नयाँ नेपालका १४ राज्यको सिमांकन-कति ब्यबाहारिक,कति अब्यबाहारिक?

कठै नेपाली नेताहरुको बुद्धि देखेर पनि दया लागेर आउछ कहिले कहिँ त।‬ हेर्नुस न हालै संबिधान सभाको राज्य पुनर्संरचना समितिले बनाएको  संघिय राज्य हरुको नक्सांकन हेर्दा त मलाई त हाम्रा नेताहरुको बुद्धि देखेर डाको छोडेर रुन मन लाग्यो।‬ के गर्ने हामी सर्बसाधारणको जति पनि बुद्धि छैन भने त्यो पद र कुर्सि छाडेर कुटो कोदालो गरेर…

1 मिनेट

पढ्ने समय

\"\"

कठै नेपाली नेताहरुको बुद्धि देखेर पनि दया लागेर आउछ कहिले कहिँ त।‬ हेर्नुस न हालै संबिधान सभाको राज्य पुनर्संरचना समितिले बनाएको  संघिय राज्य हरुको नक्सांकन हेर्दा त मलाई त हाम्रा नेताहरुको बुद्धि देखेर डाको छोडेर रुन मन लाग्यो।‬ के गर्ने हामी सर्बसाधारणको जति पनि बुद्धि छैन भने त्यो पद र कुर्सि छाडेर कुटो कोदालो गरेर छोरा छोरी पालना गए हुन्छ गाउतिर।‬ बेकारमा जनताको रगत पसिनाले तिरेको करबाट तलब खाएर जागिरकै लागि मात्र किन सभासद् हुनु पर्यो र? हुन त म नेपालको सबै ठाउमा पुगेको छैन र सबै ठाउको भौगोलिक बनोट पनि थाहा छैन तर सामान्यतया मैले नेपालको भूगोल पढेकै आधारमा भन्ने हो भने पनि यो सिमांकन कति अब्यबाहारिक र असमानुपातिक छ कि एउटा राज्यको नागरिक उसको राजधानी पुग्न अर्को राज्यको सीमाभित्र पस्नु त सामान्य नै होला तर अर्को राज्यको राजधानी मै बास बसेर फेरी अर्को दिनभरि गाडी चढेर जानु पर्ने छ।‬ जनतालाई सुबिधा दिने नाममा जनतालाई नै मुर्गा बनाउने हाम्रा नेताहरुलाई अब हामीले पागल भन्नु बाहेक अरु के नै भन्न सक्छौ र? उदाहरणको लागि ताम्सालिंग, तमुवान वा मगरात राज्यलाई नै लिउ न. ताम्सालिंग राज्यका जनता आफ्नो राजधानी चौतारा पुग्न नेवा राज्यको राजधानी काटेर कैयौ  कोष टाढा चौतारा पुग्नु पर्ने भयो।‬ तमुवान अन्तर्गत मुस्तांग का जनता आफ्नो राजधानी पोखरा आइपुग्न मगरात राज्यको म्याग्दी,बाग्लुंग र पर्बत तिन  जिल्ला काटेर पोखरा आइपुग्नु पर्ने भयो।‬ अनि बाग्लुंग म्याग्दी र पर्बत जस्ता मगरात राज्यका जनता आफ्नो राजधानी तानसेन पुग्न तमुवान राज्यको राजधानी पोखरामा एकदिन बास नै बस्नु पर्ने भयो………..

लेखकको बारेमा

त्रिकाल ज्ञान मार्ग अवतार

अर्को पोस्ट

लेखकको बारेमा

सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

ब्लकस्पेयर - (गुटेनबर्ग) ब्लक सम्पादकका लागि समाचार, पत्रिका र ब्लग एडअन्स

अभिलेखहरू खोज्नुहोस्

खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच