अमेरिकाले ५४ भारतीयलाई देश निकाला गर्यो यो महिना पनि धेरै भारतीयलाई फिर्ता पठाइँदै

काठमाडौं, १ साउन । संयुक्त राज्य अमेरिकाले ५४ जना भारतीयलाई देशनिकाला गरेको छ । अमेरिकाका सहायक विदेशमन्त्री माइकल थरेन बण्डले गएको अप्रिल महिनामा ५४ जना..

1 मिनेट

पढ्ने समय

काठमाडौं, १ साउन । संयुक्त राज्य अमेरिकाले ५४ जना भारतीयलाई देशनिकाला गरेको छ ।

अमेरिकाका सहायक विदेशमन्त्री माइकल थरेन बण्डले गएको अप्रिल महिनामा ५४ जना भारतीयलाई देश निकाला गरेको बताएका छन् । यो समाचार भारतीय पत्रिका नवभारत टाइम्सले पनि प्रकाशित गरेको छ ।

अमेरिका सहायक विदेशमन्त्री बण्डले यो महिनापनि धेरै भारतीयलाई देशनिकाला गर्ने तयारी भइरहेको बताए ।

उनले भनेका छन्- ‘अमेरिकाको कानूनविरुद्ध र अपराधमा संलग्न विदेशीलाई देश निकाला गरी स्वदेश फिर्ता पठाएका छौं । यसमा गत महिना ५४ भारतीय परेका छन् । यो महिनामा पनि धेरै भारतीय छन् ।’

अमेरिकाको यो निर्णयपछि अमेरिकी राष्ट्रपति बराक ओबामाका नजिक मानिएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आलोचना सुरु भएको छ ।

 

लेखकको बारेमा

त्रिकाल ज्ञान मार्ग अवतार

लेखकको बारेमा

सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

ब्लकस्पेयर - (गुटेनबर्ग) ब्लक सम्पादकका लागि समाचार, पत्रिका र ब्लग एडअन्स

अभिलेखहरू खोज्नुहोस्

खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच