-कठै, यसरी मारेको रैछ पापीले ख्यातीलाई

Administrator@nepalchautari पुलिसले ख्याती हत्याकान्डको प्रारम्भिक अनुसन्धान पूरा गरेको छ। हिजो पत्रकार सम्मेलन गर्दै पुलिसले यसको जानकारी दियो। अनि फेरि आयो त्यही क्रुर विवरण। मानिस कतिसम्म क्रुर हुनसक्छ भन्ने एकएक विवरण त्यसमा देखियो। आम्मै नि, हाम्रो समाजले यस्तो पनि मान्छे जन्माइसक्यो। कल्टिभेसन थ्यौरीलाई विचार गर्ने हो भने यो समाचारको यति धेरै प्रचारले भविष्यमा पनि यस्तै अपराध…

3 मिनेट

पढ्ने समय

Administrator@nepalchautari

पुलिसले ख्याती हत्याकान्डको प्रारम्भिक अनुसन्धान पूरा गरेको छ। हिजो पत्रकार सम्मेलन गर्दै पुलिसले यसको जानकारी दियो। अनि फेरि आयो त्यही क्रुर विवरण। मानिस कतिसम्म क्रुर हुनसक्छ भन्ने एकएक विवरण त्यसमा देखियो। आम्मै नि, हाम्रो समाजले यस्तो पनि मान्छे जन्माइसक्यो। कल्टिभेसन थ्यौरीलाई विचार गर्ने हो भने यो समाचारको यति धेरै प्रचारले भविष्यमा पनि यस्तै अपराध त बढ्दैन, सोच्नु पर्ने भएको छ। हिजोको पत्रकार सम्मेलनमा आएको तथ्य खासै नयाँ नभए पनि अपराधी वीरेनले ख्यातीलाई मार्नैका लागि अपहरण गरेको र पहिले पनि त्यस्तो प्रयास गरेको बताइएको छ। अनि अपहरणको तीन घण्टामा नै ख्यातीलाई मारेको पनि देखिएको छ। मारिसकेपछि पनि फिरौती माग्दै लाशलाई टुक्राटुक्रा गरी फाल्दै निर्धक्कसँग बस्ने। अझ फिरौतीको रकम लिएर क्यासिनो खेल्दा लिएको ऋण तिर्दै हिँड्ने। अहो, यस्ता पानी मान्छे पनि हुने रहेछ।

\"\"

वीरेनको योजना रहेछ अपहरणको दुई दिनभित्र २५ लाख रुपैयाँ फिरौती लिएपछि ख्यातीलाई मार्ने अनि कुनै अस्पतालमा छाडेर भाग्ने। तर खुसिबुस्थित आफ्नै डेरामा बन्धक बनाउने क्रममा उनको हत्या हुन पुग्यो। स्लिपिङ ट्याब्लेट ख्वाएर बेहोस बनाइएकी हातखुट्टा बाँध्न लाग्दा कराउन खोजे। आत्तिएका वीरेनले रडले टाउकोमा हाने। ख्यातीको प्राण त्यहीँ गयो।

हत्याको तेस्रो दिन लाशलाई पोको पारेर मोटरसाइकलमा लगेर फाल्ने योजना बनाएको थियो उसले सुरुमा। तर सकेन। त्यसैले बिहान ९ बजेदेखि लाश काट्न थाल्यो। आफूसँग भएको सानो खुँडा प्रयोग गरी पहिले हातको कुहिनाबाट काटेको रहेछ। त्यसपछि काखीबाट रे। अनि खुट्टालाई घुँडा र जाँघबाट काटी चार टुक्रा पारेछ पापीले। अनि सबै टुक्रालाई सेतो प्लास्टिकमा बेरेर फ्रिजमा हाल्न भ्याएछ। अनि टाउको र जिउको भागलाई छुट्टै धोक्रोमा। गन्ध आउला भनेर धुप पनि बालेछ। त्यतिमात्र कहाँ हो र फिटिक्कै डर थिएन त्यसैले ख्याती परिवारसँग एसएमएसबाट फिरौतिका लागि बार्गेनिङ पनि जारी राख्यो।

पाँचौँ दिन ट्याक्सी चढेर सैँबु पुगेका उनले केहीबेर हिँडी तल खोला रहेको भीरजस्तो ठाउँबाट लाशको टाउको र कम्मरमुनिको भाग बिनाको टुक्रा रहेको पोको खसालिदियो। पापीले त्यसपछि कार्यविनायक मन्दिरको दर्शन पनि गरेछ। मन्दिरमा के मागे होलान् ती पापीले।

त्यसपछि त्यही दिन दिउँसो हातखुट्टालाई अर्को कार्टुनमा हालेछ र नारायणगढ जाने माइक्रो चढेर नारायणगढ र मुग्लिनबीचमा पर्ने ठाउँमा ओर्लेर अलिकति हिँडेर फालिदिएछ।

पाँचौ दिन बल्ल उनले टाउकोलाई ठेगान लगाउने विचार गरेछ। टाउको कालो प्लास्टिकमा बेरेछ र मुटखु भन्ने ठाउँमा ओर्लेर केहीबेर हिँडेर भिरोलोमा गुल्टाइदिएछ।

यसरी लाशका सबै टुक्रा फालेर आफू बच्छु होला भन्ने लागेको होला वीरेनलाई। तर सत्य लुक्दैन। पाप लुक्दैन। आज जोजसले यो घटना सुनेका छन्, सबले उनलाई थुकेका छन्।

असार ५ गतेसम्म उसले पाएको रकमबाट क्यासिनो र सहकारीको ऋण चुक्ता गरेछ। अनि क्यानाडामा स्वास्नी रहे पनि ससुरालीमा भात खाएर निर्धक्क हिँडिरहेको रहेछ यो पापी।

क्यासिनोले बर्बाद पारेछ

क्यासिनोको लत लागेका ४२ वर्षका वीरेन प्रधानलाई क्यासिनोवालाकै निकै ऋण लागिसकेको थियो। एभीएम स्कूलको जागिर पनि गुमाउनु ऋण पनि लाग्नु अनि क्यानाडामा रहेकी पत्नीले पैसा पनि पठाउन छाड्नु। पैसाको ठूलै संकट रहेछ उनलाई।

ख्यातीलाई पाइलट पढाउन लागिएको वीरेनले थाहा पाएको रहेछ। यिनीहरु गाँठवाला हुन् र यिनीहरुबाट पैसा झार्न सकिन्छ भनेर उसले जेठ १३ गते नै अपहरणको योजना बुनिसकेको रहेछ। त्यही दिन अपहरण गर्ने प्रयास भने उनीसँग अर्को साथी भएकोले असफल भएको रहेछ।

नेपालमा क्यासिनोबाट राजस्व निकै उठाउँछ सरकारले। त्यसैले विदेशीका लागि जुवा खेल्ने अनुमति दिएको छ सरकारले। तर क्यासिनोले कस्तो खालको अपराधसम्म निम्त्याउँछ भन्ने प्रमाण यसले देखाएको छ। क्यासिनोका मालिकहरु नाफाका केही अंश सरकारलाई राजस्ववापत् बुझाएर आफू मोटाउँछन् र हाम्रो समाजमा छोड्छन् यस्ता अपराधको बीउ।

 

लेखकको बारेमा

त्रिकाल ज्ञान मार्ग अवतार

लेखकको बारेमा

सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

ब्लकस्पेयर - (गुटेनबर्ग) ब्लक सम्पादकका लागि समाचार, पत्रिका र ब्लग एडअन्स

अभिलेखहरू खोज्नुहोस्

खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच