मोना कतारको साधारण सभा सम्पन्न – अध्यक्षमा पौडेल अनि महासचिवमा गिरी निर्वाचित

म्याग्दी प्रवासी नेपालि संघ राष्ट्रिय कारकारी समिति कतारको सोर्हौ बार्षिक उत्सव तथा नवौ साधारण सभा कतारको नज्मा स्थित सालिमार प्यालेश होटेलको सभा हलमा ८ मार्च २०१९ मा सम्पन्न भएको छ। उक्त साधारण सभाको प्रमुख अथितिको रुपमा उपस्थित हुनु भएका मोना आइ इ सी का अध्यक्ष श्री चक्र बहादुर थापाले दिप प्रज्वलन गरि उद्घाटन गर्नुभएको थियो।…

3 मिनेट

पढ्ने समय

म्याग्दी प्रवासी नेपालि संघ राष्ट्रिय कारकारी समिति कतारको सोर्हौ बार्षिक उत्सव तथा नवौ साधारण सभा कतारको नज्मा स्थित सालिमार प्यालेश होटेलको सभा हलमा ८ मार्च २०१९ मा सम्पन्न भएको छ। उक्त साधारण सभाको प्रमुख अथितिको रुपमा उपस्थित हुनु भएका मोना आइ इ सी का अध्यक्ष श्री चक्र बहादुर थापाले दिप प्रज्वलन गरि उद्घाटन गर्नुभएको थियो। त्यस्तै गरि बिशेष अतिथिको रुपमा मोना आइ इ सी का उपाध्यक्ष तथा एन आर एन यु के का अध्यक्ष श्री योगेन्द्र फगामी (यु के ), मोना आइ सी कि का उपाध्यक्ष श्री प्रेम बहादुर बि क (कतार), मोना आइ इ सी का महासचिव श्री मिम पुर्जा (नेदरल्याण्ड), मोना आइ इ सी का सचिव श्री बिक्रम कार्कि कतार (कतार), मोना नेदरल्याण्डका अध्यक्ष श्री जंग पुन, मोना आइ इ सी का सदस्य श्री लोक राना (बेल्जियम ) लगायतका मोना आइ इ सी र बिभिन्न एन इ सी का व्यक्तित्वहरुको साथ साथै एन आर एन ए एन सी सी कतार अनि दोहा कतारमा क्रियाशील बिभिन्न बैचारिक सस्था, जिल्ला सस्था, प्रादेशिक सस्था, सामुदायिक तथा जातिय सस्थाका प्रमुख एवं प्रतिनिधिहरु बिशेष अतिथि तथा अतिथिको रुपमा उपस्थित हुनु भएको थियो।

\"1\"
मोका कतारका निबर्तमान अध्यक्ष श्री रमेश पौडेलको अध्यक्षता अनि निबर्तमान महासचिव राजु पौडेल र निबर्तमान बरिष्ठ उपाध्यक्ष तिलु पौडेलको को सहसंचालानमा सम्पन्न कार्यक्रममा सस्थाका निबर्तमान उपाध्यक्ष मिन बहदुले कार्कीले स्वागत मन्तब्य व्यक्त गर्नु भएको थियो भने सस्थाको २०१७-१९ कार्यकालको आर्थिक तथा प्रगति प्रतिवेदन सस्थाका निबर्तमान कोषाध्यक्ष थम कुमार गिरीले प्रस्तुत गर्नु भएको थियो। अघिल्लो कार्यसमितिबाट प्राप्त भएको रकम सहित गरि यस कार्यकालमा जम्मा ७५४९९ कतारी रियाल आम्दानि र ६२४०४ खर्च (साधारण सभाको खर्च बाहेक) भै जम्मा १३०९५ कतारी रियाल बचत रहेको आर्थि प्रतिवेदनमा ११ ओटा राहत तथा उद्धार सम्बन्धि, १० ओटा सामाजिक उत्तरदायित्व सम्बन्धि, ४ ओटा मनोरन्जनात्मक तथा आर्थिक उपार्जनमुलक गतिबिधि सम्बन्धि र ४ ओटा सस्थागत दायित्व सम्बन्धि गरि जम्मा २९ ओटा मुख्य बुदाहरुहरुमा समेटिएको आर्थिक तथा प्रगति प्रतिबेदन छोटो भएर पनि स्पस्ट र पारदर्सी भएको भन्दै सबै बक्ताहरुले प्रशंसा गर्दै उक्त प्रतिवेदन दोहामा क्रियाशिल सबै सस्थाहरु र मोनाका सबै एन इ सीहरुको लागि मात्र नभई आइ सी सी को लागि समेत अनुकरणीय भएको कुरामा जोड दिदै मुक्त कण्ठले प्रशंसा गर्नुभएको थियो।

\"3\"

कार्यक्रमलाई मोना आइ सी का अध्यक्ष चक्र बहादुर थापा, उपाध्यक्षद्वय योग कुमार फमागी र प्रेम रसाइलि, महासचिव मिम पुर्जा, केन्द्रिय सदस्य लोक राना, मोना नेदरल्याण्डका अध्यक्ष जंग पुन, एन आर एन एन सी सी कतारका।एन आर एन ए एन सी सी कतारका उपाध्यक्ष शुदर्शन भट्ट , एन आर एन आइ सी सी का मानार्थ सदस्य टि बि कार्की, बिभिन्न प्रदेश समन्वय परिषद्का प्रमुखहरु, बिभिन्न बैचारिक, सामुदायिक तथा जिल्ला सस्थाका प्रमुखहरु लगायतले सम्बोधन गर्दै कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो।

\"2\"

शुभकामना मन्तव्यको बीच बिचमा बिभिन्न मनोरन्जनात्मक सांगीतिक प्रस्तुतिहरु सहितको उदघाटन सत्र सम्पन्न भए लगत्तै निर्बाचन समितिले बन्द सत्रको प्रक्रिया अगाडी बढाएको थियो। निर्बाचन समितिले पुर्ब निर्धारित कार्यक्रमहरु जम्मा १७ सदस्यिय कार्यासमितिको लागि उम्मेदवारीआवाह्वान गरेकोमा कुनै पनि पदमा एक भन्दा बढी उम्मेद्वारी नपरेको सम्पूर्ण कार्यसमिति निर्बिरोध निर्बाचित भएको घोषणा गर्दै निर्बाचित सम्पूर्णलाई बधाई तथा प्रमाण पत्र प्रदान गर्दै साधारण सभा सम्पन्न गरिएको थियो। यस साधारण सभाबाट निर्बिरोध निर्बाचित हुने पूर्ण कार्यसमिति यस प्रकार रहेको छ :
१. अध्यक्ष :-तिलु शर्मा पौडेल, रघुगंगा गाउपलिका-२
२. बरिष्ठ उपाध्यक्ष:- मिन ब. कार्की ,बेनी नगरपालिका -५
३. प्रथम उपाध्यक्ष : नरेन्द्र फगामी, मालिका गाउपलिका-५ देबिस्थान
४. दित्तिय- उपाध्यक्ष:- -लुक ब. रसाइली (आकाश) मालिका गाउपलिका-४
५. महासचीब:- थमकुमार गिरी अन्नपूर्ण गाउपलिका-६
६. सचिब :-१,देबीदत्त कडेंल, मंगला गाउपलिका-४ बरन्जा
७. सचिब:-२, भुमिश्वर सापकोटा, मंगला गाउपलिका-५अर्मन
८. कोषाध्यक्ष -अजय कुवर, बेनी नगरपालिका-५
९. सह कोषाध्यक्ष: गोकुल बि क, बेनी नगरपालिका-६
१०. सदस्य – कुलमती सुनार (रसाइली), मालिका गाउपलिका-४
११. सदस्य – मन बहादुर सार्की, बेनी नगरपालिका-३
१२. सदस्य – डम्बर बहादुर थजाली, रघुगंगा गाउपलिका,
१३. सदस्य – टेकसागर बिश्वकर्मा, बेनी नगरपालिका-१ ,
१४. सदस्य – चक्र बहादुर खत्री, बेनी नगरपालिका-४
१५. सदस्य – निल प्रसाद पुन , रघुगंगा गाउपलिका-१ बेग
१६. सदस्य – गंगा बस्नेत मँगला ४ , हेम बानिया बे न पा ५
१७. सदस्य – (पछी पदपूर्ति गरिने)

\"5\"

कार्यक्रमको अन्त्यमा नव निर्बाचित अध्यक्ष तिलु शर्माले सबैलाई धन्यबाद दिदै आगामी पचास दिन भित्राम मोना कतारले एउटा बृहत सास्कृतिक कार्यक्रममको आयोजना गर्ने र बाकि कुरा अहिले कुनै प्प्रतिबद्धता नगर्ने बरु आगामी दिनमा काम गरेर पुष्टि गर्ने कुरा बताएका थिए।

लेखकको बारेमा

त्रिकाल ज्ञान मार्ग अवतार

लेखकको बारेमा

सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

ब्लकस्पेयर - (गुटेनबर्ग) ब्लक सम्पादकका लागि समाचार, पत्रिका र ब्लग एडअन्स

अभिलेखहरू खोज्नुहोस्

खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच