न सकिन्न होला है? हर्केको खवर पनि सोध्यौ कि? ”

“हेर्नुन म अलिक हतारमा छु भनेर गयो काले। सोध्नै पाइनँ। एकै शहर भएपनि काम गर्ने ठाउँ फरक होला फेरि”“काममा व्यस्त भए पनि होला। अर्को शुक्रवार कहिले आउछ भनेर कुर्दैछु। वोल्न मन लागिरहेको छ हर्केसँग। असारको १५ पनि गयो। जति जति चाढपर्व आउछन् उति उति छोराछोरीको याद आउने रहेछ कविता”कविताले कुनै प्रतिक्रिया जनाइनन्।“हर्केकी आमा, मैले अँगेनामा चिया बसालेकी थिएँ, निकाल्न भुसुक्क बिर्सेछु। पानी लिएर आउँदासम्म त भाँडो पनि पग्लिएला। म घर फर्केर आउँछु, तिमी पानी लिन जाँदै गर्नु, नपर्खिनु है” – कविताले भनिन्।

“ल ल पछि कुरा गरौला”

यसरी कविता कालेकी आमासँग एक बहाना बनाएर छुट्टिइन्। उनलाई एकदम असहज वातावरणबाट मुक्त भएको भान भयो। एक दिन त सुनाउनु नै पर्छ कालेको प्राणपखेरु उडेको खबर, तर कसरी ? कविता चिन्तित हुँदै थिइन्। कविताको मनमा उनको छोराले फोनमा वताएको कुरा फेरी दोहोरियो: “आमा असारको १५ हामी नेपालीको जमघट थियो। हर्के पनि आएको थियो। रमाइलो नै भयो। गीत पनि गायो उसले, निकै भावुक गीत गायो त्यो दिन, कृष्णभक्त राईले गाएको गीत:

नमुछे आमा दहिमा टिका नमुछे जमरा

दैवले पर्दा उठायो आमा आउँदिन फर्केर
मखमली फूल्दा, मार्सि धान झुल्दा, वहिनी आउनेछिन्

दैलाको तस्विर छातिमा टाँसि, आँशू वगाउने छिन्

नझारे आमा आँशुका ढिका मूलवाटो हेरेर

जाँदैन दु:ख आँशुका धारा वर्वरी झारेर
झोलुंगावाट उठेर छोरी, खै वावा भन्ने छिन्

विउँझेर मेरी मुर्छिदै फेरी, दाँतै पो वाउने छिन्

नफोरे प्रिया नारीका चुरा झर्याम्म पारेर

जाँदैन दु:ख आँशुका धारा वर्वरी झारेर

(स्रोत: [१])

सवैजनाका आँखा रसाएका थिए उसले गाएको यो गित सुनेर। उसलाई खाडिको ५० डिग्रिको निसासिने गर्मीमा पसिना चुहाएर वस्ने ईच्छा पटक्कै थिएन। कहिले विदेश आउँदाको र वैनिको विहे गर्दा लिएको रिन तिर्न सक्छु भनेर महिना गनिरहन्थ्यो। सायद उसलाई भाउजू र छोरीको यादले सताईरहेको थियो आमा।

असारको १६ को दिन उसको पानीजहाजको ड्युटि थियो। दुर्भाग्यवस उसको जहाज डुव्यो। १२ नेपालीसँगै उसले पनि धर्ति छोडेछ आमा। कस्तो संजोग, उसले अगिल्लो दिन गाएको गीत त उसैको आफ्नै कथा रहेछ आमा”- कालेले डाँको छोड्दै यथार्थ वतायो।

काले र उसकी आमा फोनमा निकैवेर रोए। कविता भन्दै थिइन् : “काले तँ तुरुन्त आइज वावु। कमसेकम आफ्नै देशमा भैयो भने अन्तिम ढुकढुकी छाम्न त पाईन्छ । विदेशको गर्मिमा हड्डि खियाउँदै कमाएको धनले म हाँस्न सक्दिन काले………।

यो फोनको कुराकानी संझेर कविताका आँखावाट आँशुका धारा वगिरहेका थिए। उनले कालेलाई तुरुन्त फर्किन भनेको कुरा संझिन। उनले अस्तव्यस्त देश संझिन। राजनितिक दलको नाराजुलुसमा कुटपिट भै मर्दा शहिद घोषणा गर्ने हप्तौ वन्द गर्ने र यो घटनामा चुपचाप वस्ने दलहरु र नेताहरु संझिन। लाखौं नेपालीलाई देशमा काम गर्न अवसर नदिई विदेशिन वाध्य पार्ने निकम्मा नेता र दललाई धिक्कार्नु धिक्कारिन् ।

कमसेकम आफ्नै देशमा सडक, भवन, पूल, नहर आदि वनाउँदा मरेका भएपनि हर्केकी आमा जस्ताले चित्त बुझाउने बाटो हुन सक्थ्यो किनकि नेपाली आमाको मुहार हसाउँन लागिपर्दा भएको एक क्षति त हुन्थ्यो । विदेशी भूमीमा स्वदेशी रगत र पसिना पोखाउन वाध्य पार्ने यी छुद्र जनावरहरुलाई नलगि निर्दोष मानिसलाई लगेकोमा कालसँग आक्रोसित छु म। अनि शिशिर योगीसँगै गाइरहेको छु विस्वनाथ वराल ‘प्रेम’ ले लेखेको यो गीत:

“छाडेर काम सारा एक काम रोजिरहेछु,

यो देशमा म एउँटा मानिस खोजि रहेछु”

……………

……………
(स्रोत: [२])

म यस्तो मान्छे खोजिरहेछु, जसले निस्वार्थ देशको लागि काम गरोस, हर्के र काले जस्ताको पसिना देशमै प्रयोग गर्न सकोस। “म त्यही महान मानवको मार्ग खोपिरहेछु, म त्यही मानव खोजिरहेछु। यो देशमा म एउटा मानिस खोजिरहेछु…..”

***

नोट:संयुक्त अरव इमिरेट्को दुबईबाट दोहा जाने क्रममा पानीजहाज दुर्घटनामा ज्यान गुमाउने मृतात्माहरुको चिर शान्तिको कामना। साथै शोकाकुल परिवारजनलाई धैर्य धारण गर्ने शक्ति मिलोस्, यही कामना !

दुर्घटनाको प्रसंग पारेर लेखिएको यो लेख एक नितान्त काल्पनिक कथा हो, कसैसंग मेलखाएमा संयोग मात्र हुनेछ।

 

लेखकको बारेमा

त्रिकाल ज्ञान मार्ग अवतार

लेखकको बारेमा

सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

ब्लकस्पेयर - (गुटेनबर्ग) ब्लक सम्पादकका लागि समाचार, पत्रिका र ब्लग एडअन्स

अभिलेखहरू खोज्नुहोस्

खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच