दशनामी समाज कतारले गर्यो राष्ट्रिय कलाकार हरुलाई सम्मान

हिमालयन अन्तराष्ट्रिय आवार्ड २०१९ मा सहभागि हुन कतारको राजधानी दोहा आएका तिन जना दशनामी कलाकार सम्मानित भएका छन। नेपाल दशनामी समाज शाखा कतारले यहि फेब्रुअरी १६ तारिक साझ कतारको नज्मा स्थित युनिक नेपालि रेष्टुरेन्टको हलमा एक भब्य कार्यक्रमको आयोजना गरि चर्चित लोक तथा दोहोरि गायिका श्री भूमिका गिरी, मोडल तथा डान्सर श्री शुस्मिता गिरी र…

2 मिनेट

पढ्ने समय

\"1\"हिमालयन अन्तराष्ट्रिय आवार्ड २०१९ मा सहभागि हुन कतारको राजधानी दोहा आएका तिन जना दशनामी कलाकार सम्मानित भएका छन। नेपाल दशनामी समाज शाखा कतारले यहि फेब्रुअरी १६ तारिक साझ कतारको नज्मा स्थित युनिक नेपालि रेष्टुरेन्टको हलमा एक भब्य कार्यक्रमको आयोजना गरि चर्चित लोक तथा दोहोरि गायिका श्री भूमिका गिरी, मोडल तथा डान्सर श्री शुस्मिता गिरी र उदियमान प्रतिभाशाली गायक श्री कर्ण गिरीलाई सम्मान गरेको हो।
नेपाल दशनामी समाज शाखा कतारका अध्यक्ष थम कुमार गिरीको सभापतित्व, बरिष्ठ उपाध्यक्ष श्री पदम गिरीको सन्चालन र महिला उपाध्यक्ष श्री माया गिरीको स्वागत मन्तव्यबाट शुरु भएको उक्त कार्यक्रमको प्रमुख अतिथिमा सस्था शाखाका प्रमुख सल्लाहकार श्री बसन्त गिरी हुनुह्नुथ्यो। त्यस्तै गरि बिशेष अतिथिको रुपमा गण्डकी प्रदेश समन्वय परिषद कतारका उपाध्यक्ष श्री धन्जय लम्साल, तनहु सेवा समाज कतारका अध्यक्ष श्री केश गुर्माछान मगर, दाङ्ग देउखुरी सेवा समाजका उपाध्यक्ष श्री छबिलाल बुढाथोकी, ब्यबसायि तथा समाजसेवी श्री बिकाश भुजेल, श्री हुत बहादुर क्षेत्री, भारत बहादुर रोका लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो।

\"2.jpg\"

कार्यक्रमका सभापति, प्रमुख अतिथि र बिशेष अतिथि लगायतले संयुक्त रुपमा सम्मान पत्र, मायाको चिनो प्रदान गरेर र खादा लगाएर तिनै जना कलाकारहरुको सम्मान गरेका थिए। सम्मान कार्यक्रममा बोल्दै तिनै जना दशनामी कलाकारहरुले प्रबाशमा रहदा पनि आफ्नो समुदायको हक हित र पहिचानको संरक्षण र जगेर्ना गर्न दशानामी दाजुभाइ दिदिबहिनाहरु एक जुट भएको देख्दा अत्यन्त खुसि लागेको र जीवनमा पहिलो पटक आफ्नो समुदायको तर्फबाट एक कलाकारको रुपमा सम्मानित हुन् पाउदा अत्यन्त हर्षानुभुती भएको कुरा बताउनुभएको थियो। सम्मान कार्यक्रममा बोल्दै सस्थाका प्रमुख सल्लाहकार तथा प्रमुख अतिथि श्री बसन्तराज पुरीले कलाकार सबैको साझा हुनु पर्ने भए पनि आफ्नो समुदायको रिति थिति परम्परा र सस्कार भन्दा टाढा हुन पनि नहुने कुरा बताएका थिए। सस्थाका अध्यक्ष तथा कार्यक्रमका सभापति श्री थम कुमार गिरीले कार्यक्रमको समापन गर्दै विश्वभरी छरिएर रहेका दश्नामिहरु एकताबद्ध हुनु पर्ने तर यस्तो एकताले अन्य जाति धर्म र सम्प्रदायलाई कटाक्ष र द्वन्द निम्त्याउने क्रियाकलाप कुनै पनि हालतमा हुन नहुने कुरामा जोड दिएका थिए भने दोहा कतारमा सस्थामा निकट भविष्यमा सम्पन्न गर्ने कुनै पनि सांगीतिक कार्यक्रमा दशनामी कलाकारहरुलाई प्राथामिकता दिएइने कुरा बताएका थिए।

\"3\"

लेखकको बारेमा

त्रिकाल ज्ञान मार्ग अवतार

लेखकको बारेमा

सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

ब्लकस्पेयर - (गुटेनबर्ग) ब्लक सम्पादकका लागि समाचार, पत्रिका र ब्लग एडअन्स

अभिलेखहरू खोज्नुहोस्

खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच