सूचना प्राणाली (IS) र सुचना प्रबिधि (IT) बिचको भिन्नता

हाल हाम्रो देशमा पनि कम्प्युटर शिक्षालाई एक अपरिहार्य बिषयको रुपमा प्राथमिक बिधालयहरुबाट अध्यन आध्यापन गर्नेगराउने चलन चलेको छ, जुन राम्रो शुरुवात हो । कम्प्युटर संग सम्बधित कामहरुको लागि यसका अलग अलग हाँगाहरुमा विभक्त भए गहन अध्यन गर्नु जरुरि भए पनि हाम्रो देशमा खुलेका सामान्य खालका कमप्युटर इन्स्टिच्युटहरुले पनि उनीहरु संग ६ महिना वा बर्ष दिन…

5 मिनेट

पढ्ने समय

\"109\"हाल हाम्रो देशमा पनि कम्प्युटर शिक्षालाई एक अपरिहार्य बिषयको रुपमा प्राथमिक बिधालयहरुबाट अध्यन आध्यापन गर्नेगराउने चलन चलेको छ, जुन राम्रो शुरुवात हो । कम्प्युटर संग सम्बधित कामहरुको लागि यसका अलग अलग हाँगाहरुमा विभक्त भए गहन अध्यन गर्नु जरुरि भए पनि हाम्रो देशमा खुलेका सामान्य खालका कमप्युटर इन्स्टिच्युटहरुले पनि उनीहरु संग ६ महिना वा बर्ष दिन तालिम लिएमा कम्प्युटरमा पण्डित नै बनाइदिने भनेर झुटको खेति गरेर ठुलो ठगि गरिरहेका छन् । यसमा न त कुनै बिद्यार्थी संगठनहरुको ध्यान पुगेको छ न त सरकारी निकायको नै । दुइ चार ओटा थोत्रा कम्प्युटर राखे, इन्टरनेट जोडे अनि नेट चलाउन र टाइपिंग गर्न सिकाए भने IT वा IS कोर्स नै गराएको जस्तो गरि पैसा लिने अनि त्यहि भ्रम बेच्ने काम गरिरहेका छन् । यस बिषयमा साच्चै नै लेख्ने हो भने त एउटा पुस्तक नै तयार पार्न सकिन्छ तर मैले यहाँ बताउन खोजेको चाहि IS र IT को बिचमा रहेको भिन्नता र भ्रमको बारेमा मात्रा हो । कम्पुटर बेसिक कोर्ष  गर्दैमा, अफिस प्याकेज सिक्दैमा वा इन्टरनेट चलाउन जाँन्दैमा अनि सफ्टवेयरहरु इन्स्टल अनइन्स्टल गर्न जान्दैमा IT वा IS को कोर्ष गरेको भनेर भनिहाल्न मिल्दैन, भलै ति बिषयमा केहि ज्ञान पाइयो होला । हाम्रो शहर बजारका गल्लि गल्लीमा खुलेका प्राय धेरै जसो कम्प्युटर इन्स्टिच्युटहरुले कम्प्युटरको बेसिक कोर्ष गराउने बाहेक कुनै IS र IT सम्बन्धि कोर्ष गराउछ्न भन्ने कुरामा मलाइ त शंका नै लाग्छ । उनीहरले त भ्रमको खेति गरेर सोझा सिधा र यसको बारेमा सामान्य ज्ञान समेत नभएका मानिसहरुलाई ठग्ने काम मात्र गरेका छन्, यहाँ सम्म कि IS भनेको के हो र IT भनेको के हो भनेर सामन्य ज्ञान समेत दिएको पाइदैन । यस लेखमा मैले यी दुइको समानता र भिन्नताकै बारेमा मात्र बताउने कोशिस गर्ने छु । बाकि कुरा अर्को लेखमा लेख्ने छु ।

सामान्यतया इनफरमेसन सिस्टम र इन्फर्मेसन टेक्नोलोजीलाइ सामनार्थी शब्दको रुपमा बुझ्ने गरिन्छ । तर बास्तवमा इनफरमेसन टेक्नोलोजी भनेको इन्फमेसन सिस्टमको सबसेट मात्र हो । यी दुइ शब्दलाई सामनार्थी वा सब्सिच्युटको रुपमा प्रयोग गर्न सकिन्छ भनेर बुझ्नु बुझाउनुले टेक्नोलोजी संग सम्बन्धित शिक्षा वा ज्ञान लिन चाहाने हरुको लागि एक खालको भ्रम वा कन्फ्युजन सिर्जना गर्न सक्छ। यी दुवै क्षेत्रले कम्प्युटरसंग सम्बधित अध्यन र कामलाई नै समेट्ने भए पनि यिनीहरुको अलग अलग विशेषता र अलग अलग बाटो छ, जसको लागि अलग अलग प्रकृतिको अध्यनको आबस्यकता पर्दछ ।

इन्फर्मेसन सिस्टम (IS)

इनफरमेसन सिस्टमलाई नेपालीमा “सुचना प्रणाली” भनिन्छ। इन्फर्मेसन सिस्टमले   सुचनाको उत्पादन, बितरण, यसको उपयुक्त तरिकाले प्रयोग आदि आदिको छाताको रुपमा काम गरिरहेको हुन्छ । यस्ले कुनै पनि ब्यबसाय र कम्प्युटर साइन्सको बिचमा पुलको रुपमा पनि काम गरेको हुन्छ । प्राय मानिसहरु इनफरमेसन सिस्टम (IS) र इन्फरेम्सन टेक्नोलोजी (IT) लाइ फरक भएको देख्दैनन किनकि उनीहरुले मान्छन कि सबै इनफरमेसन सिस्टम कम्प्युटर प्रणालीमा आधारित हुन्छ । तर इन्फरमेसन सिस्टम भनेको यति सरल हुन्छ कि जसलाई एउटा कलम र कापीको रुपमै पनि बुझ्न सकिन्छ । ति दुइलाई अलग गर्दा सामान्य बस्तु मात्र बन्छन भने संगै मिलाएर प्रयोग गर्यो भने एउटा प्रानालिको बिकाश हुन्छ र सुचनाहरु संचित र संरक्षित हुन्छन। बर्तमानमा इन्फरमेसन सिस्टम मुख्यत कम्प्युटर र अन्य प्रविधिमा आश्रित र आधारित हुने भए पनि कम्प्युटरको बिकाश हुनु भन्दा अघिका सुचनाहरु त गैरप्रबिधि र कम्प्युटर बिना नै पनि प्रयोग भएका र राखिएका छन/हुन्छन।

इन्फर्मेसन सिस्टम अध्यनको लागि प्राय निम्न कोर्षहरु उपलब्ध भएको पाइन्छ:

  • Information Theory
  • Foundations of Management
  • Social Science
  • Information Technology

इन्फर्मेसन सिस्टममा करियर बनाउन चाहनेहरुको लागि बिभिन्न क्षेत्रमा बिभिन्न खालका कामका अवशरहरु उपलब्ध हुन् सक्छन, जस्तो कि- बिमांकिक बिज्ञान, विश्लेषण तथा प्रोग्रामिंग, सुचना, कम्प्युटर सेक्युरिटी, अडीटिन्ग आदि आदि ।

इन्फरमेसन टेक्नोलोजी (IT)

इन्फरेम्सन टेक्नोलजी पनि इन्फर्मेसन सिस्टमकै छाता मुनि रहने भए पनि यसको संलग्नता प्रबिधिसंग सम्बन्धित रहन्छ । इन्फरमेसन टेक्नोलोजिलाई designing, implementation, support र कम्प्युटरमा आधारित सूचनाहरुको ब्यबस्थापनको रुपमा परिभाषित गर्न सकिन्छ ।

इन्फर्मेसन टेक्नोलोजीमा सामान्यतया हार्डवेयर, सफ्टवेयर, डाटाबेस र नेटवर्क संलग्न रहन्छन । इन्फर्मेसन सिस्टमले प्राय कम्प्युटर प्रबिधि र दुरसंचार प्रबिधिबाट उत्पादित सूचना तथा डाटाहरुलाई अधिग्रहण गर्ने, प्रोसेसिंग गर्ने, संकलन गर्ने, बितरण गर्ने, डिजीटलिकरण गर्ने र यीनीहरुको नियमन गर्ने काम गर्छ । इन्फर्मेसन टेक्नोलोजीले प्रविधिको उचित ब्यबस्थापन र यसको उपयोगिताको बिकाश गरेर समग्र व्यवसायलाई ब्यबसायिक लक्षसम्म सजिलो गरि पुग्न सहयोगीको भूमिका निर्बाह गर्छ ।

इन्फरमेसन टेक्नोलोजीमा करियर चाहनेहरुले कम्तिमा पनि कम्प्युटर र इन्फरमेसन साइन्समा डिग्री प्राप्त गर्नु आबस्यक हुन्छ । इन्फरेम्सन टेक्नोलजीमा आफ्नो करियर बनाउन चाहने हरुको लागि, साइबरसेक्युरिटी, नेटवर्क तथा डाटाबेस प्रशासन, पूर्वाधार ब्यबस्थापन, बिजनेस इन्टेलिजेन्स, इन्टरप्राइज रिसोर्स प्लानिंग (ERP), कम्प्युटर प्रोग्रामिंग तथा सफ्टवेयर डेभलोपमेन्ट आदि जस्ता क्षेत्रहरु उपलब्ध हुन् सक्छन ।

इन्फर्मेसन टेक्नोलोजी अध्यनको लागि प्राय निम्न कोर्षहरु उपलब्ध भएको पाइन्छ:

  • Mathematics
  • Database Design
  • Computer Science and Forensics
  • Programming Languages

इन्फर्मेसन सिस्टम र इन्फर्मेसन टेक्नोलोजी दुवै फस्टाउदै गरेका क्षेत्र हुन र यो क्षेत्रमा प्रशस्त जागिरका अवसरहरु उपलब्ध छन्, साथै लंग टर्म प्रोफेसनल ग्रोथ चाहनेहरुका लागि यो क्षेत्र अत्यन्त उपयोगी र राम्रो छनोट हुन् सक्छ । यी दुवै क्षेत्र एक आपसमा अन्तरसम्बन्धित भए पनि यो क्षेत्रमा आफ्नो करियर बनाउन चाहाने तथा रुची राख्ने सबैले यी दुइको बिचको भिन्नताको बारेमा राम्रोसंग जानेको खण्डमा शैक्षिक प्रोग्राम छनोट गर्ने बेलामा आफु के बन्न चाहन्छु भने बुझेर  आफ्नो रुची अनुसारको बिषय छनोट गर्न मदत पुग्छ ।

अधार रेखा (Bottom line)

जब यी दुइ मध्य कुन रोज्ने भन्ने प्रश्न उठ्छ तब यो एउटा धर्मसंकटको जस्तो अवस्था आउछ । तर यी दुइ बिचको समानता र भिन्नतालाई पूर्ण र स्पस्ट रुपले बुझिसके पछी बिधार्थिहरुलाई आफ्नो इच्छा र लक्ष अनुसारका बिषयहरु छान्न खासै समस्या हुने छैन र सहि बिषयहरुको छनोट हुने छ । आफ्नो प्रत्याशित क्षेत्र संग सम्बंधित डाटा र सुचनाहरु संकलन गर्ने अनि तिनीहरुको होशियारी पुर्बक मुल्यांकन गरेको खण्डमा आफ्नो इच्छा अनुसारको बिषय छनोट गरि त्यसैमा आफ्नो करियर बनाउन पक्कै पनि मदत पुग्ने मात्र होइन सफलता नै मिल्ने छ ।

लेखकको बारेमा

त्रिकाल ज्ञान मार्ग अवतार

लेखकको बारेमा

सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

ब्लकस्पेयर - (गुटेनबर्ग) ब्लक सम्पादकका लागि समाचार, पत्रिका र ब्लग एडअन्स

अभिलेखहरू खोज्नुहोस्

खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच